विपदबाट जोगिन सिकाउँदै नेपाली सेना
०३ माघ २०७८
•
३ मिनेट पाठ
विपदबाट जोगिन सिकाउँदै नेपाली सेना
पछिल्लो समयमा विपदबाट जोगिनको लागि नेपाली सेनाले समुदायस्तरमै सचेतना फैलाउन थालेको छ। सेनाले प्रदर्शनी गरेर,प्रशिक्षण दिएर र समुदायसंग भेटघाट गरेर विपदबाट जोगिनको लागि अपनाउनु पर्ने विषयका बारेमा जानकारी दिन थालेको हो।




समुदायका व्यक्तिलाई विपद प्रतिकार्य गर्न समक्ष बनाउने हेतुले सेनाले सचेतनामुलक क्रियाकलाप गर्न थालेको नन्दावक्स गणका गणपति रविन थापाले जानकारी दिए। उनले भने,‘विपदमा पहिलो जिम्मेवार समुदाय नै हो। समुदायले खबर गरेपछि मात्र सुरक्षाकर्मी परिचालन हुनेगर्छ। त्यसलै समुदायस्तरमा हुन सक्ने विपदबाट जोगिनको लागि समुदाय नै सक्षम हुनुपर्छ भन्ने ध्यायले व्यवहारिक रुपमा प्रदर्शनी गरेर सचेतना फैलाउने कार्य भइरहेको छ।’

गणपति थापाले भने,‘पछिल्लो समय विपदका घटना बढिरहेका छन्। भुकम्पको जोखिम पनि निकै छ। कोभिड महामारीले उग्ररुप लिदैछ। शव व्यवस्थापन चुनौति बनेको छ। यी सबैको विषयमा समुदायमा जानकारी दिन सेना क्रियाशिल बनेको छ।’

कोरोना महामारीका कारण सरकारले २५ जना भन्दा बढि भेला नहुने आचारसंहिता बनाएको छ। त्यही अनुसार समुदायका अगुवालाई स्वास्थ्य सुरक्षा मापदण्डका विषयमा समेत अभिमुखिकरण गरिएको छ। गणपति थापाले भने,‘विपद कसैलाई सोधेर,समन्वय,सहकार्य गरेर आउँदैन। त्यसको लागि आफैँले पुर्वतयारीका क्रियाकलाप अपनाउनु पर्छ। विपद जोखिम न्युनिकरण गर्न नेपाली सेना अग्रपंक्तीमै रहेर काम गरिरहेको छ। यो कार्यले नागरिक सैनिक सम्बन्धलाई प्रगाड बनाएको छ।’

यो वर्षको नियमित कार्यक्रम अन्र्तगत आइतबार नेपाली सेनाले सामुदायिक विपद प्रतिकार्य प्रदर्शनी २०७८ आयोजना गरेको छ। नन्दाबक्स गणको मैदानमा डेमोस्ट्रेसन गरेर विपद रोकथाम तथा नियन्त्रणका बिषयमा देखाइएको थियो। प्रदर्शनीमा कोभिड १९ बाट मृत्यु भएका व्यक्तिको शव व्यवस्थापन, भुकम्प र आगोलागी हुदा संयुक्त सुरक्षा फौजले प्रदर्शनीमा देखाएको थियो। यो कार्यक्रमबाट २ सय ५० जना लाभान्वित भएका छन्।

यसअघि जुम्लाको तिला,हिमा,सिँजा,गुठिचौर र तातोपानीमा विपदको अभ्यास गरिसकेको छ। यो वर्ष चन्ददननाथ नगरपालिका,कनकासुन्दरी र पातारासी गाउँपालिकामा गर्दैछ। गाउँमा हुने अभ्यासमा शिक्षक,विद्यार्थी,युवा लगायतका सबै समुदाय सहभागि हुने गरेका छन्। उनीहरुले बाढी,पहिरो, आगलागी लगायतका विपदबाट जोगिनको लागि गर्न सकिने सबैप्रकारका अभ्यास सेनाले सिकाउँछ।

अहिलेसम्म कोभिडबाट मृत्यु भएका व्यक्तिको शव व्यवस्थापनका बारेमा समुदायमा अन्यौल थियो। सेनाले कसरी शवको व्यवस्थापन गर्छ। अस्पतालबाट कसरी लैजान्छ? शव व्यवस्पन गर्न आफन्त संगको समन्वय कसरी हुन्छ? भन्ने बारेमा अन्यौलता थियो। गणपति थापाले भने,‘यी सबै विषयमा व्यवहारीक रुपमै अभ्यास गरेर जानकारी दिने काम भयो।’ कोभिड १० रोकथाम तथा नियन्त्रण र शव व्यवस्थापनका बारेमा जानकारी दिइयो।

