हात्ती सफारी 'अनुचित'
२० पौष २०७१
•
८ मिनेट पाठ
हात्ती सफारी 'अनुचित'
चितवन- वन्य जीवको संरक्षण र उनीहरुप्रति उचित व्यवहारका दर्शाउनका लागि अभियान चलाउने उद्देश्य राखेकोे जर्मनीको एक संस्थाले पर्यटनमा हात्तीको प्रयोगलाई अनुचित ठहर गरेको छ। हात्ती सवारमा पर्यटक नपठाउन संस्थाले टुर अप्रेटरहरुलाई विश्वव्यापी रुपमा अपिल गरेको छ। जर्मनीका चार टुर अप्रेटर कम्पनीले यसमा समर्थन जनाएको संस्थाको दाबी छ।
म्युनिखमा कार्यालय रहेको संस्थाले डिसेम्बर १८ मा जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'एसिया तथा अझ बढ्दो रुपमा भन्ने हो भने अफ्रिकामा हात्तीका छावालाई जंगलबाट समाती लाभदायक पयर्टकीय व्यवसायको निम्ति प्रयोग गर्ने गरिन्छ।' प्रो वाइल्ड लाइफका डेनिएला फ्रेयरले विज्ञप्ति जारी गरेका हुन्।

हात्ती सफारी, शिविर र मन्दिर मा हुने हात्तीको परेडमा प्रयोग हुने हात्तीलाई सिक्रीले बाँध्ने, कैद गर्ने, कुट्ने तथा यातना दिने गरिएको संस्थाको विज्ञप्तिमा उल्लेख छ। यस्तो 'क्रूर तरिका'बाट वशमा पारेर मात्र चाहेअनुसार काममा लगाउन सकिन्छ भन्ने मान्यताले हात्तीमाथि अत्याचार हुने गरेको संस्थाको भनाइ छ।

'यस्ता दुर्व्यवहारबाट पीडित हात्ती जहिले पनि माउते र पर्यटकका लागि सांघातिक खतराका रुपमा प्रस्तुत हुन सक्छन्,' विज्ञप्तिमा भनिएको छ। हात्तीले यस्तो व्यवहार पटकपटक देखाउने गरेको संस्थाले जानकारी गराएको छ। त्यस्ता हात्तीले सन् २००९ को डिसेम्बरदेखि सन् १० को मेसम्म पाँच जनालाई मारेको र १७ जनालाई घाइते बनाएको संस्थाको भनाइ छ।

नेपालमा सफारीमा प्रयोग गर्न वर्षेनी कम्तिमा पाँच हात्तीहरु नेपाल–भारत सिमाना वारपार तस्करी गर्ने संस्थाले बताएको छ। 'जसमध्ये अन्धा, बृद्ध र कम उमेरका हात्तीहरुले भयंकर दुर्व्यवहारको सामना गर्ने गर्दछन् र यिनीहरुलाई पौष्टिक आहार, उचित वासस्थान, सिक्रि विना खोर भित्र बस्न पाउने तथा अवकाशको सुविधाबाट वञ्चित गराईन्छ' विज्ञप्तीमा उल्लेख छ।

जर्मनीसहित अष्ट्रेलियाका केही टुर अप्रेटरहरुले हात्ती सफारी निषेधमा लागेको विज्ञप्तीमा उल्लेख छ। त्यस्तै नेदरल्याण्डमा प्रत्येक मुख्य टुर अपरेटर हरुले हात्ती सवारीलाई निषेध गर्ने विषयमा सहमती जनाई सकेका छन् भनिएको छ। जनावरमैत्री पर्यटन नै दिगो पर्यटन हुने हुँदा सवैले यस अभियानमा साथ दिन फ्रेयरले विश्व व्यापी अपिल गरेका छन्।

फ्रेयर भन्छन् 'धेरै ट्रभल कम्पनीहरु आफ्ना दिगो नीतिहरुप्रति गौरवान्वित छन्। अहिलेसम्म भ्रमण सेवा प्रदायकहरुबाट खतरामा परेका जीवहरुको कल्याण तथा संरक्षणका विषयलाई धेरै हदसम्म वेवास्ता गरिएको थियो। तर अहिले आएर धेरै कम्पनीहरुले त्यस्ता भ्रमणहरु लाई रोक्ने सहमति जनाएका छन्, जस्को हामी स्वागत गर्छौ।'

'जनावर मैत्री क्रियाकलाप नै दिगो भ्रमण नीतिको महत्वपूर्ण पक्ष हो' विज्ञप्तीमा फ्रेयरले भनेका छन्। चितवनमा हात्ती सफारी महत्वपुर्ण पर्यटकीय आकर्षण हो। पर्यटकहरु हात्ती चढेर जंगलमा गैंडा हेर्न जान्छन्। यसका साथै हात्तीसँग नुहाउने कार्यक्रम पनि थपिएको छ। साथै वन्यजन्तुको संरक्षणका लागि गस्तीमा पनि प्रशासनले हात्तीको प्रयोग गर्छ।

'हात्तीमाथि अत्याचार छैन'

हात्तीमाथि अमानवीय व्यवहार हुने गरेको भनाइको चितवन सौराहाका पर्यटन व्यवसायी, निकुञ्जका अधिकारी र पशु चिकित्सकहरुले भने खण्डन गरेका छन्। हात्तीमाथि हुने गरेको व्यवहारका विषयमा आधिकारिक रुपमा कसैले विमति नजनाएको पनि अधिकारीहरुको भनाइ छ।

'हात्तीलाई तालिम दिने विषयमा पहिला केही जोर जबस्तिका गतिविधि हुन्थे तर अहिले यो बन्द भएको छ। हामी मिठा खाने कुरामा पल्काउँदै स्याब्बासी दिदै हात्तीलाई तालिम दिने गर्न थालेको पनि वर्षौ भयो' चितवन राष्ट्रिय निकुञ्जका वरिष्ठ पसु चिकित्सक डा.कमल गैरेले भने। निकुञ्जले धेरै हात्तीसारलाई सिक्री मुक्त बनाएको पनि उनले बताए।

'एउटा हात्तीमा ५० लाख रुपैयाँभन्दा धेरै लगानी हुन्छ। त्यसैले हामी हात्तीको स्वास्थ्य र उसको चाहनाका विषयमा निकै शंवेदनसिल हुने गर्छौ' पुराना होटल व्यवसायी तथा हात्ती समेत पालेका इडन जंगल लजका सञ्चालक गोपिकृष्ण श्रेष्ठले भने। पर्यटक धेरै हुने कात्तिक महिनामा हात्तीलाई साविकको भन्दा केही कामको भार परे पनि उसको सुविस्तालाई प्रथामिकतामा राखेको श्रेष्ठले बताए।

हात्तीलाई चाहिने आहारा सरकारले नै तोकेकोले चितवन निकुञ्ज र देशमा रहेका सरकारी हात्तीले सोही अनुरुपको आहारा पाइरहेको डा.गैरेले बताए। एउटा हात्तीले दिनमा दुई सय केजी घाँस खाने गर्छ। यसका साथै १५ केजी धान र २५ ग्राम नुन पनि दिने गरिन्छ। निजी हात्तीले पनि यो र अझै बढी आहारा पाउने गरेको व्यवसायीहरु बताउँछन्।

हात्ती १० वर्ष भएपछि काममा लगाउने र ६५ वर्ष पुगेपछि कामबाट मुक्त गराएर अवकास दिने गरेको गैरेले बताए। अवकास भएका हात्तीले समेत अरु काममा खटेका हात्तीले झै खाना र घाँस पाउने गर्दछन्। 'जे जति आपत्तिको विषय बनाइएको छ त्यो तहको वेवास्ता यहाँ पटक्कै छैन। हामीले हात्तीको स्वभाव अनुकुलका आचरणहरु जान्दै र अपनाउँदै गएका पनि छौं' डा.गैरेले भने।



अर्को समाचार
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
६ घण्टा अघि
•
१ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। आइतबार साँझ करिब ५:५० बजे रुकुम खलंगाबाट दुलीतर्फ जाँदै गरेको लु १ ज २१६० नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब १० देखि १५ मिटर तल खसेको हो।

Yetiairlinescontenttopbanner

दुर्घटनालगत्तै खटिएको प्रहरी टोलीले घाइते ६ जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्ले, रुकुम पश्चिम पठाएको थियो। तीमध्ये जीप चालक रुकुम पश्चिमकै मुसिकोट नगरपालिका-९ का करिब २८ वर्षीय भीम सिंह बुढामगरलाई साँझ ७:१० बजे चिकित्सकले जाँच गरी मृत घोषणा गरेका थिए।

दुर्घटनामा बाँफिकोट गाउँपालिका-८ दुलीकी करिब ३१ वर्षीया निर्मला के.सी., उनका करिब २ वर्षीय छोरा दिनेश के.सी., सोही स्थानकी करिब ३२ वर्षीया मनिषा बस्नेत र करिब ३६ वर्षीय कर्णबहादुर खत्री घाइते भएका छन्। घाइतेमध्ये निर्मला, मनिषा र कर्णबहादुरको अवस्था सामान्य छ भने दिनेशको अवस्था मध्यम रहेको छ।

यस्तै, सोही दुर्घटनामा मुसिकोट नगरपालिका-१० की करिब १८ वर्षीया जेनिशा वली घाइते भएकी छन्। उनको अवस्था मध्यम रहेको छ। जीपमा चालकसहित १० जना सवार रहेकोमा अन्य चार जना सकुशल छन्। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस