इलाम-‘भगवान भरोसामा चलेझैं देखिन्छन् पूर्वका कारागार,' पूर्वाञ्चलका कारागार भर्खरै निरीक्षण गरेका राष्ट्रिय मानवअधिकार आयोग क्षेत्रीय संयोजक कोषराज न्यौपानेले सोमबार भने, ‘पूर्वाधार र अधिकारको त कुरै नगरौं, बेलैमा सतर्क नभए त्यहाँ जे पनि हुन सक्छ।' आयोग पदाधिकारीसहित ताप्लेजुङदेखि भोजपुरसम्मका कारागार चहारेका संयोजक न्यौपानेले कारागारको अवस्था दयनीय हुनुमा ‘पूर्वाधार अभाव, क्षमताभन्दा धेरै चाप र सरसफाइको कमी' मुख्य कारण देखेका छन्।द्वन्द्वकालमा माओवादी आक्रमणमा ध्वस्त भएको र साढे ७ करोड रुपैयाँ खर्चेर बनाइएको इलाम कारागार बाहिरबाट हेर्दा सुन्दर देखिए पनि भित्री अवस्था दयनीय छ। सदरमुकामस्थित गढीथुम्कानजिकैको कारागारमा क्षमताभन्दा तीन गुणा बढी कैदीबन्दी छन्। मुलुकका सीमित ‘नमुना कारागार'मध्ये पर्ने इलाम कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी भएकैले पानी अभाव छ। त्यसले गर्दा सरसफाइमा कमी आएको छ।
जेलर दुर्गा दुलालका अनुसार पुरुषतर्फ १ सय र महिलातर्फ २५ जना अटाउने क्षमताको इलाम कारागारमा अहिले तीन सय ४५ कैदीबन्दी छन्। जसमा छ नाबालकसहित महिलाको संख्या ३७ छ भने पुरुष ३ सय ८ जना छन्। ‘गाग्रो भरिएपछि पानी हालिरह्यो भने जसरी पोखिन्छ, कारागार पनि क्षमताभन्दा धेरै कैदीबन्दीले भरिएर पोखिने अवस्थामा छ,' दुलालले नागरिकलाई भने, ‘समस्याबारे विभाग र सरोकारवाला निकायमा जतिसुकै हारगुहार गरे पनि खासै सुनुवाइ हुँदैन।'
इलाम कारागारमा अहिले कर्तव्य ज्यान मुद्दामा सजाय पाएका कैदीबन्दीको संख्या सबैभन्दा बढी अर्थात् ८४ छ। जबर्जस्ती करणी मुद्दामा सजाय पाएका ५२, लागुऔषध मुद्दामा सजाए पाएका २५, बहुविवाहमा परेका १९, चोरीका १४ र डकैतीका १२ जना छन्। विभिन्न दुई दर्जन विषय सम्बन्धित मुद्दामा ४० जिल्लाका कैदीबन्दी कारागारमा अटाइएको उल्लेख गर्छन् जेलर दुलाल।
‘कैदीबन्दी धेरै भएकाले सुत्न समस्या छ, कतिपय कारागारको सिकुवामा रात काटिरहेका छन्,' उनले सुनाए, ‘हरेक बिहान शौचालयमा लाइन बस्नुपर्छ, दुर्गन्ध खेप्नुपर्ने समस्या त छँदै छ।' स्थानीय कैदीबन्दीको अत्यधिक चापका कारण पनि कारागार प्रशासनलाई भिड सामना गर्न समस्या छ। जति धेरै स्थानीय कैदीबन्दी भए उति भेटघाट गर्न आउनेको भिड लाग्ने उल्लेख गर्दै जेलर दुलालले ‘इलाम कारागारलाई अन्त धेरै भएका कैदीबन्दी थोपर्ने थलो नबनाउन' आग्रह गरेका छन्।
