स्वस्थानी व्रत एवं माघस्नान घरघरमा शुरू गरिंदै
०३ माघ २०७८
•
४ मिनेट पाठ
स्वस्थानी व्रत एवं माघस्नान घरघरमा शुरू गरिंदै
बर्सेनि पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना विधिपूर्वक गरिने स्वस्थानी व्रत एवं माघस्नान आजदेखि शुरू गरिंदै छ।

पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना स्वस्थानी व्रत र माघ स्नान गरिन्छ। पौष शुक्ल चतुर्दशीको दिन हातगोडाका नङ काटी स्नान गरी शुद्ध वस्त्र पहिरिएर यसको सुरुआत हुन्छ। बिहान माघ स्नान गरी नित्य मध्याह्नमा महादेवको पूजा गरिन्छ। बेलुकी स्कन्द पुराणको केदार खण्ड अन्तर्गत माघ माहात्म्यको कुमार अगस्त्यबीच संवाद भएको स्वस्थानी व्रत कथा सुन्ने सुनाउने परम्परा छ।

एक महिनासम्म यो विधिबाट व्रत गरी माघ शुक्ल पूर्णिमाका दिन १०८ जनै, १०८ सुपारी, १०८ पान, १०८ फूल, १०८ रोटी, १०८ अक्षता विभिन्न थरीका फलफूल, धूप, बत्ती, नैवेद्य, श्रीखण्ड, रक्तचन्दन, सिन्दूर, वस्त्र, भेटी चढाई व्रतको कामना पूर्ण होस् भनी भगवतीलाई अर्घ्य दिइन्छ।

चढाइएका प्रसादमध्ये सबैबाट आठआठ पतिलाई, पति नभए छोरालाई र छोरा पनि नभए मीत छोरालाई एवं मीत छोरा पनि नभएमा कामना सिद्ध होस् भनी नजिकको पवित्र नदीमा लगी बगाउने व्रत विधि छ।

सय रोटी व्रतालु आफैंले फलाहार गरी रातमा जाग्राम बसिन्छ। जाग्रामका समयमा देवीको माहात्म्य सुन्ने सुनाउने गरिन्छ। यसो गरे वर्तालुको मनोकाङ्क्षा पूरा हुन्छ भन्ने धार्मिक विश्वास छ।

स्वस्थानीको शाब्दिक अर्थ आफू बसेको स्थानको देवी भन्ने बुझिन्छ। आफू बसेकी स्थानकी देवीको पूजा गर्नु नै स्वस्थानी पूजा हो। उत्तरायणपछिको समय ध्यान,योग र साधनाका लागि उपयुक्त भएकाले स्वस्थान अर्थात् आफ्नो आत्मामा सम्पर्कको अभ्यास गर्नुलाई स्वस्थानी भनिएको विश्वास पनि छ। यसका लागि पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्मको समय राम्रो मानिन्छ।

सुवर्ण वर्णकी, त्रिनेत्रधारी, प्रसन्न मुद्रा भएकी, कमल र सिंहासनमा बसेकी, चार हात भएकी देवीलाई स्वस्थानी देवी भनी स्कन्द पुराणमा उल्लेख गरिएको धर्मशास्त्रविद् प्राडा रामचन्द्र गौतमले जानकारी दिए। ‘स्वस्थानीको चार हातमध्ये पहिलो हातमा नीलकमल, दोस्रो हातमा खड्ग, तेस्रो हातमा ढाल र चौथो हातमा वरद मुद्रा लिएकी देवी स्वस्थानी हुन् भनी पुराणमा उल्लेख गरिएको छ’, उनले भने।

यस्ती देवीको विधिपूर्वक व्रत गरेमा बिछोड भएका जोडीको पुनर्मिलन हुन्छ भन्ने विश्वास छ। रोगव्याध लागेको भए ठीक हुने र पति वा पत्नीका रूपमा कसैलाई इच्छाएको भए प्राप्त हुने कथा समेत नेपाली समुदायमा प्रचलित छ।

