सवारी दुर्घटना कम गर्न ट्राफिक प्रहरीको सचेतना
०३ माघ २०७८
•
२ मिनेट पाठ
सवारी दुर्घटना कम गर्न ट्राफिक प्रहरीको सचेतना
ट्राफिक प्रहरी कार्यालय जुम्लाले सवारी दुर्घटना न्यूनीकरण गर्न सचेतना प्रदान गर्न थालेको छ। सदरमुकाम खलंगादेखि कर्णाली राजमार्गका दुर्घटना संभावित क्षेत्रमा होडिङबोर्ड राख्ने, घुम्तीमोडमा ट्राफिक चिन्ह राख्ने र ट्राफिक नियमको पालना गर्ने बारेमा सवारीचालक र व्यवसायीलाई जनचेतना प्रदान गर्न थालेको हो। अहिले कर्णाली राजमार्गको जुम्ला खण्डमा प्रत्येक दिन ट्राफिक प्रहरीले चेकजाँच गर्न थालेको छ।  




ट्राफिक प्रहरीले ट्राफिक नियम मिच्ने सवारीचालकलाई कार्बाही मात्र गरेको छैन। उनीहरुलाई सवारी साधन चलाउदा अपनाउनु पर्ने नियमका बारेमा सचेत सिकाउने गरिएको छ। सवारी चालक अनुमति पत्र बोक्न, सवारीसाधनको बिलबुक लगायतका कागजात बोकेर हिँड्न र कम गतिमा सवारीसाधन चलाउनको लागि सडकमै खटिएर ट्राफिक प्रहरी कार्यालय जुम्लाले सचेतना फैलाउँदै आएको जिल्ला ट्राफिक कार्यालय जुम्लाका निमित्त प्रमुख प्रहरी सहायक निरीक्षक बिमलकुमार रावतले जानकारी दिए।  

उनले भने,‘सडकमा तीव्र गतिले सवारी साधन चलाउदा दुर्घटनाको जोखिम बढेको छ। तीव्र गतिले सवारीसाधन नचलाउन र सवारीसाधनका कागजात लिएर यात्रा गर्नको लागि सुझाव दिइदै आएका छौँ। अटेर गर्ने सवारीचालकलाई कार्बाही समेत हुने गरेको छ। पछिल्लो समयमा ट्राफिक सचेतना फैलाउन थालेपछि सवारी दुर्घटना कम हुँदै गएको छ।’

जिल्लाको सदरमुकाम खलंगाका विभिन्न चौकमा ट्राफिक प्रहरी लाग्ने गरेको छ। कर्णाली राजमार्गको तातोपानी र तिला गाउँपालिका खण्डमा नियमित चेकजाँच गर्न थालिएको हो। तीव्र गति जीवनको क्षति, ढिलो गए अवश्य पुगिन्छ, छिटो गए भन्न सकिन्न, चालकहरुले ३० को गतिमा मात्र सवारीसाधन चलाउनु पर्छ भन्ने बारेमा सिकाउँदै आएको छ।  

पछिल्लो समयमा सदरमुकाम खलंगा क्षेत्रमा सवारी पार्किङ क्षेत्र तोकेर व्यवस्थित गर्न थालिएको उनले बताए। जुम्लामा सवारी दुर्घटना न्यूनीकरणको लागि लभ ३० को अवधारणा अनुसार विभिन्न स्थानमा लभ ३० का होडिङ बोर्ड राखिएको छ। प्रमुख जिल्ला अधिकारी बिजयकुमारी प्रसाई र प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्दले सवारी साधन सञ्चालन तथा व्यवस्थापनमा सरोकारवालाले ध्यान दिनु पर्नेमा जोड दिएका छन्।  

संयुक्त राष्ट्र संघका अनुसार विश्वमा प्रत्येक २४ सेकेण्डमा एक जनाको सवारी दुर्घटनामा मृत्यु हुने गरेको छ। वर्षमा १३ लाख मान्छे सवारी दुर्घटनामा परेर मर्छन्। ५८ लाख मान्छे घाइते हुन्छन्। २०३० सम्म नेपाललाई दुर्घटनामुक्त देश बनाउनको लागि ट्राफिक प्रहरी कार्यालयले सक्रियता देखाउँदै आएको छ।  

प्रहरी सहायक निरीक्षक रावतले जुम्लामा सवारी चालक भेला गराएर, सडक आसपासका गाउँमा पुगेर र विभिन्न जनचेतनामुलक भिडियो देखाएर ट्राफिक नियमका बारेमा जनचेततना जगाउने कार्य चलिरहेको छ।
अर्को समाचार
सवारी दुर्घटना कम गर्न जुम्ला ट्राफिक प्रहरीको सचेतना
१३ साउन २०८०
•
२ मिनेट पाठ
सवारी दुर्घटना कम गर्न जुम्ला ट्राफिक प्रहरीको सचेतना
सवारी दुर्घटना न्यूनीकरणबारे सचेतना दिँदै ट्राफिक प्रहरी। तस्बीरः गोल्डेन बुढा
ट्राफिक प्रहरी कार्यालय जुम्लाले सवारी दुर्घटना न्यूनीकरण गर्न सचेतना प्रदान गरिरहेको छ। सदरमुकाम खलंगादेखि कर्णाली राजमार्गका दुर्घटना संभावित क्षेत्रमा होडिङबोर्ड राख्ने, घुम्तीमोडमा ट्राफिक चिन्ह राख्ने र ट्राफिक नियमको पालना गर्ने बारेमा सवारीचालक र व्यवसायीलाई जनचेतना प्रदान गर्न थालेको हो।  




अहिले कर्णाली राजमार्गको जुम्ला खण्डमा चल्ने साना- ठुला सवारीसाधनका चालकलाई ट्राफिक प्रहरीले चेकजाँच गर्न थालेको छ। ट्राफिक प्रहरीले ट्राफिक नियम मिच्ने सवारीचालकलाई कार्बाही मात्र गरेको छैन। उनीहरुलाई सवारी साधन चलाउदा अपनाउनु पर्ने नियमका बारेमा सचेत सिकाउने गरिएको छ।  

सवारी चालक अनुमति पत्र बोक्न, सवारीसाधनको बिलबुक लगायतका कागजात बोकेर हिँड्न,मादक पदार्थ सेवन नगर्न र कम गतिमा सवारीसाधन चलाउनको लागि सडकमै खटिएर ट्राफिक प्रहरी कार्यालय जुम्लाले सचेतना फैलाउँदै आएको जिल्ला ट्राफिक कार्यालय जुम्लाका प्रहरी सहायक निरीक्षक बेल बहादुर बोहराले जानकारी दिए।  

उनले भने, 'सडकमा तीव्र गतिले सवारी साधन चलाउदा दुर्घटनाको जोखिम बढेको छ। तीव्र गतिले सवारीसाधन नचलाउन र सवारीसाधनका कागजात लिएर यात्रा गर्नको लागि सुझाव दिइदै आएका छौँ। अटेर गर्ने सवारीचालकलाई कार्बाही समेत हुने गरेको छ। पछिल्लो समयमा ट्राफिक सचेतना फैलाउन थालेपछि सवारी दुर्घटना कम हुँदै गएको छ।'

जिल्लाको सदरमुकाम खलंगाका विभिन्न चोकमा ट्राफिक प्रहरी खटिने गरेका छन्। कर्णाली राजमार्गको अन्तर्गतको चन्दननाथ नगरपालिका-७ महतगाउँ,मिचा,खल्लाचौर,पातारासीको -६ कोटाभिर, कनकासुन्दरी -५ गोठिज्युला नाग्मा गमगढी ग्रमिण सडक खण्ड,तिला -१ रारालिही बजार र हिमा-१ नाग्मा  गमगडी सडकखण्डमा नियमित चेकजाँच गर्न थालिएको हो। तीव्र गति जीवनको क्षति, ढिलो गए अवश्य पुगिन्छ, छिटो गए भन्न सकिन्न, चालकहरुले ३० को गतिमा मात्र सवारीसाधन चलाउनु पर्छ भन्ने बारेमा सिकाउँदै आएको छ।  'चालक संङ्ग १ मिनेट' सचेतनामुलक कार्यक्रम पनि हुन्छ। निरीक्षक बोहोराले सवारी चालक भेला गराएर, सडकमा पुगेर र विभिन्न जनचेतनामुलक भिडियो देखाएर ट्राफिक नियमका बारेमा जनचेततना जगाउने कार्य चलिरहेको बताए ।
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock ३८ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस