काठमाडौं- सरकारले औचित्य सकिएको र निरन्तर घाटामा गएकाले नेसनल ट्रेडिङलाई खारेज वा मर्ज गर्ने तयारी गरेको छ। अर्थ र वाणिज्य मन्त्रालयबीच यो संस्थालाई अन्य यस्तै प्रकृतिका संस्थासँग मर्ज गर्ने वा खारेजीमा लैजाने भन्ने विषयमा छलफल चलिरहेको छ। 'यसले प्रभावकारी रुपमा काम गर्न नसकेकाले कसरी व्यवस्थापन गर्न सकिन्छ भनेर छलफल भइरहेको छ,' अर्थ मन्त्रालय संस्थान समन्वय महाशाखा प्रमुख रामशरण पुडासैनीले बुधबार नागरिकलाई बताए। उनले यसलाई खारेजी गर्ने वा अरुसँग मर्ज गर्ने विषयमा अर्थ र वाणिज्य मन्त्रालय तथा ट्रेडिङबीच छलफल भइरहेको जानकारी दिए।सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत सार्वजनिक संस्थान सुधार कार्यक्रम घोषणा गर्दै बजारमा प्रतिस्पर्धा गर्न नसक्ने, निजी क्षेत्र आकर्षित नहुने र तलबभत्ता समेत ऋण लिएर वितरण गर्ने अवस्थामा पुगेका संस्थानका कर्मचारीलाई सुविधा दिएर अवकाश दिई विघटन गर्ने कार्यक्रम ल्याएको थियो। यस्तै एकै प्रकारका संस्थानहरुलाई मर्ज गर्न सकिने कार्यक्रम पनि चालु बजेटले ल्याएको छ। बजेटले गरेको यसै व्यवस्थाअनुसार टे्रडिङलाई मर्ज वा खारेज गर्न खोजिएको हो।
'नेसनल ट्रेडिङ सरकारले सञ्चालन गरिरहनु आवश्यक छैन भन्ने हाम्रो मान्यता हो,' पुडासैनीले भने, 'अहिले यो व्यापार गर्ने अवस्थामा छैन।' यसले अहिले प्रभावकारी रुपमा काम गर्न सकेको छैन। निरन्तर रुपमा घाटामा गएको ट्रेडिङको आर्थिक अवस्था समस्याग्रस्त छ। आर्थिक अभावले ५ वर्षदेखि नयाँ सामान खरिद गर्न सकेको छैन। बैंक तथा सरकारले पनि ऋण पत्याउन छाडिसकेका छन्। पेट्रोल पम्प चलाउने र चिनी व्यापारबाहेक यसले अहिले अन्य काम प्रभावकारी रुपमा गर्न सकेको छैन।
यसले गरिरहेका केही अत्यावश्यक काम अन्य संस्थानलाई दिएर खारेजीमा जान सकिने पुडासैनीले बताए। 'जस्तो छ त्यस्तै अवस्थामा यसलाई सञ्चालन गर्न सकिँदैन,' उनले भने, 'राख्नै परे अत्यन्तै सानो युनिटमा अत्यावश्यक सेवा सञ्चालन गर्ने गरी राखिने छ।' सरकार यसमा कार्यरत कर्मचारीलाई अवकाश दिने पक्षमा छ। संस्थाले भने स्वेच्छिक अवकाशको प्रस्ताव राखेको छ।
आर्थिक वर्ष २०६४/०६५ सम्म ५७ लाख रुपैयाँभन्दा धेरै मुनाफा गरेको कम्पनी त्यसपछि निरन्तर घाटामा छ। आफूलाई निजी क्षेत्रसँग प्रतिस्पर्धामा उतार्न नसक्दा अहिले ४२ करोड ७६ लाखभन्दा धेरै घाटामा छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको करमुक्त पसल बन्द हुनु, आयातित वस्तुको बिक्रीमा विदेशी मुद्राको विनिमयदरमा भएको परिवर्तनले असर गर्नु, जिन्सी मौज्दातको मूल्यांकनमा परेको असर जस्ता कारणले यसले सोचेअनुरुप प्रगति गर्न नसकेको जनाएको छ। यहाँ कार्यरत कर्मचारीले नियमित तलब पनि पाउन सकेका छैनन्।
केही समय पहिला भएको साधारण सभामा नयाँ कार्ययोजनासमेत प्रस्तुत गरिएको थियो। योजना अनुसार विश्लेषणका स्वेच्छिक अवकाश योजना लागू गर्ने, उपत्यकाबाहिर बिक्रीकक्ष निर्माण गर्ने, काठमाडौं रामशाहपथ र टेकुको जमिन भाडामा लगाउने काम अगाडि बढाउने, भैरहवा, पोखरा धनगढीमा रहेका जमिनमा व्यापारिक भवन बनाउने, नाफामूलक सामग्री मात्र पैठारी गर्ने, यस्ता सामग्रीको मात्र वितरण गर्ने जस्ता नयाँ योजना प्रस्तुत गरेको थियो। यसले २०६३ को सार्वजनिक खरिद ऐन तथा निमावली नै आफ्नो लागि व्यापारमा बाधा भएकोे जनाउँदै आएको छ।
सरकारले बजेटमा एउटै प्रकृतिका काम गर्ने संस्थानहरूलाई एक आपसमा गाभेर तिनीहरूको क्षमता बढाउने तथा सञ्चालन खर्च घटाएर व्यवस्थापन सुधार गरिने योजना लिएको छ। यसै अनुसार वाणिज्य तथा आपूर्ति मन्त्रालयले गृहकार्य गर्दै गरेको जनाएको छ। उस्तै प्रकृतिका व्यापारिक संस्थानलाई के कसरी मर्ज वा व्यवस्थापन गर्ने भन्ने गृहकार्य गर्न वाणिज्यलाई भनेको पुडासैनीले बताए।
नेपाल खाद्य संस्थान, बीउबिजन कम्पनी, कृषि सामग्री संस्थान लगायत संस्थालने व्यापारिक प्रयोजनका काम गर्दै आएका छन्। व्यापारिक काम गर्ने उस्तै किसिमका संस्थान धेरै सञ्चालन गर्न आवश्यक नभएको भन्दै सरकारले मर्ज प्रक्रिया अघि बढाएको हो।
त्यस्तै सरकारले निजी क्षेत्र सक्षम भएको र सरकारले सञ्चालन गर्न आवश्यक नभएको क्षेत्रका संस्थानहरूलाई उपयुक्त विधि र तरिका अपनाई सार्वजनिक–निजी साझेदारी अवधारणाअन्तर्गत सञ्चालन गर्न दिइने योजना ल्याएको छ। यसैअनुसार ८ वटा सार्वजनिक संस्थानलाई निजीकरण गर्ने प्रक्रिया अघि बढिसकेको छ।
सरकारले नेपाल ओरिन्ड म्याग्नेसाइट, नेपाल मेटल कम्पनी, बुटवल धागो, जनकपुर चुरोट, वीरगन्ज चिनी, कृषि औजार कारखाना, हेटौंडा कपडा र गोरखकाली टायर उद्योग चलाउन उद्योगले अर्थ मन्त्रालयमा प्रस्ताव पेस गरिसकेको छ। व्यवस्थापन करारमा लिइने गरी छलफल भइरहेको उद्योगले जनाएको छ। नेपाल औषधी लिमिटेड भने सरकार आफैंले चलाउने गरी गृहकार्य थालिएको उद्योग मन्त्रालयले जनाएको छ।