जडीबुटी प्रशोधनमा प्रतिस्पर्धा रोक्ने प्रयास तुहियो
२३ पौष २०७१
•
९ मिनेट पाठ
जडीबुटी प्रशोधनमा प्रतिस्पर्धा रोक्ने प्रयास तुहियो
काठमाडौं-वन मन्त्रालयले सात महिनाअघि लौठसल्लाको पात प्रशोधन गरी तेल उत्पादन गर्न ज्ञान हर्बललाई अनुमति दिने निर्णय गरेको थियो। नयाँ उद्योग थपिएपछि यही क्षेत्रमा काम गर्दै आएका दुई उद्योग ‘आफ्नो भाग खोसिने डरलेु जुर्मुराए।उनीहरू नयाँ उद्योग थपिँदा ‘आफूलाई पर्याप्त पात उपलब्ध नहुने भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग पुगे। त्यहाँबाट पनि सुनुवाइ नभएपछि संसदको वातावरण संरक्षण समिति गुहारे।
अन्ततः संसदीय समितिले पनि उनीहरूको कुरालाई ‘आधारहीनु ठहर्या उँदै वनकै निर्णय सदर गरेको छ।
नयाँ उद्योगविरुद्ध गुटबन्दी गर्ने दुई जडीबुटी उद्योग हुन्, माछापुच्छ्रे हर्बल प्रालि र नेचुरल फ्लावर एन्ड हर्बल। यसमध्ये माछापुच्छ्रे हर्बलकी अध्यक्ष पूर्वप्रधानमन्त्री झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकार हुन्।
वन मन्त्रालयले २०७१ जेठ ६ गते ज्ञान हर्बललाई लौठसल्लाको पात प्रशोधन गरी त्यसको सारतत्व ९तेल० उत्पादन गर्न स्वीकृति दिएको थियो। यस्तो स्वीकृति पाउने यो तेस्रो उद्योग हो। यसअघि चित्रकार सञ्चालक रहेको माछापुच्छ्रे हर्बल र नेचुरल फ्लावरले यस्तो अनुमति पाइसकेका छन्। डाबरलाई पनि अनुमति दिइएको थियो तर उसले काम नगरेपछि लाइसेन्स रद्द गरियो।
यी दुई कम्पनीले लौठसल्लाको पातबाट ‘टेन–ड्याबथर्डु नामक धूलो उत्पादन गरेर भारत निर्यात गर्छन्। जसको मूल्य प्रतिकेजी १० देखि १२ लाख रुपैयाँ पर्छ। यो पाउडर थप दुईपटक प्रशोधन गर्ने हो भने क्यान्सरका बिरामीलाई दिइने ‘केमोु औषधि तयार हुन्छ। केमो औषधि बनाउने प्रविधि नेपालमा छैन। लौठसल्लाको पातलाई छायामा सुकाएर प्रशोधन गरी तेल बनाइन्छ र त्यसबाट टेन–ड्याबथर्ड धुलो निकालिन्छ। एक हजार किलो पातबाट ८ सय ग्राम पाउडर बन्छ। 
अन्तर्राष्ट्रिय बजारमा उच्च माग रहेकै कारण नयाँ प्रतिस्पर्धी नजन्मियोस् भनेर यति ठूलो हानथाप भएको हो। 
नयाँ उद्योगलाई लौठसल्ला प्रशोधन गर्ने अनुमति दिँदा चालू उद्योगलाई पर्याप्त पात नपुग्ने तर्क गर्दै चित्रकारले नेचुरल फ्लावरका प्रमुख कार्यकारी कृष्ण सुवेदीसँग मिलेर उजुरी दिएकी थिइन्। वन मन्त्रालयले गैरकानुनी रूपमा ज्ञान हर्बललाई यस्तो स्वीकृति दिएको उनको आरोप थियो।
‘हाल सञ्चालन भइरहेका दुई उद्योगलाई नै लौठसल्लाको पात अपुग भइरहेका बेला फेरि अर्को कम्पनीलाई अनुमति दिँदा थप समस्या हुने भएकाले वनबाट फाइल झिकाएर निर्णय बदर गरियोस्,ु उजुरीमा भनिएको छ, ‘स्रोतको सर्वेक्षण नगरी अर्को कम्पनीलाई संकलनको अनुमति दिन मिल्दैन।ु 
अख्तियारले यसमा ‘कुनै अनियमितता नभएकोु भन्दै वन मन्त्रालय र ज्ञान हर्बललाई सफाइ दिएपछि चित्रकारले संसदीय समिति गुहारेकी हुन्। उनले यही पुस ६ गते अख्तियारको निर्णयमा समेत प्रश्न उठाउँदै संसदीय समितिमा उजुरी हालेकी थिइन्। यसबारे बुधबार भएको पहिलो बैठकले अख्तियारकै निर्णय सदर गर्दै त्यसमा थप छानबिन गर्नुपर्ने कुनै आधार नदेखिएको ठहर गरेको हो।
‘अख्तियारले छानबिन गरेर निर्णय गरिसकेको विषयमा हस्तक्षेप नगर्ने निर्णय भएको छु, समितिका अध्यक्ष जनकराज चौधरीले नागरिकसँग भने, ‘यो टुंगिसकेको मुद्दा रहेछ। हामीले थप केही गर्नुपर्ने देखेनौं।ु
अख्तियारले असार १५ गते नै यससम्बन्धी सम्पूर्ण फाइल वन मन्त्रालयबाट झिकाएर चार महिना छानबिन गरी कात्तिक २१ गते वन र ज्ञान हर्बल दुवैलाई सफाइ दिएको थियो। 
समितिका सदस्य मदन अमात्यले अहिलेजस्तो प्रतिस्पर्धात्मक बजारमा आफ्नोबाहेक अरूको उद्योग सञ्चालन नहोस् भन्ने धारणा नै गलत भएको बताएका छन्। ‘चित्रकारको निवेदनमा कुनै दम छैन,ु उनले बुधबार बैठकमा भने, ‘यसमा छलफल गरे समय बर्बाद हुन्छ।ु
वनमन्त्री महेश आचार्यसमेत उपस्थित बुधबारको बैठकमा वनका पदाधिकारीले ‘अख्तियारले सफाइ दिइसकेको र नियमभित्रै रहेर स्वीकृति दिएकोु बताएका थिए। यही आधारमा समितिका अधिकांश सदस्यले छलफल र निर्णय गर्नुपर्ने विषय नभएको ठहर गरेका हुन्।
अर्की सदस्य सरिता प्रसाईंले अनियमितता छानबिन गर्ने प्रमुख निकाय अख्तियारले नै ‘नीतिसंगत रूपमा स्वीकृत दिइएको र अनियमितता नभएकोु भनी सफाइ दिइसकेको विषय फेरि समितिमा छलफल गर्नु नपर्ने बताइन्। ‘अख्तियारले सबै हेरेर तामेलीमा राखिसकेको विषयमा कुनै छलफलै गर्नुपर्दैन,ु उनले भनिन्।
अर्का सदस्य पार्वत गुरुङले छलफल क्रममा ‘यो पहुँचवालाले गर्ने व्यवसाय रहेछु भनी व्यंग्य गरेका थिए। अधिकांश सदस्यले कुनै पनि क्षेत्रमा सिन्डिकेट हाबी हुन नहुने बताएका थिए। 
चित्रकारले करिब तीन वर्षअघि किशोरी महतो र लुना भन्ने व्यक्तिले संयुक्त रूपमा सञ्चालन गरिरहेको माछापुच्छ्रे हर्बल करिब १८ करोड रुपैयाँमा खरिद गरेकी हुन्। 
वन मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद आचार्यले अघिल्ला उद्योगहरूलाई जस्तै गरी नीति–नियमको अधिनमा रहेर ज्ञान हर्बललाई स्वीकृत दिएको बताएका छन्। मन्त्रालयले वन नियमावली २०५१ को परिच्छेद २ को नियम ११ अनुसार सबै उद्योगलाई स्वीकृत दिँदै आएको छ। 
पहिलोपटक वन मन्त्रालयले २०५३ असार ५ गते राज्यमन्त्रीस्तरीय निर्णयबाट डाबर नेपाललाई पात प्रशोधनको अनुमति दिएको थियो। यसले समयमै काम सुरु नगरेपछि सचिवस्तरीय निर्णयबाट रद्द गरियो। त्यसपछि मन्त्रालयले २०५९ साउन १४ गते नेचुरल फ्लावर एन्ड हर्बललाई स्वीकृत दियो। माछापुच्छ्रे हर्बललाई भने २०५७ माघ २ गते प्रधानमन्त्रीस्तरीय निर्णयबाट पात संकलन र प्रशोधनको अनुमति दिइएको हो।
यी उद्योगले अहिलेसम्म निजी र सामुदायिक वनबाट मात्र लौठसल्लाको पात संकलन गर्न पाउँछन्। मन्त्रालयले गैरकाष्ठ वन पैदावारमा आधारित उद्योगलाई कच्चापदार्थ उपलब्ध गराउनेसम्बन्धी नीति ०६८ मै तयार गरेको हो। यो नीतिको मस्यौदा दुईपटक मन्त्रिपरिषद पठाइए पनि स्वीकृत भएको छैन। पहिलोपटक २०६८ मा र दोस्रोपटक पछिल्लो संविधानसभा निर्वाचनअघि स्वीकृतिका लागि मन्त्रालय पठाइएको थियो। 
वन विभागले २०६५ फागुन २८ गते नै ४६ जिल्लालाई लौठसल्लाको पात प्रतिस्पर्धाका आधारमा बिक्री गर्न परिपत्र गरेको छ।


