पाँचथर– जिल्लामा रहेर खेलकुद क्षेत्रमा पत्रकारिताको माध्यमबाट महत्वपूर्ण योगदान पुर्यारएको भन्दै नागरिककर्मी गिरिराज बाँस्कोटा खेलकुद पत्रकारिता पुरस्कार प्रदान गरिएको छ। छैठौं फाल्गुनन्द गोल्ड कप फुटबल प्रतियोगिताको समापन समारोहमा जिल्लामा खेलकूद क्षेत्रका विषयहरुलाई उजागर गरेको भन्दै पुरस्कृत गरिएको हो।यसै वर्षबाट फिदिम स्पोर्टिङ क्लबले उक्त पुरस्कार वितरण गर्न थालको हो। छापा माध्यमबाट जिल्लाका खेलकुद गतिविधिलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय तहमा पुर्याएको भन्दैँ सम्मान पत्र सहित पुरस्कृत गरिएको हो।
दश हजार रुपैयाँ राशि रहेको पुरस्कार बाँस्कोटाले पाएका हुन्। गोल्डकपको समापन समारोहमा क्लबका अध्यक्ष किरण श्रेष्ठले मंगलवार हस्तान्तरण गरे। त्यस्तै विद्युतीय माध्यवाट खेलकुद क्षेत्रको उन्नति र विकासका लागि समाचार प्रसारण गरेको भन्दै इमेज च्यानलका पाँचथर संवाददाता जितेन्द्र भण्डारी पनि पुरस्कृत भएका छन्।