केन्द्रले उपलब्ध गराएको एउटा गाडी बिग्रिएर थन्केको महिनौं भएकाले बिरामी कैदीबन्दीलाई उनीहरूले चाहेका बेला अस्पताल पुर्यामउन नसकेको दुलाल स्विकार्छन्। ‘१८ वर्ष चलेको थोत्रो गाडी बनाउन अझै डेढ लाखभन्दा धेरै लाग्छ रे' दुलालले भने, ‘त्यत्रो पैसा त हुने कुरै भएन, यहाँ ड्राइभरको दरबन्दीसमेत छैन।' बिरामी कैदीबन्दीले अस्पताल जानुपरे चोकबजारबाट भ्यान मगाउनुपर्छ। दुरी नजिकै भए पनि भ्यानको दोहोरो भाडा ६ सय रुपैयाँ तिर्नुपर्छ।
झापा कारागारको अवस्था पनि कम्ती नाजुक छैन। क्षमताभन्दा तीन गुणा बढी कैदीबन्दी राखिएको चन्द्रगढीको कारागारबाट निस्कने फोहरमैलाकै कारण स्थानीयसँग द्वन्द्व बढेको मानवअधिकार आयोग पूर्वाञ्चल संयोजक न्यौपाने बताउँछन्। ‘कारागारको फोहरले वातावरण दुर्गन्धित भएको गुनासो चन्द्रगढीबासीले लामो समयदेखि गरिरहेका छन्' उनी भन्छन्, ‘त्यसलाई विसर्जन गर्ने उचित प्रबन्ध नहुनु र पानी अभावले सरसफाइमा कमी आउनु झापामा देखिएको मुख्य समस्या हो।'
पाँचथर कारागारसमेत क्षमताभन्दा बढी कैदीबन्दीले अटेसमटेस छ। सदरमुकाम फिदिमको तल्लो भागमा अवस्थित कारागारमा पानी अभाव नियमित समस्या बनेको संयोजक न्यौपाने बताउँछन्। त्यहाँ पानीको मात्रा कम भएपछि शौचालय सरसफाइ हुन नसकेको र दुर्गन्ध बढेको छ। ताप्लेजुङमा भने कारागार भवनै जीर्ण छ। वर्षौं पुरानो भवनमा क्षमताभन्दा बढी कैदीबन्दी राखिनु राज्यको गैरजिम्मेवारीपूर्ण व्यवहार भएको उल्लेख गर्दै उनले त्यसलाई बेलैमा ध्यान दिन सुझाए।
९ लाख नहुँदा दुर्गन्ध
जिल्ला कारागार परिसरमा महिनौंदेखि फैलिएको दुर्गन्ध हटाउन ९ लाख रुपैयाँ आवश्यक पर्ने देखिएको छ। ढल र सेफ्टी ट्यांकी व्यवस्थित गर्न उक्त रकम आवश्यक देखिएको हो। क्षमताभन्दा तीन गुणा बढी कैदीबन्दी राख्दा निस्केको दिसापिसाबले आसपासको वातावरण प्रदूषित छ। जसकारण गढीक्षेत्रका बासिन्दा मात्रै होइन, कैदीबन्दी र नजिकै बस्ने सशस्त्र प्रहरीसमेत प्रभावित छन्। सेफ्टी ट्यांकीको फोहोर रिचार्ज पोखरीमा मिसाउँदा दुर्गन्ध फैलिएको हो।
‘कारागारको फोहर व्यवस्थापन गर्न ९ लाख रुपैयाँ आवश्यक पर्ने देखिएको छ,' इलामका जेलर दुर्गा दुलालले भने, ‘त्यति रकम भएको खण्डमा व्यवस्थित ट्यांकी बनाउन सकिन्छ र दुर्गन्धको समस्या नियन्त्रण हुन्छ।' कारागारमा व्यवस्थित ट्यांकी निर्माणनिम्ति सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयले नक्सा बनाई स्टिमेट तयार गरे पनि रकम निकासा नभएको उनले बताए।
कारागारको फोहरमैला व्यवस्थित गर्न यसअघि १०–१० घनमिटरका दुइटा र ६–६ घनमिटरका दुइटा बायो ग्यास प्लान्ट निर्माण गरिए पनि पर्याप्त हुन सकेको छैन। औषधि छर्केर रोक्न खोजिए पनि दुर्गन्ध कायमै रहँदा गढीक्षेत्रबाट दर्जनौं विद्यार्थी तथा कर्मचारी अन्यत्र डेरा सरिसकेका छन्। स्थानीयले जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्रसमेत बुझाएका छन्।