चितवन-चितवनमा एक उपमहानगरपालिका र पाँच नगरपालिका घोषणा भएपछि फोहर व्यवस्थापन चिन्ताको विषय बनेको छ। जिल्लामा फोहर विसर्जन गर्ने व्यवस्थित ठाउँ छैन। उपमहानगरपालिका घोषणा भएको भरतपुरमा नै अहिलेसम्म व्यवस्थित र स्थायी ल्यान्डफिल साइट बनेको छैन।भरतपुर २०३५ सालमा नगरपालिका भएको हो। तर अहिलेसम्म फोहर व्यवस्थापनको स्थायी पूर्वाधार नहुँदा कहिले जंगलमा कहिले मूल सडक नजिकको खाडलमा फोहर फाल्ने गरिएको छ। पछिल्लो पटक भरतपुरको फोहर पवित्र नारायणी नदी किनारमा लगेर पुरिएको छ।
‘ल्यान्डफिल साइट बनाउन सरकारले भरतपुरलाई जग्गा दिएको छ। अब बिस्तारै हामी त्यो काम पनि सुरु गर्छौं,' कार्यकारी अधिकृत नारायण सापकोटाले भने। २०६८ सालमा मन्त्रिपरिषदले निर्णय गरेर नगरपालिकालाई ल्यान्डफिल साइटका लागि १५ बिघा जग्गा उपलब्ध गराएको हो। ‘जलदेवी सामुदायिक वनमा १५ बिघा जग्गा पाएको हो। त्यसको सट्टाभर्नाका लागि अर्को १५ बिघा जग्गा किनेर वृक्षरोपण गर्नुपर्छ। किन्नुपर्ने जग्गा खोज्ने काम भइरहेको छ,' सापकोटाले भने। निर्माण सुरु हुन अझै दुई वर्ष लाग्ने अनुमान उनको छ।
२०६८ सालको जनगणना अनुसार साविक भरतपुर नगरपालिकामा एक लाख ३४ हजार ५४ जना बस्छन्। नगरपालिका हुँदा नै दैनिक ३० टन फोहर उत्पादन हुने गरेको कार्यकारी अधिकृत सापकोटा बताउँछन्। उपमहानगरपालिका हुँदा मंगलपुर, गीतानगर, शिवनगर, पटिहानी र फूलबारी गाविस गाभिएका छन्। ६८ को जनगणनालाई आधार मान्दा पनि अहिले भरतपुर उपमहानगरपालिकाको जनसंख्या एक लाख ९० हजार पुगेको छ।
त्यसैले फोहर व्यवस्थापन चुनौती बन्ने सम्भावना छ। चितवन जिल्ला विकास समितिका स्थानीय विकास अधिकारी भरतमणि पाण्डे नगरपालिका अनुसारका फरकफरक ल्यान्डफिल साइट बनाउनुभन्दा सबै नगरपालिकाको एकै ठाउँ फोहर विसर्जन स्थल बनाउन उपयुक्त हुने बताउँछन्। ‘सबै नगरपालिकाले एकै ठाउँ ल्याडफिल साइट बनाए राम्रो हुन्छ। नगरको फोहर उही नगरभित्रै राख्नुपर्छ भन्ने छैन। उपयुक्त ठाउँ खोज्ने हो। उस्तै परे जिल्लाबाहिर पनि जान सकिन्छ,' स्थानीय विकास अधिकारी पाण्डेले भने।
चितवनमा भरतपुर उपमहानगरपालिकासहित पूर्वमा खैरहनी र रत्ननगर तथा पश्चिममा चित्रवन र नारायणी नगरपालिका छन्। त्यस्तै, माडीमा माडी नगरपालिका छ। सिमाना जोडिएको नवलपरासीमा गैंडाकोट नगरपालिका छ।
२०६८ सालको जनगणना अनुसार चितवनको जनसंख्या पाँच लाख ३७ हजार १८३ छ। साविकमा चितवनमा दुई नगरपालिका र ३६ गाविस थिए। अहिले गाविस जम्मा १६ वटा मात्र बाँकी छन्। कुल जनसंख्याको ८० प्रतिशत अहिले सहरवासी भएका छन्। एक उपमहानगरपालिका र पाँच नगरपालिकामा चार लाख मानिस बस्छन्। १६ गाविसमा बस्नेको संख्या एक लाख ३५ हजार हाराहारी छ।
जनसंख्याको ठूलो हिस्सा नगर क्षेत्रमा बस्ने भएपछि फोहर उत्पादन पनि बढेर जान्छ। त्यसलाई व्यवस्थापन गर्ने योजना तत्काल नबनाए वातावरणीय समस्या हुने र मानव स्वास्थ्यलाई समेत असर गर्ने खतरा बढ्ने देखिन्छ।