इलाम- नौ कक्षा अध्ययनरत एक किशोरी कात्तिक २४ गते एकाएक घरबाट हराइन्। इलाम नगरपालिकाकी उनी हराउँदा परिवारमा खैलाबैला मच्चियो। सदरमुकामकै एउटा विद्यालयमा पढ्ने उनको उमेर जम्माजम्मी १५ वर्ष थियो। कुनै संकेत र सूचना नै नदिई घरबाट बेपत्ता हुँदा परिवार जति अन्योलमा पर्योम, उनी भेट्टिएको खबरले झनै तीन छक्क! त्यसरी अचम्मित हुने कारण थियो- मजदुरी गर्ने किशोरसँग उनले विवाह गरिसक्नु।देउमाई नगरपालिकास्थित मंगलबारेका १९ वर्षे किशोरलाई उनले जीवनसाथी बनाएकी रहिछन्। उमेर नपुगेकी छोरी भगाएको भन्दै किशोरीको परिवारले किशोरविरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी हाल्यो।
'किशोर-किशोरी र दुवैका अभिभावकलाई झिकाइयो,' कार्यालयको महिला सेलकी असई कृष्णकुमारी अधिकारीले भनिन्, 'दुवै पक्षका अभिभावकले विवाहलाई मान्यता दिएनन्, सहमतिमै छुटाइयो।' आफ्नो इच्छाविपरीत सम्बन्ध टुटाउँदा किशोर–किशोरीले प्रहरी कार्यालयमै कम्ती भाँडभैलो मच्चाएनन्। 'हामी छुट्न सक्दैनौं' भन्दै रुवाबासी मच्चाए। अन्ततः पछि विवाह गरिदिने सर्तमा छुट्टिए।
उमेरै नपुगी 'मायाप्रेम' का नाममा घरबाट भाग्ने किशोर–किशोरी बढ्दैछन्। मंसिर १६ गते मंगलबारेकै एक १७ वर्षीया किशोरी घरबाट हराइन्। अभिभावकले धुइँपताल खोज्दा पत्तो लाग्यो- उनी गाउँकै एसएलसी फेल युवकस"ग विवाह गरी उसैको घरमा बसेकी रहिछन्। केटीपक्षको उजुरीका आधारमा दुवैका परिवारलाई प्रहरी कार्यालयमा झिकाइयो। उसै गरी सम्बन्ध टुटाइयो– 'उमेर पुगेपछि तिमीहरूको विवाह गरिदिने।'
'किशोरीको उमेर कलिलै रहेको त्यो विवाहचाहिँ अन्तरजातीय पनि थियो' असई अधिकारीले सुनाइन्, 'तर, परिवारले जातभन्दा पनि छोरीको उमेरकै ख्याल गरेर सम्बन्ध कायम हुन दिएन।' घरबाट भागेको सात दिनसम्म युवककै घरमा निस्पि्कक्री बसेकी किशोरी प्रहरी कार्यालयको अनौपचारिक मिलापत्रबमोजिम युवकसँग छुट्टिनुपर्दा विह्वल थिइन्।
मंगलबारेबाटै असोज २७ गते प्रहरी कार्यालयमा एउटा उजुरी पर्योु, 'उमेर नपुगेकी छोरी फलानोसँग गई, जसरी पनि छुटाइदिनुपर्योस।' १० कक्षा अध्ययनरत १८ वर्षीया छोरी दानाबारीका २० वर्षीय युवकसँग भागेको सुइँको पाएर परिवार स्तब्ध थियो। 'जसरी पनि छुटाइदिनुपर्योक भन्ने उजुरीका आधारमा किशोरी र युवकलाई झिकाएर ललाइ-फकाइ गर्दै छुटाइयो,' अधिकारीले बताइन्, 'उनीहरू पनि पछि जोडिने गरी छुट्टिए।'
किशोरावस्थामा गरेको प्रेम झाँगि"दा हतारमा विवाह गर्ने क्रम बढेका उदाहरण हुन् यी। कार्यालयका अनुसार चालू आर्थिक वर्षका पा"च महिनामै यसरी बालविवाह गर्ने तर अभिभावकको सहमतिमा टुटाइने जोडीको संख्या ६ पुगिसकेको छ। कहिलेकाही" एकै महिना तीनवटासम्म बालविवाहका उजुरी पर्ने गरेका छन्। अघिल्लो आर्थिक वर्षमा १२ जोडीको सम्बन्ध 'उमेर नपुगेको' कारण देखाएर टुटाइएको थियो।
किशोर-किशोरीको राजीखुसी तर अभिभावकको मन्जुरी नलिई गरिएका विवाह कानुनी अड्चन देखाएर अमान्य गरिन्छ। सचेत अभिभावकले त्यसो गरे पनि कतिपय जोडी दाम्पत्य जीवनमा निर्बाध प्रवेश गरिसक्छन्। पढाइ छोडेर स्कुलकै साथीलाई जीवनसाथी बनाउने क्रम पनि रोकिएको छैन। कमजोर आर्थिक अवस्था भएका परिवारका किशोर–किशोरी चेतना अभाव र अभिभावकत्वको कमीले बेलैमा विवाह गर्छन्।
'बालविवाहविरुद्ध कडा कानुन भए पनि व्यावहारिक समस्या हेरेर मुद्दा दर्ता गरिँदैन,' इन्स्पेक्टर यामबहादुर पौडेलले भने, 'बालविवाहको मुद्दा दर्ता गर्दा विवाह गर्ने, गराउने, पुरोहित, लमी, जन्तीसमेत कारबाहीको भागीदार बन्नुपर्छ। त्यसैले सम्बन्ध टुटाउने गरिएको हो।'