मोरङको पथरीशनिश्चरेमा श्रीमानको कुटाइबाट श्रीमतीको हत्या भएको छ। पथरीशनिश्चरे नगरपालिका–२ बुद्ध चोकका ३३ वर्षीय जय शर्माले पत्नी १९ वर्षीया पूजा विकको हत्या गरेको मोरङ प्रहरीका डिएसपी मञ्जिल मुकारुङले जानकारी दिए। शर्माले मादक पदार्थ सेवन गरेको विषयलाई लिएर विवाद हुँदा कुटपिट भएपछि उपचारका क्रममा विकको मृत्यु भएको डिएसपी मुकारुङले बताए।
मादक पदार्थ सेवन गरेर घरमा आएपछि पति–पत्नीबीच विवाद भएको पाइएको र विवादपछि पतिले गत पुस ३० गते प्लाष्टिकको पाइपले पत्नी पूजालाई मरणासन्न हुने गरी कुटपिट गरेको प्रहरीले जनाएको छ।
पतिको कुटाइबाट घाइते भएकी पूजाको उपचारका लागि विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा भर्ना गरिएको थियो। उनको टाउको र शरीरका विभिन्न भागमा चोट लागेको प्रहरीले जनाएको छ। गम्भीर अवस्थामा अस्पताल भर्ना भएकी र उपचार सम्भव नभएपछि फर्काएर घर लैजाँदै गर्दा शनिबार साँझ बाटैमा पूजाको मृत्यु भएको डिएसपी मुकारुङले बताए।
पति जयलाई पक्राउ गरेर उनीविरुद्ध कर्तव्य ज्यान मुद्दामा म्याद थप गरी घटनाको अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।