काठमाडौं- अरेबियन र भू–मध्यसागरमा विकास भएका दुई मौसम प्रणाली पश्चिम नेपालबाट एकैचोटि भित्रन थालेपछि पुसको ठिही पारिलो घामले भगाइरहेका सर्वसाधारण बिहीबार निकै चिसिए। मौसमविदका अनुसार अझै दुई दिन हावापानीमा सुधार आउने छाँट छैन, अधिकतम र न्यूनतम तापक्रम घट्दा थप चिसोको सामना गर्नुपर्ने अवस्था छ।
पश्चिमबाट भित्रिएका मौसम प्रणालीले बिहीबारदेखि नै देशभर बदली र कतिपय स्थानमा छिटपुट वर्षा गराए। अघिल्लो दिनको तुलनामा बिहीबार अधिकांश स्थानको तापक्रम घटेको छ। जल तथा मौसम विज्ञान महाशाखाको तथ्यांकले बिहीबार कहीँ अधिकतम र कहीँ न्यूनतम तापक्रम घटेको देखाएको छ।
मौसम पूर्वानुमान महाशाखाले शनिबारसम्म खराब मौसम रहने अनुमान गरे पनि भारतीय मौसम पूर्वानुमान केन्द्रले २० गते र अन्य मौसम वेभसाइटले २४ गतेपछि मात्र काठमाडौंको मौसममा पूर्ण सुधार आउने प्रक्षेपण गरेका छन्।
महाशाखाका मौसमविद मीनकुमार अर्यालले यसबीचमा देशभरकै अधिकतम र न्यूनतम तापक्रम औसतमा ४ र १ देखि साढे १ डिग्री सेल्सियससम्म झर्न सक्ने बताए। उनले पश्चिमका उच्च पहाडी र हिमाली क्षेत्रमा धेरै र मध्यपूर्वी क्षेत्रमा कम हिमपात हुने जानकारी पनि दिए।
'देशभरकै अधिकतम र न्यूनतम तापक्रम घटेकाले जाडो अझ बढ्छ,' उनले बिहीबारसा"झ नागरिकस"ग भने, 'यसको सबैभन्दा बढी प्रभाव पश्चिम र मध्यनेपालमा पर्छ, आइतबारदेखि मात्र सुधार आउ"छ।' अर्यालका अनुसार वर्षा जति बढी भयो, त्यति तापक्रम घट्ने सम्भावना छ।
जाडोयाममा सामान्यतया पश्चिमी वायुको प्रभावले मौसममा एक्कासि परिवर्तन आउने गर्छ। एकपटकमा एउटा प्रणाली विकास भएर नेपाल भित्रिने गर्छ। 'तर अहिले पश्चिमबाट दुई प्रकारका मौसम प्रणाली नेपाल भित्रिएका छन्,' अर्यालले भने। उनका अनुसार एउटा अरेबियन सागरमा विकास भएको न्यूनचापीय प्रणाली अफगानिस्तान, पाकिस्तान र भारत हुँदै दक्षिणतिरबाट नेपाल भित्रिरहेको छ भने अर्को भूमध्यसागरमा विकास भएको प्रणाली उल्लिखित देशहरुकै उत्तरी भू–भागबाट नेपाल भित्रिरहेको छ।
'यी दुई मौसम प्रणाली नेपालको मध्यभागमा आएर मिसिन्छन्, जसले गर्दा पश्चिम र मध्यभागमा वर्षा र हिमपात बढी हुन सक्छ। यसले तापक्रम स्वात्तै घटाउ"छ,' अर्यालले भने।
उनका अनुसार कुनै पनि मौसमको प्रभाव त्यसको विकासक्रम र शक्तिमा निर्भर हुन्छ। दुई प्रणाली एकैपटक विकास भएकाले पनि यसले धेरै प्रभाव पार्ने देखिन्छ। भारत हुँदै आउने दुई प्रणालीले नेपालस"ग सीमा जोडिएका भारतीय प्रदेशहरुमा प्रभाव पार्नेछ। भारतको मौसम विज्ञान विभाग, राष्ट्रिय मौसम पूर्वानुमान केन्द्रअन्तर्गतको हिमालयन मौसम विज्ञान शाखाले २० गतेसम्म पश्चिम पहाड तथा हिमाली क्षेत्रमा हिमपात हुने पूर्वानुमान गरेको छ।
केन्द्रले आइतबारसम्म त्यस क्षेत्रमा प्रभाव पर्ने जनाएको छ। शनिबार उच्च हिमपात (४.६ सेन्टिमिटर) हुने शाखाको अनुमान छ। पश्चिम नेपालस"ग सीमा जोडिएको उत्तराखण्डको गढवाल र कुमाउ क्षेत्रमा हिमपात हुने जनाइएको छ।
'सबै मौसम प्रणाली त्यही बाटो भएर नेपाल भित्रिने हुनाले भारतमा देखिने परिवर्तनको असर नेपालमा पनि पर्छ,' अर्याल भन्छन्, 'भारतको केन्द्रले त्यस क्षेत्रमा गरेको अनुमान पश्चिम नेपालका उच्च पहाडी र हिमाली भेगस"ग मिल्न सक्छ।'
यसैगरी, भारतको पूर्वानुमान केन्द्रले नेपालस"ग जोडिएका उत्तरप्रदेश, बिहार र उत्तराखण्डमा छिटपुट र हल्ला वर्षा हुने जनाएको छ। त्यहाँ लाग्ने बादलको 'कनेक्सन' उत्तरपश्चिम राज्य उत्तराखण्ड, उत्तरप्रदेश, मध्यप्रदेशदेखि पश्चिम बंगालदेखि बंगालको खाडीसम्म हुने जनाएको छ। उत्तराखण्डभन्दा पश्चिम हिमाचल र जम्मुकास्मिरमा भने २१ गतेसम्म हिमपात हुन सक्ने जनाइएको छ।
यसैगरी, एक्कुवेदर डटकमले काठमाडौंको अनुमानमा १८ देखि २० गतेसम्म वर्षा, २० देखि २२ गतेसम्म आंशिक बादल र २४ गतेदेखि मात्र घाम लाग्ने जनाएको छ। याहु वेदरले १८ देखि २१ गतेसम्म वर्षा, २२ गते घाम, २३ गते वर्षा र २४ गतेदेखि मात्र नियमित घाम लाग्ने जनाएका छन्। 'तर यिनीहरुको अनुमान हाम्रोजस्तो भौगोलिक बनावट भएको मुलुकस"ग मिल्ने सम्भावना निकै कम हुन्छ,' मौसमविद अर्यालले भने।
जाडोयाम सुरु भएयता मौसम परिवर्तन भएर बादल र पानी पर्न थालेको यो दोस्रोपटक हो। यसअघि मंसिर २७ देखि पुस १ सम्म मौसम खराब भएको थियो। वर्षा र पानीले चिसो ह्वात्तै बढेको थियो। अरेबियन सागरमा विकास भएको न्यूनचापीय प्रणालीले तराईमा वर्षा, उच्च पहाडी र हिमाली क्षेत्रमा भारी हिमपात भएको थियो।