सत्य युगमा हिमालय पर्वतकी पुत्री पार्वतीले महादेवलाई पति पाऊँ भनी विष्णुको निर्देशानुसार स्वस्थानीको व्रत गरेको कथा स्वस्थानीमा वर्णन गरिएको छ। व्रतपछि बिछोडमा परेका नागनागिनीको पुनर्मिलन भएको कथामा उल्लेख छ।

गोमा ब्राह्मणीले सप्तऋषिले सिकाएको व्रतविधिअनुसार व्रत गर्दा पुत्र वियोगबाट मुक्ति मिलेको र व्रतकै प्रभावले छोरा नवराज लावण्य देश हालको साँखु क्षेत्रको राजा भएको कथा स्वस्थानीमा वर्णन गरिएको साँखुको ऐतिहासिक, धार्मिक, पुरातात्विक, सांस्कृतिक र पर्यटकीय विषयमा अनुसन्धानरत इतिहासकार प्रकाश श्रेष्ठ ‘सक्व’ ले जानकारी दिए।

शाली नदीमा १५० वर्तालु

यस अवसरमा आजैदेखि एक महिनासम्म उपत्यकाको उत्तरपूर्वी भेगस्थित १८ किमीको दूरीमा रहेको साँखुस्थित शाली नदीमा माघस्नानसहित माधवनारायणको मेला लाग्दछ। प्राचीनकालदेखि लाग्दै आएको मेलामा यस वर्ष भने कोरोनाका कारण धेरै चहलपहल नहुने भएको छ। ‘माघ महिनामा यहाँ आई स्नान गरेर माधवनारायणको दर्शन गरेमा पाप पखालिई पुण्य कमाइने धार्मिक विश्वास छ, यो विश्वासमा प्रत्येक वर्ष यहाँ लाखौं भक्त आउने गर्छन्’, इतिहासकार श्रेष्ठले भने।

यस वर्ष कोरोनाको महामारीका कारण माधनारायण मेला नगरी व्रत मात्र गर्ने गरी तयारी गरिएको छ। वर्तालुका लागि साँखुस्थित शाली नदीमा सम्पूर्ण तयारी पूरा गरिएको श्री माधवनारायण स्वस्थानी व्रत तथा शाली नदी सुधार समितिले जनाएको छ। समितिका अध्यक्ष मिजेन्दकाजी श्रेष्ठ यस वर्ष माघ ३ गतेदेखि फागुन ४ गतेसम्म मेला लाग्ने बताउँछन्।

विगत वर्षमा करिब ४ सय जनाले माधवनारायण व्रत गर्ने गरेकामा यस वर्ष झन्डै १५० जनालाई मात्र स्वास्थ्य सुरक्षाका विधि अपनाएर सुरक्षित साथ राखिने भएको छ। कोरोना महामारीकै कारण गत वर्ष भने ४९ जना मात्र व्रत बसेका थिए। विसं २०७६ मा जस्तो मेला भने यसपटक पनि नलाग्ने समितिले जनाएको छ। गत वर्ष पनि समितिले मेला नलाग्ने भनी भक्तजनको शाली नदीमा भीड नै देखिएको थियो।

वर्तालु आज बेलुकीदेखि नै साँखुमा वास बस्न आउँछन्। बेलुकी माधवनारायणका पुजारीबाट जलग्रहण गरेपछि व्रतविधि शुरू हुन्छ। कोरोनाका कारण यस वर्ष वर्तालुलाई एउटै घरमा राख्ने व्यवस्था गरिएको पनि समितिले जनाएको छ।
अर्को समाचार
साली नदीमा १ सय ९९ महिला र २१ पुरुष स्वस्थानीको कठोर व्रतमा
१२ माघ २०८०
•
६ मिनेट पाठ
साली नदीमा १ सय ९९ महिला र २१ पुरुष स्वस्थानीको कठोर व्रतमा
सधैँ झैँ यस वर्ष पनि स्वस्थानी व्रत कथाको महिना बिहीबारदेखि सुरु भएको छ। यसै अवसरमा काठमाडौँको साँखुमा प्रत्येक वर्ष पुस शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिनासम्म लाग्ने मेला पनि सुरु भएको छ।

स्वस्थानी व्रत कथामै उल्लेख भएको शालीनदी मेलामा यस वर्ष २ सय २० जना व्रतालु रहेका छन्। यसमध्ये १ सय ९९ जना महिलाले कठोर व्रत लिइरहेका छन्।

श्री स्वस्थानी व्रत बस्ने त्यहाँ महिला मात्र नभएर वर्षौँ बस्दै आएका पुरुष (सावागन) ७ जना, साँखुकै नायोनकिन (नाइके) २ जना, पुरुष ११ जना र माधव नारायण .(विष्णु भनवान) बोक्ने १ जना रहेका छन्।

शाली नदीमा एक महिना श्री स्वस्थानीको व्रत बस्ने क्रममा शाली नदी नजिकै कोठा भाडा लिएर व्रत बस्ने व्रतालुहरूले बताए। उनीहरू माघ १० बाटै शाली नदी मेलामा सहभागी भएका छन्। श्री स्वस्थानी व्रत कथा तथा शाली नदी मेलाको अन्त्य नभएसम्म व्रतालुहरू त्यही बस्छन्।

श्री स्वस्थानीको व्रत शालीनदीमै महिना दिन पूजा आराधना र स्नान गर्दै बसेकी काठमाडौँ चाल्नाखेलकी प्रमिला कार्की रहेकी छिन्। उनी महिनादिन घर फर्किनन्। घरमा श्रीमान्, छोराछोरी रहेता पनि उनलाई शाली नदीमा श्री स्वस्थानीको व्रतले तानेको छ। पहिलो पटक श्री स्वस्थानी व्रत शाली नदीमा लिन पाउँदा उनी धेरै खुसी छिन्।

‘पोहोर सालमा श्री स्वस्थानीको व्रत लिएकी एक व्रतालुले प्रसाद खुवाउँदै मनमा लागेको कुरा स्वस्थानीलाई सम्झँदै माग्नु पुरा हुन्छ भनेकी थिएन,’ उनले भनिन्, ‘त्यो साँच्चै पुरा भयो। श्री स्वस्थानीलाई सम्झँदै मागेको थिए पुरा भयो। म धेरै खुसी भए। त्यसैकारणले यो वर्ष शालीनदीमै आएर एक महिना श्री स्वस्थानीको व्रत बस्दै छु। घरमा बालबच्चा बुढालाई जिम्मा लगाएर आएकी हुँ।’

उनले थपिन्, ‘मैले जसरी बालबच्चा हेरेको थिए। त्यसरी नै छोराछोरीलाई हेर्नु बुढालाई भनेकी छु। एक महिनाको श्री स्वस्थानीको व्रत समाप्त भएपछि घर फर्किन्छु। स्वस्थानीको व्रत बस्न यो वर्ष खै केले जुरायो। अब पुरा गरेरै जाने हो।’

प्रमिलाले शाली नदी नजिकै कोठा भाडामा लिएर बसेकी छिन्। उनी श्री स्वस्थानी व्रतकथामा सहभागी हुन पाउँदा आफैलाई संसार जितेको आभास गरेकी प्रमिलाले बताइन्।