अर्को समाचार
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
४ घण्टा अघि
•
१ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। आइतबार साँझ करिब ५:५० बजे रुकुम खलंगाबाट दुलीतर्फ जाँदै गरेको लु १ ज २१६० नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब १० देखि १५ मिटर तल खसेको हो।

Yetiairlinescontenttopbanner

दुर्घटनालगत्तै खटिएको प्रहरी टोलीले घाइते ६ जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्ले, रुकुम पश्चिम पठाएको थियो। तीमध्ये जीप चालक रुकुम पश्चिमकै मुसिकोट नगरपालिका-९ का करिब २८ वर्षीय भीम सिंह बुढामगरलाई साँझ ७:१० बजे चिकित्सकले जाँच गरी मृत घोषणा गरेका थिए।

दुर्घटनामा बाँफिकोट गाउँपालिका-८ दुलीकी करिब ३१ वर्षीया निर्मला के.सी., उनका करिब २ वर्षीय छोरा दिनेश के.सी., सोही स्थानकी करिब ३२ वर्षीया मनिषा बस्नेत र करिब ३६ वर्षीय कर्णबहादुर खत्री घाइते भएका छन्। घाइतेमध्ये निर्मला, मनिषा र कर्णबहादुरको अवस्था सामान्य छ भने दिनेशको अवस्था मध्यम रहेको छ।

यस्तै, सोही दुर्घटनामा मुसिकोट नगरपालिका-१० की करिब १८ वर्षीया जेनिशा वली घाइते भएकी छन्। उनको अवस्था मध्यम रहेको छ। जीपमा चालकसहित १० जना सवार रहेकोमा अन्य चार जना सकुशल छन्। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस