गौशाला- आफ्नै छोरीलाई कर्तव्य गरी मारेको आरोपमा महोत्तरी प्रहरीले धमौरा गाविसबाट एक दम्पतीलाई पक्राउ गरेको छ। धमौरा–७ का बस्ने सञ्जिवकुमार मिश्र, उनकी पत्नी विनिता र उनीहरुका सवारी चालक मोहम्मद अहमद पक्राउ परेको प्रहरी नायब उपरीक्षक लोकेन्द्र श्रेष्ठले बताए।
पक्राउ परेका मिश्र दम्पतीले आफ्नै छोरी सोनाली मिश्रले अवैध गर्व बोकेको भन्दै यही पुस ५ गते राति कर्तव्य गरी मारेर आफ्नै गाडीमा राखी भारतमा लगेर जलाएको आरोप छ।
पक्राउ परेका तीनैजनालाई जिल्ला प्रहरी कार्यालय महोत्तरीमा राखी आवश्यक अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक श्रेष्ठले बताए। घटनामा संलग्न चारजना अझै फरार रहेको प्रहरीले जनाएको छ। रासस