प्रमिला जस्तै महिना दिन शाली नदीमा श्री स्वस्थानीको व्रतमा सामेल भएकी भक्तपुरकी कान्छी श्रेष्ठ पनि हुन्। उनी पनि आफ्नो घरपरिवार छाडेर महिनादिन सम्म श्री स्वस्थानीको व्रत शाली नदीमा बस्ने अठोट लिएकी छिन्। गुरु ब्रह्मा गुरु विष्णु गुरु देव महेश्वर, गुरु साक्षात् परंब्रम्हा तस्मै श्री गुरुवे नमः ओम श्री माधवमय केशवाय सिरमै नमामी जप्दै उनी १ सय ९९ जना महिला व्रतालुको भिडमा थिइन्। यसअघि पनि उनले श्री स्वस्थानीसँग मागेको कुरा उनलाई पुगेको बताइन्। त्यसैले उनी श्री स्वस्थानीको भजनकृतमा मग्न थिइन्। उनीमात्रै नभएर शाली नदीमा थुप्रै महिला र पुरुषहरू पनि श्री स्वस्थानीको पूजा आराधना गर्दै बसेका थिए।

हिन्दु धर्म एवं त्यसभित्र रहेका विभिन्न परम्परा धर्म संस्कृतिको आफ्नो छुट्टै पहिचान एवं नियममा रही आफ्नो व्रत, उपवास वा अन्य इत्यादि पूजा रही आएको अझ पनि छ। सोही धर्म, संस्कृतिमा नै यस देश र नेपालीको पहिचान पनि गाँसेको जनक जानकी सिद्धार्थ धर्मकर्म सेवा संघले बताएको छ।

श्री स्वस्थानी व्रत अन्य व्रत जस्तो नभई निकै कठिन एवं कष्टकर रहेको संघका अध्यक्ष शंकर मल्ल ठकुरीले बताए। यो व्रतमा छुट्टै नियमहरू पनि रहेको छ। जुन कुनै पनि व्रत, उपवासहरूमा नभएको उनले जानकार गराए।

श्री स्वस्थानीको व्रतको क्रममा व्रतालुले माछा, मासु, मरमसला (नाम समेत लिन नहुने परापूर्व कालदेखि चलिआएको माधवनारायण व्रतका नियमहरू रहेको अध्यक्ष ठकुरीले बताए। दूध, चामलको भात, घ्यु, चाकु, चिनी, चिउरा, केराउ, सुन्तला, लप्सी, उखु, अदुवा, रातो मुला र पाटने पालुङ्गो मात्रै र  फलफूल मात्र व्रतालुको हकमा भोजन गर्न हुने उक्त सेवा संघले बताएका छन्।

शाली नदीमा बसेका व्रतालुले दैनिक शंखरापुर, सक्व (साँखु ) नगर परिक्रमा गर्ने क्रममा सहस्रधारामा जलसेचन गरिसकेपछि मात्र चोखोपानी ल्याएर भोजन तयार पारी भोजन गर्ने र सोही दिन भोजन पश्चात् जुठो भाँडा माझ्नुपर्ने छ। व्रतालुको हकमा भोजन दिनको १ पटक मात्रै गरिने हो। साथै आफन्तको जुठो, सुतक बार्न नहुने पनि रहेको छ।

एक महिना श्री स्वस्थानीको व्रत अवधिमा व्रतालुको परदेश यात्राका रहेको छ। शालिनदीबाट बज्रयोगिनी ढोकाहुदैँ पशुपति, फर्पिङ्ग, दक्षिणकाली, पनौती, चाँगुनारायण, शंखमुलसम्म खाली खुट्टाको परदेश यात्रा गर्नु पर्ने ठकुरीले बताए।

‘पुरुष व्रतालुहरूले कुनै पनि किसिमका रातो टिका तथा रातो वस्त्र लगाउन पाउने छैनन्,’ अध्यक्ष ठकुरीले भने, ‘नित्य पूजा गर्न अगाडि सम्पूर्ण पुरुष व्रतालुहरूले चन्दनको टिका लगाएको हुनुपर्नेछ।’

नेपाल संवत्को आठौँ शताब्दीदेखि सुरु भएको विश्वास गरिने एक महिने माधवनारायण व्रत एवं मेला हरेक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म लाग्छ। स्वस्थानी व्रत कथाको भूमिका खण्डमा उल्लेख भएअनुसार यसका कथयिता स्कन्द अर्थात् कुमार हुन् र प्रथम श्रोता अगस्त्य मुनि। स्वस्थानी कथाबारे गरिएका अनुसन्धानले यसलाई स्कन्दपुराणको केदार खण्ड, माघ माहात्म्यबाट उद्धृत गरिएको भन्ने मान्यता छ। साथै यो पार्वतीले भगवान् शिवलाई पतिको रूपमा पाऊँ भनी व्रत बसेको भन्ने आधार पनि चर्चित छ।

शाली नदीमा महिलाले स्नान गर्दाको फोटो खिच्न नपाइने श्री माधवनारायण स्वस्थानी व्रत तथा शाली नदी सुधार समितिले जनाएको छ।

श्री माधवनारायण स्वस्थानी व्रत तथा सालीनदी सुधार समितिका अध्यक्ष बालकृष्ण श्रेष्ठले यो वर्षको मेलालाई सभ्य र भव्य गर्न सम्पूर्ण तयारी गरेका बताए। पहिलो दिन बिहीबार मात्रै करिब ७ हजार जना भक्तजन श्री स्वस्थानीको दर्शन गर्न शाली नदी आएको उनले बताए।

देशका विभिन्न भागबाट एक महिनाको अवधिमा २५ देखि ३० लाख भक्तजन मेला भर्न आउने अनुमान गरेको उनले बताए। भक्तजनको सेवा सुविधालाई ध्यानमा राखी शाली नदी यातायात प्रालि र बाबा गोकर्णेश्वर प्रालिले जस्तोसुकै अवस्थामा सेवा दिने उनले बताए।

बस व्यवसायीले यसका लागि काठमाडौँको ठाउँ ठाउँबाट चल्ने बसको संख्या नियमितभन्दा बढाएर २ सय बस रातिसम्म पनि सञ्चालन हुने अध्यक्ष श्रेष्ठले बताए।

‘प्रत्येक बसमा भाडा दर देखिने गरी मुल्यसूची टाँसिएको छ। यदि कुनै बसले ठगेमा कारबाही पनि गरिन्छ,’ उनले भने, ‘इलाका प्रहरी कार्यालयले मेलामा हुनसक्ने सम्भावित झैझगडा, लुटपाट, चोरी, पकेटमार नियन्त्रणलगायतका लागि सम्पूर्ण सुरक्षा तयारी अवस्थामा रहेको छ। व्रतको क्रममा स्नान गर्ने महिलाको फोटो भिडियो खिच्न रोक लगाएको छ। साथै प्रत्येक पसलले मूल्य सूची राख्नुपर्ने र सूचीभन्दा बढी लिए कारबाही गर्ने बन्दोबस्त मिलाएको छ।’

सभ्य र भव्य रूपमा सुसम्पन्न गर्न मूल समिति र विभिन्न उपसमिति गठन गरिएको उनले जानकारी दिए। ‘यातायात, सुरक्षा, ट्राफिक, फोहोर मैलालगायत विभिन्न उपसमिति गठन गरी काम गरिरहेको उनले बताए। व्रत बस्न साँखु आउने व्रतालुको सेवाका लागि सबैभन्दा पहिले लगत सङ्कलनका लागि नाम दर्ता एवं स्थान व्यवस्थापन गरिएको छ,’श्रेष्ठले भने। साथै श्री स्वस्थानीको दर्शन गर्न आएका भक्तजनहरू बिरामी तथा चक्कर लागेर ढलेमा एक स्वास्थ्य चेकजाँचको स्टल पनि राखेको उनले बताए।

शान्ति सुरक्षासम्बन्धी व्यवस्थापनमा शाली नदी परिसरभित्र विभिन्न ठाउँमा सिसिटिभी क्यामेराको व्यवस्था रहेका छ। सामुदायिक प्रहरी सेवा केन्द्र तथा सामुदायिक प्रहरी एवं महानगरीय प्रहरी प्रभाग साँखु अन्तर्गत विशेष प्रहरी टोली परिचालन गरिएको अध्यक्ष श्रेष्ठले बताए।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ५ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस