करिब पाँच लाख नगदसहित सर्लाही प्रहरीले जुवाको खालबाट एक दर्जन मानिसलाई नियन्त्रणमा लिएको छ। मंगलबार मध्यरातको समयमा जुवातास खेलिरहेका छन् भन्ने सूचनाको आधारमा प्रहरीले छापा मारेर रकम र मानिसलाई नियन्त्रणमा लिन सफल भएको हो।
सर्लाहीको बागमती नगरपालिका ३ ढलकबहादुर तामाङको घरमा जुवातास खेलिरहेको सूचना प्रहरीले प्राप्त गरेको थियो। इलाका प्रहरी कार्यालय हरिवनबाट प्रहरी निरीक्षकको कमान्डमा गएको प्रहरी टोलीले चार लाख चौरासी हजार पचास रुपैयाँ नगद बरामद गरेको छ।
यसै गरी सर्लाहीको बागमती नगरपालिका ३ का ३९ वर्षीय गौरीशंकर साह, ३४ वर्षीय संचर घिसिङ, जितबहादुर बम्जन, बसबरिया गाउँपालिका ५ का ३३ वर्षीय रामज्ञान राय, ३२ वर्षीय सन्तोष साह, ५० वर्षीय छेदु साह, हरिवन नगरपालिका १०का ३२ वर्षीय साजन पौडेल, २८ वर्षीय प्रकाश अधिकारी, ५७ वर्षीय अर्जुन केसी, बरहथवा नगरपालिका ५ का २८ वर्षीय जुनैन अन्सारी, २९ वर्षीय रामवीर चौधरी र रौतहटको चन्द्रपुर नपा १ का ५१ वर्षीय दिलबहादुर लामालाई जुवाको खालबाट प्रहरीले पक्राउ गरेको छ। घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकृत डिएसपि माधवप्रसाद बुढाथोकीले जानकारी गराएका छन्।