नेपाली सेना,नेपाल प्रहरी र सशस्त्र प्रहरीले संयुक्तरुपमा डेमोस्ट्रेसन देखाएका हुन्। पहिले व्यापक मास जम्मा गरेर अभ्यास गर्ने भनिएको थियो। सबैलाई सचेत पार्ने लक्ष्य थियो। गणपति थापाले भने,‘कोभिड महामारीको अवस्थालाई मध्येनजर गर्दै सेम्बोलिक रुपमा देखाइयो। कोभिड रोकिएपछि उपयुक्त ठाउँ छनौट गरेर अभ्यास गर्नेछौँ। त्यो अभ्यासले यहाँका समुदायमा सचेतना फैलाउने निश्चित छ।’

प्रदर्शनीमा विपदका क्षेत्रमा काम गर्ने सामाजिक संघ संस्थालाई समेत बोलाइएको थियो। विपदमा आवश्यक पर्ने जनशक्ति,औजार उपकरण,सवारीसाधन र विपद आइपरेको खण्डमा अपनाउनु पर्ने सावधानीका विषयमा देखाइएको थियो। पछिल्लो समयमा नेपाली सेनाले जनतासंगै रहेर काम गरेपछि नागरिक सैनिक सम्बन्ध निकै मजबुद बनेको छ। कुनै पनि विपद् पर्दा पहिलो फोन नेपाली सेनालाई नै गर्न थालेका छन्। प्रदर्शनीमा प्रमुख जिल्ला अधिकारी बिजयाकुमारी प्रसाई लगायतका सरोकारवाला निकायाको सहभागिता थियो।

अर्को समाचार
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
१३ मिनेट अघि
•
१ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा। झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ। 




कुनै समय राष्ट्रिय परिचयपत्र र राहदानीका लागि फोटो तथा जैविक विवरण (बायोमेट्रिक) दिन ३५ दिनसम्म पालो कुर्नु पर्नेमा अहिले त्यो अवस्था अन्त्य गरिएको छ। लामो समयदेखि थाती (पेन्डिङ)मा रहेका फाइल फर्छ्यौट गर्दै प्रशासनले सेवा प्रवाहलाई सहज र छरितो रूपमा सेवा उपलब्ध गराएको छ। 

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलका अनुसार गत भदौ २० गतेसम्म हाजिर राहदानीतर्फ ९९६ र राष्ट्रिय परिचयपत्रतर्फ पाँच हजार ४९१ जना सेवाग्राही पालोमा थिए। सेवाग्राहीले अनलाइन फारम भर्नसमेत पैसा तिर्नुपर्ने र बायोमेट्रिक विवरणका लागि लामो समय कुर्नुपर्ने अवस्था रहेकामा त्यो अहिले हटेको छ।

त्यस्तो अवस्था अन्त्य गर्न प्रशासनले बिहान ७:०० बजेदेखि बेलुका ६:०० बजेसम्म तथा सार्वजनिक बिदाका दिनसमेत सेवा सञ्चालन गर्ने अभियान सुरु गरेको थियो।

उक्त प्रयासबाट लामो समयदेखि प्रतीक्षामा रहेका सेवाग्राहीको चाप हटेपछि अहिले राष्ट्रिय परिचयपत्रको काम एकै दिनमा सम्पन्न हुन थालेको प्रजिअ पोखरेलले बताए।

'हाम्रो अभियानले बाँकी फाइल शून्यमा झार्ने लक्ष्य मात्र पूरा गरेन, सेवा प्रवाहको एउटा कार्यसंस्कृति नै विकास गर्यो,' उनले भने, 'अहिले सार्वजनिक बिदाका दिन पनि प्रशासनमा सेवा पाइन्छ भन्ने विश्वास सेवाग्राहीमा बसेको छ। त्यसैले यो अभ्यासलाई निरन्तरता दिएका हौँ।'

प्रशासनले यही कार्यसंस्कृतिलाई निरन्तरता दिँदै शनिबार र आइतबार पनि राष्ट्रिय परिचयपत्रका सबै सेवा तथा राहदानीका केही सेवा सञ्चालन गरेको छ। त्यस कार्यका लागि दुई जना कर्मचारी परिचालन गरिएको र बैंक काउन्टर बन्द रहने भएकाले राहदानीतर्फ भने राजस्व बुझाइसकेका सेवाग्राहीले मात्र सेवा लिन व्यवस्था मिलाइएको छ।

सेवा प्रवाहका नाममा अतिरिक्त शुल्क तिर्नु नपर्ने स्पष्ट पार्दै प्रशासनले कसैले रकम मागेमा जानकारी गराउन आग्रहसमेत गरेको छ। केही दिनअघि अतिरिक्त रकम लिने एक बिचौलियालाई नियन्त्रणमा लिएर कारबाही गरिएको कार्यालयले जनाएको छ।
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock ३८ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस