नारायणहिटीभित्र महायज्ञ हुने
०६ माघ २०७८
•
१ मिनेट पाठ
नारायणहिटीभित्र महायज्ञ हुने
काठमाडौंको नारायणहिटी संग्राहलयभित्र महायज्ञ गरिने भएको छ। आयोजकले बुधबार राजधानीमा पत्रकार सम्मेलन गरी माघ १९ देखि २९ गतेसम्म हुने जानकारी दिएको छ। श्री सतीश्राप मोक्ष धाम झापा र हजुरलाई नमस्ते परोपकारी अभियान काठमाडौको संयुक्त आयोजनामा महायज्ञ हुन लागेको हो। महायज्ञ सफलतापूर्वक सम्पन्न गर्न ताराबहादुर कुँवरको अध्यक्षतामा महायज्ञ आयोजक मूल समारोह समिति गठन गरिएको छ।




समितिका संयोजक कुँवरले महायज्ञ संग्रहालयभित्रको तत्कालीन राजा महेन्द्रले कोटी होम गर्न लगाएको ठाउँमै हुने जानकारी गराए। देशमा शान्ति सुव्यवस्था,, अमन चयन, विभिन्न धर्मसंकटबाट मुक्ति गराउने उद्देश्यका साथ महायाज्ञ गर्न लागेको कुँवरले जनाए। महायज्ञको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीबाट हुने कार्यक्रम तय गरिएको छ। 

महायज्ञको समापन भने प्रधानमन्त्री शेरबहादुर देउवाबाट हुनेछ। महायज्ञमा पूर्वराजा ज्ञानेन्द्र, विभिन्न राजनीतिक दलका शीर्षस्थ नेताहरूलाई आमन्त्रण गरिएको जनाइएको छ। महायज्ञमा सबै सर्वसाधारणलाई भने प्रवेश दिइनेछैन। एक वर्षभित्र मातापिता, आफन्त बितेका सर्वसाधारणका लागि मात्रै महायज्ञभित्र प्रवेश हुन पाउने जनाइएको छ।

समाजसेवी दिलविकास राजभण्डारी, संहिताशास्त्री अर्जुनप्रसाद बाँस्तोला, युगप्रसाद धमला (हरि), वीरेन्द्रराज दाहाललगायतले कोरोनाको कहरबीच पनि सुरक्षित उपाय अपनाई महायज्ञ गरिने बताए। महायज्ञका क्रममा अन्य महायज्ञमा जस्तो कथावाचन, भजनकीर्तन, नाचगान केही पनि नहुने उनीहरूले जानकारी दिए। यसक्रममा दुईदुई मिटरको फरक पारी २१ जना ब्राह्णहरूबाट होम हाल्ने काम मात्रै हुने आयोजकको भनाइ छ। तयारी समितिको आफ्नै खर्चमा महायज्ञ हुन लागेको हो।
अर्को समाचार
नारायणहिटीभित्र गर्ने भनिएको सतीश्राप मुक्ति महायज्ञ स्थगित
१९ माघ २०७८
•
१ मिनेट पाठ
नारायणहिटीभित्र गर्ने भनिएको सतीश्राप मुक्ति महायज्ञ स्थगित
नारायणहिटी दरबार सङ्ग्रहालयभित्र बुधबारदेखि गर्ने भनी निश्चित गरिएको सतीश्राप मुक्ति महायज्ञ नयाँ भेरियन्टसहितको कोरोना भाइरसको सङ्क्रमणका कारण हाललाई स्थगित गरिएको छ।




माघ १९ गतेदेखि २९ गतेसम्म नारायणहिटी दरबार सङ्ग्रहालयभित्रको पूजा कोठामा ‘सतीश्राप मुक्ति श्री शिवशक्ति महायज्ञ’ गर्न समितिको बैठकले पुस १२ गतेको बैठकले स्वीकृति दिएको थियो। कोरोना महामारी जारी रहेको र सरकारले २५ जनाभन्दा बढी मानिस उपस्थित हुन नपाउने आदेश जारी गरेका कारण महायज्ञ स्थगित गरिएको हो।

नारायणहिटी दरबार सङ्ग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन विकास समितिका कार्यकारी निर्देशक डा सुरेशसुरस श्रेष्ठले आज सूचना जारी गर्दै महायज्ञ स्थगित गरिएको स्पष्ट पारेका छन्।

पूजा कोठा राजतन्त्र रहुञ्जेल तत्कालीन राजपरिवारको पूजा कोठामा रहेको थियो।'कोरोनाका कारण जनजीवन प्रभावित भइरहेको अवस्थामा माल्ला प्रशासनको आनिसको भीडभाड हुने कार्यालय बन्द गर्ने गृहमन्त्रालय, जिदेशबमोजिम नारायणहिटी दरबार सङ्ग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन विकास समितिअन्तर्गत रहेको पूजा घरमा माघ १९ गतेदेखि २९ गतेसम्म लगाउने भनिएको सतीश्राप मुक्ति श्री शिवशक्ति महायज्ञ तत्कालका लागि स्थगित गराउन हुन निर्णयानुसार अनुरोध छ', सूचनामा भनिएको छ।

यसअघि समितिका अध्यक्ष एवं संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव महेश्वर न्यौपानेको अध्यक्षतामा गत पुस १२ गते बसेको बैठकले नारायणहिटीभित्र महायज्ञ लगाउने प्रस्तावलाई स्वीकृत गरेको थियो। महायज्ञ सती श्राम मोक्ष धाम, मेचीनगर–१२ झापाले गर्न लागेको जनाइएको छ।
ट्रक र पिकअप ठोक्किँदा एक जनाको मृ’त्यु
समाज
Clock २ मिनेट अघि | १ मिनेट पाठ
ट्रक र पिकअप ठोक्किँदा एक जनाको मृ’त्यु
पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को विनयी त्रिवेणी गाउँपालिका–१ स्थित होङ्सी गेटमा ट्रकको ठक्करबाट पिकअप...
Whatsapp
१३२ केभीको चोभार सबस्टेसन सञ्चालनमा
समाज
Clock ११ मिनेट अघि | १ मिनेट पाठ
१३२ केभीको चोभार सबस्टेसन सञ्चालनमा
काठमाडौं उपत्यकाको विद्युत् आपूर्ति प्रणालीलाई थप सुदृढ, भरपर्दो र गुणस्तरीय बनाउन महत्वपूर्ण मानिएको चोभार सबस्टेसन सञ्चालनमा आएको छ।
Whatsapp
पोखराको मेयर बन्ने लक्ष्यसहित राजनीतिमा आए र्‍यापर जेम्सी
राजनीति
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
पोखराको मेयर बन्ने लक्ष्यसहित राजनीतिमा आए र्‍यापर जेम्सी
उनी आइतबार उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) मा प्रवेश गरेका हुन्। पार्टी प्रवेशसँगै उनले आगामी स्थानीय तहको निर्वाचनमा पोखरा महानगर...
Whatsapp
सुकुमबासीको समस्या पेचिलो बन्दै : सरकार भन्छ उठेर जाऊ, सुकुमबासी भन्छन् जाँदैनौँ
समाज
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
सुकुमबासीको समस्या पेचिलो बन्दै : सरकार भन्छ उठेर जाऊ, सुकुमबासी भन्छन् जाँदैनौँ
भक्तपुरको मध्यपुर थिमि नगरपालिका बोडेस्थित होल्डिङ सेन्टरमा आश्रय लिएर बसेका विस्थापित सुकुमबासी परिवार र सरकारबीचको विवाद थप पेचिलो बन्दै गएको छ।
Whatsapp
इरानले अमेरिकी सेनाविरुद्ध स्टारलिंक प्रयोग गरेको खुलासा भएपछि रिसाए एलन मस्क
अन्तर्राष्ट्रिय
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
इरानले अमेरिकी सेनाविरुद्ध स्टारलिंक प्रयोग गरेको खुलासा भएपछि रिसाए एलन मस्क
अमेरिका र इजरायलले इरानमाथि आक्रमण सुरु गरेपछि इरानले अमेरिकी सेनाविरुद्धको सैन्य अभियानमा स्पेसएक्सको स्टारलिंक स्याटेलाइट इन्टरनेट सेवा प्रयोग गरेको...
Whatsapp
नेपाल एक्सेसिबिलिटी समिट भोलिदेखि पोखरामा, १० देशका चार सय बढी सरोकारवाला सहभागी हुने
समाज
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
नेपाल एक्सेसिबिलिटी समिट भोलिदेखि पोखरामा, १० देशका चार सय बढी सरोकारवाला सहभागी हुने
पोखरामा सोमबारदेखि नेपाल एक्सेसिबिलिटी समिट हुने भएको छ।
Whatsapp
ग्लोबल आइएमई प्लाटिनम गल्फ इन्भिटेसनल : अश्माङ्क च्याम्पियन, महिलातर्फ अञ्जिला विजेता
खेल
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
ग्लोबल आइएमई प्लाटिनम गल्फ इन्भिटेसनल : अश्माङ्क च्याम्पियन, महिलातर्फ अञ्जिला विजेता
गोकर्ण गल्फ क्लबमा आयोजित ‘ग्लोबल आइएमई प्लाटिनम गल्फ इन्भिटेसनल २०२६’ को उपाधि अश्माङ्क कार्कीले जितेका छन्।
Whatsapp
काठमाडौंका स्पा सेन्टरमा प्रहरीको छापा, १३ महिलासहित १४ जना नियन्त्रणमा
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
काठमाडौंका स्पा सेन्टरमा प्रहरीको छापा, १३ महिलासहित १४ जना नियन्त्रणमा
व्यावसायिक तथा सार्वजनिक मर्यादाविपरीत गैरकानुनी गतिविधि हुने गरेको सूचनाका आधारमा प्रहरीले विभिन्न स्थानका स्पा सेन्टरमा चेकजाँच गरेको हो।
Whatsapp
५४ हजार नगदसहित जुवा खालबाट १० जना पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
५४ हजार नगदसहित जुवा खालबाट १० जना पक्राउ
उयदपुर प्रहरीले जुवा (ताल) खालबाट रंगेहात नगदसहित १० जनालाई पक्राउ गरेको छ।
Whatsapp
राप्रपाले आसन्न महाधिवेशनमा इलेक्ट्रोनिक भोटिङ मेसिन प्रयोग गर्ने
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
राप्रपाले आसन्न महाधिवेशनमा इलेक्ट्रोनिक भोटिङ मेसिन प्रयोग गर्ने
राप्रपाले आगामी आठौँ महाधिवेशनमा इलेक्ट्रोनिक भोटिङ मेसिन प्रयोग गरी नेतृत्व चयन गर्ने भएको छ।
Whatsapp
जनादेश प्राप्त सरकारलाई असफल हुने छुट छैन : विश्वप्रकाश शर्मा
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जनादेश प्राप्त सरकारलाई असफल हुने छुट छैन : विश्वप्रकाश शर्मा
नागरिकमा छाएको निराशा चिर्न राजनीतिक दल देश विकासका सवालमा एकमत हुनुपर्नेमा उनले जोड दिए।
Whatsapp
नेपाल पत्रकार महासंघका पूर्वकेन्द्रीय अध्यक्ष पोखरेलद्वारा कांग्रेस लुम्बिनीको महामन्त्रीमा उम्मेदवारी घोषणा
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
नेपाल पत्रकार महासंघका पूर्वकेन्द्रीय अध्यक्ष पोखरेलद्वारा कांग्रेस लुम्बिनीको महामन्त्रीमा उम्मेदवारी घोषणा
नेपाल पत्रकार महासंघका पूर्वकेन्द्रीय अध्यक्ष विपुल पोखरेलले नेपाली कांग्रेस लुम्बिनी प्रदेशको महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस