खोलामा ठेकेदारको मनपरी
०१ माघ २०७१
•
१२ मिनेट पाठ
खोलामा ठेकेदारको मनपरी
झापा-निर्माण सामग्री निकाल्ने नाममा खोलानालामा वर्षौंदेखि चलिरहेको मनपरी रोक्न स्थानीय प्रशासन पूरै विफल बनेको छ। नाफाको लोभमा ठेकेदारले गरिरहेको प्राकृतिक स्रोत दोहनमा प्रशासनले पनि आँखा चिम्लिँदा ठेकेदारको मनोमानी बढेको हो।मेची, निन्दा, रतुवा, मावा, बिरिङ र टाङटिङ नदी झापामा निर्माण सामग्री निकाल्न प्रयोग हुने ठूला स्रोत हुन्। जिल्ला विकास समितिको वार्षिक रुपमा हुने आन्तरिक आयको आधाभन्दा बढी हिस्सा व्यहोर्ने स्रोत नै यी खोलाका निर्माण सामग्री हुन्। आयको लोभमा जिविस तथा प्रशासन कार्यालय मौन बसिदिँदा ठेकेदारले मनपरी चलाउने अवसर पाएका छन्। 
ठेकेदारले खोलानालाबाट निर्माण सामग्री झिक्दा प्रचलित ऐन मिच्ने, स्थानीयबासीको खेतीयोग्य जमिन कपेर निर्माण सामग्री निकाल्ने र खोला नजिकमा रहेका संवेदनशील संरचना जोखिममा पर्नेगरी खोला खोतल्ने क्रम रोकिएको छैन। यसले जिल्लाका हजारौं सर्वसाधारण जुनसुकै बेला विपत्तिको मुखमा पुग्ने जोखिम बढेको छ। सँगै राजमार्ग, पुल तथा सिँचाइजस्ता संवेदनशील संरचना पनि जोखिममा परेका छन्। 
‘गाउँ र सहर बजारमा मात्रै सरकारको राज हुँदोरहेछ,' कन्काई नगरपालिकाका स्थानीयबासी युद्धराज न्यौपाने भन्छन् ‘तर खोलानालामा ठकेदारको शासन चल्दोरहेछ। म वषर्ौंदेखि उनीहरुको शासनबाट आजित बनेको छु।' उनको भएको सबै जेथा बिरिङ खोला किनारमा छ। दुई बाली धान र अन्य सहायक बाली पनि उठाउन सकिने खेतको एक तिहाइ भागबाट तीन वर्षयता खोला कुदिरहेको छ। बचेको जमिन पनि जुनसुकै बेला बगर बन्ने खतरासँग उनी जानकार छन्। उनका अनुसार खोला ठेक्का लिने ठेकेदार खोलासम्म कहिल्यै आइपुग्दैनन्। तिनले खटाएका ‘पेटी ठेकेदार' (एजेन्ट) ले खोलामा मनपरी चलाउने गरेका छन्। 
‘खेतीतिरको भाग लगातार गहिरिँदै गएको छ', त्रासमिश्रित स्वरमा उनले सुनाए ‘आउँदो बर्खामा अरु धेरै जमिन बगर हुने निश्चित छ। ठेकेदारको मनोमानीले हामी सुकुम्बासी बन्ने क्रममा छौं।' उनका अनुसार खोला ठेक्का लिनेले लगातार एक्स्काभेटरजस्ता ठूला साधनले खेत कपेर गिटी र बालुवा निकाल्छन्। जसका कारण खोला पश्चिमको बगर उचालिँदै डाँडा भएको छ भने सयौं स्थानीयको खेतीपाती भएतिर खोला गहिरिँदै गएको छ। सामान्य बाढीका बेला पनि बर्खामा खोला होचो भागतिरै डोरिने भएका कारण धेरैको मलिलो माटोयुक्त जमिन बालुवाले पुरेको छ। ‘हामीले पटक–पटक पुलिसलाई र स्थानीय निकायलाई आएर हेरिदिन अनुरोध गरेका छौं,' बिरिङ पुल दक्षिणमा बसोबास गर्दै आएका देवेन्द्र सुब्बाले भने, ‘तर कहिले कोही आएन। बर्खामा खोला गाउँ पस्दाचाहिँ आइटोपल्छन्।' 
बगर उचालिने र खेतीपाती तथा गाउँ भएतिरको भाग गहिरिने समस्या भएको बिरिङ खोला एक्लो छैन। निर्माण सामग्री निकालिने प्रत्येक खोला किनारको चित्र यही हो। यसलाई स्थानीय प्रशासनले पनि सामान्य रूपमा लिने गरेको छ। ‘पहिलेजस्तो दोहन अहिलेचाहिँ छैन,' स्थानीय विकास अधिकारी फणिन्द्र दाहाल भन्छन्, ‘कसैकसैले बढी नाफाका लागि संवेदनशील क्षेत्रबाट निकाल्नु अर्कै कुरा हो।' उनका अनुसार एउटा खोलाबाट दैनिक २ सय ५० घनमिटरभन्दा बढी निर्माण सामग्री निकाल्न पाइँदैन। तर, जिविस, प्रशासन कार्यालय र नजिकैका प्रहरी कार्यालय कसैले पनि यसको लेखाजोखा राख्दैनन्। ‘हाम्रो आन्तरिक स्रोतको ठूलो अंश नै निर्माण सामग्री हो,' स्थानीय विकास अधिकारी दाहाल थप्छन्, ‘ठेक्का नलगाइ हुँदैन। सकेसम्म अनुगमन गर्ने गरिन्छ। तैपनि कतैकतै कमजोरी भएका हुन सक्छन्।' 
उनले कतैकतै भनेर दाबी गरे पनि जथाभावी खोला दोहनले धेरै विपत्ति यसअघि नै निम्त्याइसकेको छ। धमाधम जारी रहेको प्राकृतिक स्रोत दोहनको शृंखला रोकिने कुनै छाँट छैन। जसका कारण धेरै जनताले प्रत्यक्ष फाइदा लिनसक्ने संरचना नै धरापमा परेका छन्। 
यसकै नमूना हो, कन्काई सिँचाइ आयोजनाको मुहान। मध्य दक्षिण झापाका ८ हजार हेक्टरभन्दा बढी खेतीयोग्य जमिन सिञ्चित हुने कन्काइ नहरको मुहानमा रहेको ‘हेडबक्स' खोला खोतलेकै कारण जोखिममा परेको वर्षौं भइसकेको छ। यो नहर पूर्वकै भरपर्दोमध्येको एक हो। तर, मुहान जोखिममा परेपछि स्थानीयबासी चिन्तित छन्। ‘हामीले यो क्षेत्र संवदेनशील हो भनेर धेरैपटक ध्यानाकर्षण गराएका छौं,' सतासीधामका अर्जुन पौडेल भन्छन्, ‘तर कन्काई पूलको पाँच सय मिटर परिधिमा पर्दैन भन्दै यसकै छेऊबाट निर्माण सामग्री निकालिन्छ।' अघिल्लो वर्ष नहरका उपभोक्ताले मुहानको छेउबाट खोला खोतल्न नदिन जिविसमा आग्रह गरेका थिए। त्यसको केही समयसम्म रोकिए पनि ट्र्याक्टर चालकले पुलभन्दा टाढा रहेको कानुनी छिद्रको दुहाई दिँदै खोतल्ने गरेका छन्। यसपटक मात्रै ठेक्का नलगाएका कारण यहाँ यो क्रम बन्द छ। 
छुनै नपाइने भनिएको पुल क्षेत्र पनि सुरक्षितचाहिँ छैन। जिल्लाको पूर्वी सीमा काँकडभिट्टादेखि पश्चिम मावा खोलासम्ममा ६ वटा खोला निर्माण सामग्री निकाल्न योग्य मानिन्छन्। खोलाबाट आम्दानी लिने निकायले त्यहाँका महत्वपूर्ण संरचनाको सुरक्षामा भने चासो दिएका छैनन्। पुलको ५ सय मिटर नजिकबाट केही निकाल्न नपाइने नियम पालना नहुँदा यी खोलाका पुल जोखिममा छन्। सरकारी निकायका अधिकारी नै यो तथ्य स्वीकार गर्छन्। 
निर्माण सामग्री निकाल्न जथाभावी खोला खोतल्दाको दुष्परिणामको मार सबैभन्दा बढी किसानमा परेको छ। स्थानीयले वर्षौंदेखि औंल्याउँदै आएको सम्भावित जोखिमलाई सरकारी निकायले वास्ता नगर्दा धेरैथरी समस्या अहिले आएको छ। 
मनपरी ढंगले खोला खोतलेकै कारण गएको बर्खामा किसानको खेत बाँझिने गरी सिँचाइ आयोजना भत्केका थिए। जथाभावी खोला खोतलेकै कारण धुलाबारीस्थित निन्दा पुलनजिकैको निन्दा धोबीखोला सिँचाइ आयोजनाको मुहान बितेको जेठमै भत्केको थियो। मेचीनगर– १ को केही भाग तथा ज्यामिरगढी गाविसका वडा नम्बर ७, ५, ३, ४ र २ का सयौं बिघा खेत सिञ्चित गर्ने नहरको मुहान जथाभावी खोला खोतलेकै कारण भत्किँदा यसपटक सिँचाइ नै ठप्प भयो। आकाशे पानीकोसमेत भर नभएको कारण जिल्लाकै उर्वर मानिने ज्यामिरगढीमा यसपालि धान उत्पादन ह्वात्तै घटेको छ। 
नहरको मुहान र पूर्वपश्चिम राजमार्गमा पर्ने निन्दा पुल जोडिएका छन्। किसानले पुलमूनिको भाग सुरक्षित हुने ठानेर लाखौं खर्चमा मुहान बनाएका हुन्। तर, गिट्टी, बालुवा कारोबारी ठेकेदारले यी संरचनाको संवेदनशीलता ख्यालै नगरी जथाभावी निर्माण सामग्री निकाल्दा मुहान भत्किएको हो। ‘बर्सेनि मुहानछेउबाटै निर्माण सामग्री निकालिन्थ्यो,' निन्दा धोबीखोला सिँचाइ आयोजनाका अध्यक्ष गणेश कटुवाल भन्छन्, ‘लगातार त्यसो गर्दा खोला गहिरिँदै गयो। मुहानको भाग उचालिँदै गयो। पानी उठाउन पनि समस्या भयो। यसपालि त मुहानै बग्यो, त्यसले सयौं बिघा जमिन बाँझै हुने अवस्था आयो।' उनका अनुसार खोलामा गिट्टी, बालुवा निकाल्ने व्यवसायी र खोला ठेक्का दिने स्थानीय निकायमा यसबारे पटक–पटक जानकारी गराइएको थियो। तर, कसैले वास्ता नगर्दा सयौं परिवारका धानखेत त बिग्रियो नै, मकै लगाउने तयारी चलिरहँदा पनि पैनी चल्न सकेको छैन। 
राजमार्गछेउका महत्वपूर्ण संरचना पुल, विद्युत उत्पादन केन्द्र तथा अन्य स्थायी संरचना भएको ठाउँदेखि ५ सय मिटरनजिकबाट केही पनि निर्माण सामग्री निकाल्नै नपाइने कानुनी व्यवस्था छ। यद्यपि कानुन बनाउने तर कार्यान्वयनमा सिन्को नभाँच्ने सरकारी शैलीले यो कानुनी व्यवस्थाको धज्जीमात्रै उडाउँदै छैन, जनसरोकारका धेरै संरचनाको भविष्य नै समाप्त पनि पार्दैछ।
अर्को समाचार
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
४ घण्टा अघि
•
१ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। आइतबार साँझ करिब ५:५० बजे रुकुम खलंगाबाट दुलीतर्फ जाँदै गरेको लु १ ज २१६० नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब १० देखि १५ मिटर तल खसेको हो। Yetiairlinescontenttopbanner दुर्घटनालगत्तै खटिएको प्रहरी टोलीले घाइते ६ जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्ले, रुकुम पश्चिम पठाएको थियो। तीमध्ये जीप चालक रुकुम पश्चिमकै मुसिकोट नगरपालिका-९ का करिब २८ वर्षीय भीम सिंह बुढामगरलाई साँझ ७:१० बजे चिकित्सकले जाँच गरी मृत घोषणा गरेका थिए।

दुर्घटनामा बाँफिकोट गाउँपालिका-८ दुलीकी करिब ३१ वर्षीया निर्मला के.सी., उनका करिब २ वर्षीय छोरा दिनेश के.सी., सोही स्थानकी करिब ३२ वर्षीया मनिषा बस्नेत र करिब ३६ वर्षीय कर्णबहादुर खत्री घाइते भएका छन्। घाइतेमध्ये निर्मला, मनिषा र कर्णबहादुरको अवस्था सामान्य छ भने दिनेशको अवस्था मध्यम रहेको छ।

यस्तै, सोही दुर्घटनामा मुसिकोट नगरपालिका-१० की करिब १८ वर्षीया जेनिशा वली घाइते भएकी छन्। उनको अवस्था मध्यम रहेको छ। जीपमा चालकसहित १० जना सवार रहेकोमा अन्य चार जना सकुशल छन्। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस