पोखरा–संविधाना सभाबाट संविधान लेख्ने प्रक्रियाविरुद्ध हुन थालेको बन्द हडताल नगर्न अपिल गर्दै पोखराका व्यवसायीले शान्ति ¥याली निकालेका छन्। आइतबार पोखरा उद्योग वाणिज्य संघको अगुवाइमा निस्किएको र्यालीमा दर्जनौं संघसंस्थाले साथ दिए।संघको प्रांगण गैह्रापाटनबाट सुरु ¥यालीले सहरको मुख्य व्यापारिक केन्द्र महेन्द्रपुल, नयाँबजार, पृथ्वीचोक, नयाँसडक र चिप्लेढुंगा परिक्रमा गरेको थियो । ¥यालीका सहभागीले गरिखान देऊ, पोखरा सधैं खुला छ, बन्द सधैंका लागि बन्द गरौं जस्ता नारासहितका प्लेकार्ड बोकेका थिए ।
¥यालीपछि आयोजित कोणसभामा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष बिन्दुकुमार थापाले बन्द हडतालले उद्योग व्यवसाय गर्ने वातावरणमा प्रतिकूल प्रभाव पार्ने गरेको बताए । 'बन्दको विकल्प खोज्नुपर्छ,' उनले भने, 'सम्बन्धित आयोजकले विकल्प खोज्नै पर्छ । बन्दले कसैको भलो गर्दैन ।'
राजनीतिक दलले बन्द, हडताल नगर्ने प्रतिबद्धता जनाए पनि बचन पूरा नगरेको भन्दै उनले गुनासो पोखे । आफ्नो अधिकार खोज्दा अरुको अधिकार हनन् हुन नदिन सचेत बन्नुपर्ने भन्दै थापाले विरोध गर्न पाउने आफूहरुको अधिकार भएको बताए । उनले एक दिनको बन्दले एक अर्ब बराबरकै नोक्सान पु¥याउने गरेकोतर्फत संवेदनशील बन्न बन्द आयोजकलाई अपिल गरे ।
लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष बाबुराम गिरीले बन्द फिर्ता लिएर शान्तिपूर्ण तरिकाले वार्तामा जान दलहरुलाई आह्वान गरे । रेस्टुरेन्ट एन्ड बार एसोसिएसन रेबान पोखराका अध्यक्ष गोपीबहादुर भट्टराईले पर्यटनजस्तो संवेदनशील उद्योगलाई बन्दले नराम्ररी प्रभावित पार्ने गरेको अनुभव सुनाए । 'हामी नेपालीमात्रै होइन विदेशबाट नेपाल घुम्न आएका पाहुनालाई पनि यसले मर्का पारेको छ,' उनले भने, 'बन्दले अन्तर्राष्ट्रिय क्षेत्रमा पनि नेपालबारे नराम्रो सन्देश पुग्ने गरेको छ ।'
गण्डकी धौलागिरी यातायात व्यवसाय समन्व्य समितिका महासचिव गोकर्ण कार्की, पत्रकार महासंघ कास्कीका अध्यक्ष रामकृष्ण ज्ञवाली र पोखरा उद्योग वाणिज्य संघका महासचिव रवीन्द्र प्रजुले बन्द नगर्न सम्पूर्ण नागरिकहरुले दलहरुमाथि दबाब थोपर्नुपर्ने खाँचो औंल्याए ।