चितवन-एमाओवादीसहितको ३० दलीय मोर्चा र नेकपा-माओवादीले आज आयोजना गरेको बन्दमा चितवनमा भने मोटरसाइकल चल्न दिने बन्द आयोजकले जानकारी गराएका छन्।चितवनमा महोत्सव सञ्चालन भएकाले मोटरसाइकललाई छुट दिएको बन्द कर्ताको भनाइ छ। नारायणगढमा चितवन महोत्सव भइ रहेको छ भने पूर्वी चितवनको खैरहनीमा आजबाटै थारु समुदायको खिचरा महोत्सव हुँदै छ।
‘यही पुस २९ गते आयोजित बन्दका कार्यक्रममा चितवन महोत्सवलाई मध्यनजर गर्दै मोटरसाइकललाई खुला गरिएको छ,' एमाओवादीका जिल्ला अध्यक्ष यमबहादुर परियार र नेकपा–माओवादीका सेक्रेटरी अम्बिका मुडभरीले सोमबार संयुक्त रुपमा निकालेको प्रेस विज्ञप्तीमा भनिएको छ।
चितवनमा मोटरसाइकलबाहेक अन्य गाडी बन्द छन्। बजार क्षेत्र र उद्योग कलकारखानामा पनि बनदको असर परेको छ। तामसालिङ क्षेत्र अन्तर्गत पर्ने मकवानपुरमा पनि बन्दको प्रभाव बिहानै देखि परेको छ।