एक रोपनीको वार्षिक भाडा १८ सय
२९ पौष २०७१
•
७ मिनेट पाठ
एक रोपनीको वार्षिक भाडा १८ सय
काठमाडौं-पशुपतिनाथ मन्दिर गुठीको नाममा रहेको त्रिभुवन विमानस्थलसँगको ११ सय ६२ रोपनी जग्गा वर्षौदेखि धानको भाउमा प्रयोग भइरहेको छ। त्रिभुवन विमानस्थलले प्रतिरोपनी जग्गावापत वार्षिक १८ सय रुपैयाँ मात्र गुठीलाई बुझाइरहेको छ।हवाइ सञ्चालनवापत करिब ३ अर्ब रुपैयाँ वार्षिक औसत नाफा गर्दै आएको त्रिभुवन विमानस्थल प्रशासनले पुरानै अडानअनुसार अत्यन्त कम रकम भाडा तिर्ने गरेको छ। ०६३ को संसदीय सार्वजनिक लेखा समितिले उपयोगअनुसार तिरो कायम गर्न दिएको निर्देशन कार्यान्वयन नगरी कौडीकै भाउमा भोगचलन गरिरहेको छ। 
३२ वर्ष अघिदेखि प्रतिरोपनी २३ पाथी धानको मूल्यमा विमानस्थल प्रशासनले रकम दिँदासमेत चालु बजारको मूल्यअनुसार जाने कुनै छाँट छैन। प्रशासन दुईपक्षीय सम्झौता पुनरावलोकन गर्न मानिरहेको छैन। बजारमा चलिरहेको धानको उच्च मूल्यका आधारमा भाडा दिने सर्तअनुसार अहिले प्रतिरोपनी १८ सय रुपैयाँ विमानस्थलले रकम बुझाउँदै आएको छ।
०३९ पुस २३ गते अमालकोट कचहरी, तत्कालीन पशुपति क्षेत्र सुधार तथा विकास समिति र तत्कालीन हवाई विभागले जग्गा भाडाबारे सम्झौता गरेका थिए। सम्झौतामा विमानस्थल विकासका निम्ति स्वामित्व स्थायी रुपले गुठीकै रहने गरी भाडामा दिने उल्लेख छ।
तत्कालीन समयमा विमानस्थल विस्तार गर्ने भन्दै २९ रोपनी १२ आनाको दुई लाख ६७ हजार सात सय ५० रुपैयाँ मुआब्जा गुठीले पाए पनि अन्य १२ सय ६२ रोपनी भाडामै राख्ने सहमति भएको थियो। ‘तत्कालीन समयमा खेतीपाती नै हुन्थ्यो,' पशुपति क्षेत्र विकास कोषका प्रमुख लेखा अधिकृत प्रेमहरि ढुंगानाले भने, ‘प्रत्येक वर्षको माघ मसान्तमा चलेको धानको उच्च मूल्यांकन गरी रकम बढाउने सहमतिअनुसार केही रकम वार्षिक बढ्ने गरेको छ।' उनका अनुसार २०६३ सालमा तत्कालीन व्यवस्थापिका संसदको सार्वजनिक लेखा समितिले गुठीको जग्गा उपयोगअनुसार तिरो कायम गर्न निर्देशन दिएको थियो। जसअनुसार पुरानो मूल्य नभई जग्गाको हालको प्रयोगलाई आधार मानेर रकम तिर्नुपर्ने बुझिने उनले बताए।
पशुपति मन्दिरको भेटीबाहेक वार्षिक २४ करोड आम्दानी गरेको पशुपति क्षेत्र विकास कोषले जग्गाको भाउ केही बढे आम्दानी मन्दिर संरक्षणमा लगाउने तयारी भइरहेको सदस्यसचिव गोविन्द टण्डनले बताए। ‘पुरानो समयमा खेतीका आधारमा मूल्य लिइयो भने अहिले जग्गा प्रयोगका आधारमा खोजेका हौं,' उनले भने, ‘योबाहेक चल्तीकै आधारमा नभए पनि केही रकम बढाउनु जरुरी छ।' टण्डनका अनुसार कोषले भाडा बढाउन आग्रह गर्दै नेपाल नागरिक उड्डयन प्राधिकरणलाई असोजयता दुई पटक पत्र पठाइसकेको छ। ‘तर अहिले गुठीको जग्गा प्रयोग भइरहेको क्षेत्र पहिचान गर्नका लागि प्राधिकरण र कोषका एकएक कर्मचारी परिचालन गरिएको छ,' उनले भने, ‘करिब १५ दिनदेखि पहिचानका लागि काम भइरहेको छ। एक महिनामा यसको रिपोर्ट आउँछ तर अझै पनि बढ्ने निश्चित छैन।'
यता, प्राधिकरण महानिर्देशक रतिस चन्द्रलाल सुमन भने दुवै संस्था सरकारी मातहत रहेको हुँदा बढाउनु नपर्ने तर्क गर्छन्। ‘सरकारी निकायकै जग्गा सरकारी निकायले प्रयोग गरिरहेको कुरामा किन विवाद गर्नुपर्यो्?' उनले प्रश्न गरे। उनले पशुपतिको जग्गा ९९ वर्षका लागि प्रयोग गर्न दिएको भन्दै भाडाबारे विवाद गर्नु नपर्ने दाबी गरे।
९९ वर्षका लागि भाडामा पाएको कागज प्राधिकरणले खोजिरहेको उनले बताए पनि कोष भने यस्तो सम्झौताबारे अनविज्ञता जनाउँछ। ‘हामीलाई त्यस्तो कुनै सम्झौता भएजस्तो लाग्दैन। रहेछ भने त्यो हामीकहाँ पेस गरे हुन्छ,' कोष अधिकृत ढुंगानाले भने। 
‘विमानस्थलले पशुपतिको जग्गा अन्य प्रयोजनका लागि प्रयोग गर्न दिएकाले महँगो रुपमा दिएको हुनसक्छ तर हामीलाई झिनो रकम दिन्छ,' कोष स्रोतले भन्यो, ‘गल्फ सञ्चालनका लागि दिए पनि विमानस्थले मोटो रकम असुल्छ। अन्य जग्गामा यस्ता कतिपय व्यवसाय छन्, सबै गुपचुप छन्।' 
कोष स्रोतले मोटो रकम लिएर गल्फ क्लबलाई सञ्चालनका लागि दिएको दाबी गरे पनि दुई सय ७५ रोपनीको मात्र सात लाख रुपैयाँ वार्षिक भाडा विमानस्थलले लिएको रोयल नेपाल गल्फ क्लब स्रोतले जानकारी दियो। सन् १९१७ देखि सञ्चालनमा आएको रोयल गल्फ क्लबले करिब १६ रोपनीमात्र भोगचलन गर्दै आएको क्लब स्रोतले दाबी छ। 
‘गल्फ विकासमा हामीले महत्वपूर्ण भूमिका खेलेका छौं,' स्रोतले भन्यो, ‘यहाँ ऐतिहासिक समयदेखि गल्फ सञ्चालन भइरहेका कारण सरकारले हामीलाई निःशुल्क उपयोग गर्न दिनुपर्छ।'
अर्को समाचार
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
५ घण्टा अघि
•
१ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। आइतबार साँझ करिब ५:५० बजे रुकुम खलंगाबाट दुलीतर्फ जाँदै गरेको लु १ ज २१६० नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब १० देखि १५ मिटर तल खसेको हो। Yetiairlinescontenttopbanner दुर्घटनालगत्तै खटिएको प्रहरी टोलीले घाइते ६ जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्ले, रुकुम पश्चिम पठाएको थियो। तीमध्ये जीप चालक रुकुम पश्चिमकै मुसिकोट नगरपालिका-९ का करिब २८ वर्षीय भीम सिंह बुढामगरलाई साँझ ७:१० बजे चिकित्सकले जाँच गरी मृत घोषणा गरेका थिए।

दुर्घटनामा बाँफिकोट गाउँपालिका-८ दुलीकी करिब ३१ वर्षीया निर्मला के.सी., उनका करिब २ वर्षीय छोरा दिनेश के.सी., सोही स्थानकी करिब ३२ वर्षीया मनिषा बस्नेत र करिब ३६ वर्षीय कर्णबहादुर खत्री घाइते भएका छन्। घाइतेमध्ये निर्मला, मनिषा र कर्णबहादुरको अवस्था सामान्य छ भने दिनेशको अवस्था मध्यम रहेको छ।

यस्तै, सोही दुर्घटनामा मुसिकोट नगरपालिका-१० की करिब १८ वर्षीया जेनिशा वली घाइते भएकी छन्। उनको अवस्था मध्यम रहेको छ। जीपमा चालकसहित १० जना सवार रहेकोमा अन्य चार जना सकुशल छन्। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस