काठमाडौं- उनीहरू पत्रकार होइनन्।
तर, वसन्तपुर दरबार परिसरमा हातमा बलेको मैनबत्ती र प्लेकार्ड बोकेर उभिएका पत्रकार नजिक आएर उनीहरू उभिए। निकै बेर पत्रकारलाई नियालिरहे। कहिले भुइँतिर हेर्थे त कहिले मन्दिरका सिँढीमा उभिएका पत्रकारतर्फ आँखा डुलाउँथे।कार्टुनिस्ट अबिन भुइँमा बिछ्याइएको सेतो कागजमा कार्टुन बनाउँदै थिए- सेतो कागजको टुक्रामा मसीको सिसा पल्टिएको छ। घोप्टिएको सिसाअघि बन्दुकको नाल तेर्सिएको छ। मसी कागजमा घोप्ट्याएपछि त्यसले अनेक कलमको रूप लियो।
अबिनले कार्टुन बनाइ नसकुन्जेल उनीहरू त्यहीँ उभिरहे। हेरिरहे। पत्रकार र कार्टुनलाई नियाल्दा उनीहरू बेलाबेला आफ्ना आँखा रसिला बनाउँथे। घरि पत्रकारतिर हेरेर मन्द मुस्काउन खोज्थे।
'नमस्कार, हामी फ्रान्सबाट घुम्न आएका। तपाईंहरूले यति ठूलो ऐक्याबद्धता जनाउनुभयो, त्यसका लागि धेरै धेरै धन्यवाद,' केही बेरको मौन अवलोकनपछि उनीहरू हात जोडेर वसन्तपुर दरबार परिसरमा उभिएका पत्रकारनजिक आएर भने।
त्यसपछि छातीमा हात राखेर थोरै झुके। अनि बिदा भए।
फ्रान्सको राजधानी पेरिसबाट प्रकाशन हुने व्यंग्य पत्रिका 'चार्ली हेब्डो'मा १२ जनाको ज्यान जाने गरी भएको आतंककारी हमलाको विरोधमा शुक्रबार राजधानीको बसन्तपुरमा भेला भएका नेपाली पत्रकारलाई धन्यवाद दिने ती फ्रान्सेली जोडी थिए, एरिक र फाबियना।
उनीहरू केही दिनअघि मात्र नेपाल घुम्न आएका रहेछन्। एक सातापछि स्वदेश फर्कने योजना बनाएका छन्। वसन्तपुर घुम्दै गर्दा आफ्नै देशको पत्रिका र त्यहाँ भएको घटना उल्लिखित ब्यानरसहित हुल देखेपछि उनीहरूका पाइला नेपाल पत्रकार महासंघले आयोजना गरेको कार्यक्रमतिर सरेका थिए।
'हाम्रालागि यो एकदमै दुःखद घडी हो। यस्तो घटनाको हामी कल्पनासमेत गर्न सक्दैनथ्यौं, तर भयो। यो मानिसले गर्ने कामै होइन,' एरिकले गहभरि आँसु पार्दै भने, 'यति टाढाबाट तपाईंहरूले हामी र हाम्रो देशको पक्षमा ऐक्यबद्धता जनाउनुभएको छ, यसले हाम्रो मनोबल उच्च भएको छ।'
गत बुधबार चार्ली हेब्डोको समाचार कक्षमा दुई जना बन्दुकधारी छिरेर अन्धाधुन्ध गोली प्रहार गरेका थिए। घटनामा पत्रिकाका सम्पादक, कार्टुनिस्ट, सुरक्षाकर्मी गरी १२ जना मारिएका थिए। अन्य ११ जना घाइते भएका थिए। घटनाको विश्वभर विरोध भइरहेको छ।
सन् २०११ सेप्टेम्बर ११ मा अमेरिकामा अलकायदाको आतंककारी हमलापछि एक फ्रान्सेली पत्रिकाले 'वी आर अल अमेरिकन्स' भनी सम्पादकीय लेखेको थियो। ठिक त्यसै गरी चार्ली हेब्डोको कार्यालयमा भएको हमलापछि संसारभरका पत्रकारले घटनाको भर्त्सना गर्दै 'आई एम चार्ली हेब्डो' लेखिएको प्लेकार्ड उठाएका छन्। महासंघले शुक्रबार बसन्तपुरमा आयोजना गरेको शोक तथा ऐक्यबद्धता कार्यक्रममा पनि सबैले 'आई एम चार्ली हेब्डो' लेखिएको प्लेकार्ड बोकेका थिए।
'चार्ली हेब्डो अभिव्यक्ति स्वतन्त्रताको एउटा विम्ब हो। अहिले यही विम्बमाथि प्रहार भएको छ। यसले फ्रान्सलाई मात्र आघात पारेको छैन, पूरै विश्वको अभिव्यक्ति स्वतन्त्रामाथि आघात पुर्यापएको छ, विश्वले नै यो घटनाबाट पीडित महसुस गरिरहेका छन्,' फाबियनाले भनिन्, 'हामीलाई दुःख पर्दा तपाईंहरूले साथ दिइरहनुभएको छ, हामीले यसलाई प्रत्यक्ष देख्न पायौं, यो क्षण हामी कहिल्यै बिर्सने छैनौं। हाम्रा लागि यो नै नेपालको अविस्मरणीय चिनो हुनेछ।'
नेपाल सरकारले घटनाको भर्त्सना गर्दै बिहीबारै विज्ञप्ति जारी गरिसकेको छ। पत्रकार महासंघ लगायत अन्य मानवअधिकार संघ–संगठनले पनि घटनाको विरोध गरेका छन्। अन्तर्राष्ट्रिय स्तरमा अमेरिकी राष्ट्रपति बाराक ओबामादेखि रुसी राष्ट्रपति भ्लादिमिर पुटिन समेतले घटनाको भर्त्सना गरेका छन्।
सन् १९७० मा तीव्र विवादबीच प्रकाशनमा आएको चार्ली हेब्डोले कार्टुनमार्फत व्यंग्य गर्न कसैलाई छोडेन। फ्रान्समा यसले आफ्ना राजनीतिक व्यंग्यचित्रका कारण अलग्गै पहिचान बनाएको छ। राजनीतिज्ञ हुन् वा समाजसेवी, लेखक हुन् वा खेलाडी, धर्मगुरु पोप हुन् वा मोहम्मद, क्रिस्चियन धर्म होस् वा मुस्लिम सबैका विकृति र विसंगतिमाथि चार्ली हेब्डोले व्यंग्य गर्दै आएको छ।
यसले पछिल्लो अंकमा जिजस क्राइस्ट छन् कि छैनन् भन्नेबारे व्यंग्यात्मक बहस चलाउँदै सुन्नी उग्रवादी लडाकु समूह इस्लामिक स्टेट (आइएस) का नेता अबु बकर अल–बग्दादीका तर्फबाट नयाँ वर्ष २०१५ को 'ब्ल्याक एन्ड ह्वाइट' शुभकामना कार्ड छापेको थियो।