काठमाडौं-पुस १६ गते राति १०:५५ मा बलम्बुस्थित कल्याण र कमल श्रेष्ठको पञ्चकन्या किराना पसलमा आगो लाग्यो। सँगै रहेको कपडा पसलमा पनि आगो सल्कियो। दुवै पसलका सामग्री जलेर ध्वस्त भए। पाँचवटा दमकललाई आगो निभाउन साढे दुई घन्टा लाग्यो।सोही दिन पाँच मिनेटपछि ठमेल अस्कल क्याम्पसअगाडि आगलागीको खबर आयो। कृष्ण पुलामीको कस्मेटिक पसलमा लागेको आगो एक घन्टामै निभाइयो तर पसल पूर्णरूपमा क्षति भयो।
पुस १५ गते नयाँ बसपार्कस्थित लक्ष्मीनारायण महर्जनको घरमा रहेको प्रकाश पाण्डेको मेडिकल हलमा राति पौने एक बजे आगो लाग्यो। एक घन्टामा तीनवटा दमकलले आगो त निभाए तर बचाउन केही सकिएन।
फरक समय र फरक ठाउँका यी तीनवटै आगलागीका घटना राति भएका हुन्। त्यो पनि पसल बन्द रहेका बेला। पसलेले बिजुलीको स्विच अफ गर्न बिर्सिएकाले घटना भएको देखिन्छ। लोडसेडिङपछि बत्ती आउँदा अत्यधिक करेन्ट आपूर्ति भई तार पग्लेर आगलागी भएको हुनसक्ने काठमाडौं जुद्ध वारुणयन्त्र कार्यालयले जनाएको छ।
‘हामीले यी पसलका धनीलाई सोधेका थियौं, विद्युतीय उपकरणको स्विच अन गरेर हिँडेको जानकारी दिए, ओभर भोल्टेज करेन्ट प्रवाह भएर आगो लागेको हुनसक्ने हाम्रो अनुमान छ,' वारुण यन्त्र कार्यालयका प्रमुख किशोरकुमार भट्टराईले भने।
वारुण यन्त्र कार्यालयले सार्वजनिक गरेको तथ्यांकले जाडो समयबाट यस्ता घटना बढिरहेको देखाउ“छ। आगलागीका घटना कात्तिकदेखि वैशाखसम्म बढी देखिएको छ। लोडसेडिङको समय पनि कात्तिकदेखि नै बढ्दै गएको हुन्छ।
कार्यालयका अनुसार काठमाडौंमा विद्युत सट भएर ०७०/७१ को साउनमा ३, भदौमा ८, असोजमा २, कात्तिकमा २, मंसिरमा ६, पुसमा १०, माघमा ८, फागुनमा १२ चैतमा ९, वैशाखमा १६, जेठमा ९ तथा असारमा ७ वटा आगलागीका घटना भएका छन्। त्यसैगरी चालू आर्थिक वर्षको साउनमा ४, भदौमा ८, असोजमा १२, कात्तिकमा ६, मंसिरमा १४ र पुसको १६ सम्म सातवटा आगलागीको घटना विद्युत सटबाटै भएको जुद्ध वारुण यन्त्र कार्यालयले जनाएको छ।
वार्षिक तथ्यांकमा पनि विद्युत सटबाट आगलागीका घटना बढिरहेको देखिन्छ। ०६९/७० मा काठमाडौंमा भएका २ सय ४८ वटा आगलागीमध्ये ८८ वटा विद्युत सटबाटै लागेका छन्।
यसबाहेक ग्यास पडकिएर ४० वटा र १ सय २० वटा आगलागी अन्य कारणले भएका छन्। २०७०/७१ मा काठमाडौंका १ सय १९ आगलागीमध्ये विद्युतीय सटबाट ४१, ग्यासबाट १८ र अन्यबाट ६० वटा आगलागी भएका छन्। त्यसैगरी चालू आर्थिक वर्षको १६ पुससम्म १ सय १७ वटा आगलागीमध्ये ५१ वटा विद्युतीय सटका कारण भएका छन्। यसबाहेक १५ वटा आगलागीका घटना ग्यास पड्किएर र ५१ वटा अन्य कारणले भएको काठमाडौं जुद्ध वारुणको तथ्यांक छ।
तीन वर्षको कुल तथ्यांकले पनि वर्षभरि आगलागीको प्रमुख कारण ‘विद्युतीय सट' नै देखाउँछ। बलम्बु, ठमेल र नयाँ बसपार्कका पसलमा भएका आगलागी विद्युतीय सटले भएको दमकल कार्यालय प्रमुख भट्टराईले बताए। ‘घटना अवस्था र तथ्यांक हेर्दा हरेक महिना लोडसेडिङ जसरी बढ्दै जान्छ, त्यसैगरी आगो लाग्ने क्रम बढेको देखिन्छ,' उनले भने।
‘बत्ती गएपछि पनि सर्वसाधरण प्लग अफ गर्न बिर्सिन्छन्,' उनले अनुभव सुनाए, ‘बत्ती आएपछि नजिकका प्रज्वलनशील वस्तुबाट आगलागी सुरु हुन्छ।' भट्टराईका अनुसार सटरभित्र लागेको आगो ठूलो भइसकेपछि मात्र बाहिर आउँछ र बल्ल दमकललाई खबर गर्छन्। दमकल पुग्दा आगोले ठूलै रूप लिइसकेको हुन्छ। निभाउन मुस्किल पर्छ। निभाइसक्दा सबै सामान ध्वस्त हुन्छन्।
नेपाल विद्युत प्राधिकरणका अनुसार वैशाख १५ देखि नदीनालामा पानी बढ्न थाले पनि लोड्सेडिङ कम हुँँदै जान्छ। कात्तिक अन्त्य समयदेखि लोडसेडिङ बढ्दै पुस र माघमा अत्यधिक अर्थात दैनिक १२ घन्टासम्म बत्ती निभ्छ। माघबाट केही समय घट्दै गए पनि वैशाख १५ देखिमात्र लोडसेडिङ कम हुने प्राधिकरणको काठमाडौं क्षेत्रीय कार्यालय प्रमुख रामेश्वरप्रसाद कलवारले नागरिकलाई जानकारी दिए।
उनी आगलागीको प्रमुख कारण लोडसेडिङ नभएको दाबी गर्छन्। ‘सर्वसाधारणको लापरवाहीले आगलागी भएको छ,' कल्वारले भने। उनका अनुसार यसबाहेक घरमा कमजोर वायरिङ हुँदा विद्युतले तार पगाल्दिन्छ र आगलागी हुने गर्छ।
वायरिङ गर्दा फ्युज नराखेका कारण पनि आगलागी हुने गरेको उनी बताउ“छन्। ‘बढी भोल्टेज आएर फ्युज गयो भने केही हुँदैन तर फ्युज भएन र भोल्टेज बढी आयो भने बत्ती सट हुने सम्भावना बढी हुन्छ,' कल्वारले भने।
काठमाडौं जिल्लामा हुने आगलागीमा पहिलोपटकमै पुग्ने जुद्ध वारुणले ललितपुरमा ५० प्रतिशत र भक्तपुरमा ६० प्रतिशत सेवा दिइरहेको भट्टराइले जानकारी दिए। अन्य दुई जिल्लामा भन्दा बढी दकमल र जनशक्ति भएका कारण पनि राम्रो सेवा दिएको उनको दाबी छ। दमकल कार्यालयसँग अहिले चारवटा दमकल, दुईवटा भर्या ङयुक्त सवारी, आठवटा फायर बाइक र एक/एकवटा रेस्क्यु ट्रक एवं जिप छन्।