नांगो खुट्टा स्कुल
१२ माघ २०७१
•
७ मिनेट पाठ
नांगो खुट्टा स्कुल
चितवन-न आङ ढाक्ने कपडा न खुट्टामा चप्पल।
मैलो लुगा र पटपटी फुटेका पाइताला–कुर्कुच्चामा दुखजिलो गरेर स्कुल आउजाउ गर्छन्, ८ वर्षीय सन्त र ६ वर्षीय बलराम चेपाङ।
चितवनको शक्तिखोर–२, मैतेसका यी चेपाङ दाजुभाइ त्यही वडाको राजवन राष्ट्रिय प्राथमिक विद्यालयमा पढ्छन्। सन्त कक्षा २ मा, बलराम १ मा। घरदेखि स्कुल पुग्न झन्डै एक घन्टा लाग्छ। दिनहुँ स्कुल आउजाउ गर्न भिरपखेराको बाटो काट्नुपर्ने उनीहरूले अहिलेसम्म जुत्ता–चप्पल लगाएका छैनन्।‘अहिलेसम्म जुत्ता–चप्पल लगाएको छैन,' आमा सुकमायाले आफ्ना छोराहरूलाई देखाउँदै नागरिकसँग भनिन्, ‘न हामीले लगायौं न यिनीहरूले।'
यो सन्त र बलरामको मात्र होइन, चितवनको पहाडी क्षेत्रमा बसोबास गर्ने चेपाङ समुदायका बालबालिकाको साझा समस्या हो।
राजवन राष्ट्रिय प्राथमिक विद्यालयमा कक्षा १ देखि ३ सम्म पढाइ हुन्छ। प्रधानाध्यापक निराजन चेपाङका अनुसार सबै कक्षा गरी ४५ जना विद्यार्थी छन्। सबै चेपाङ समुदायकै हुन्। सबैजसो कम्तीमा एक–डेढ घन्टा हिँडेर आउँछन्। यीमध्ये चप्पल लगाउने पाँच जना पनि छैनन्। जुत्ता त कल्पनाभन्दा बाहिरको कुरा भइहाल्यो।
‘कसैले कुनै संघ–संस्थाबाट सहयोग पाएका छन् भने लगाउँछन्, नभए खाली खुट्टै आउँछन्,' प्रधानाध्यापक चेपाङले भने, ‘आफैं किनेर लगाउने त एकदमै कम छन्।'
भिरपखेराको उब्जनीबाट जीवन धान्नुपर्ने चेपाङ परिवारले अचेल आफ्ना केटाकेटीलाई स्कुल त पठाउन थालेका छन्, तर दिनहुँ आउजाउ गर्न जुत्ता–चप्पल, स्कुल पोसाक तथा कापी–कलम किनिदिने आर्थिक ल्याकत उनीहरूसँग छैन। त्यसलाई आवश्यकता ठान्ने चेतना पनि विकास भइसकेको छैन।
‘वर्षभरि खान त पुग्दैन, कहाँ पाएर जुत्ता–चप्पल र राम्रो कपडा किनिदिने,' सन्तमायाले भनिन्।
चप्पल नलगाई हिँड्दा जाडो याममा पटपटी फुटेका देखिन्छन् यी केटाकेटीका खुट्टा। ‘कोही त भिरको बाटो चुच्चो ढुंगा वा छेस्काले घोचेर रगत चुहाउँदै आउँछन्,' प्रधानाध्यापक चेपाङले भने।
केटाकेटीलाई स्कुल पठाउनुपर्छ भनी चेतना फैलाउनु मात्र पर्याप्त होइन। यही हालतमा छाड्ने हो भने चेपाङ समुदायका यी बालबालिका कुनै पनि दिन स्कुल आउन छाड्छन्। दिनहुँ एक–डेढ घन्टा पैदल स्कुल पठाउनलाई प्रोत्साहित गर्न त्यहीअनुसारको सुविधामा पनि सहयोग गर्नुपर्ने उनको राय छ।
‘यसरी खाली खुट्टा भिरको बाटो हिँडेर कति दिन स्कुल धाऊन् यिनीहरू,' उनले भने, ‘कसैले यसतर्फ ध्यान पुर्याचइदिए हुने थियो, नभए यो दिगो हुन सक्दैन।'
त्यसै पनि नेपालका प्राथमिक विद्यालयमा भर्ना हुनेहरू जति छन्, ती सबै निम्न माध्यमिक हुँदै माध्यमिक तहसम्म नियमित स्कुल जाँदैनन्।
केन्द्रीय तथ्यांक विभागको पछिल्लो सर्वेक्षणअनुसार स्कुल जाने उमेरका ८६ प्रतिशत बालबालिका प्राथमिक कक्षामा भर्ना भएका छन्, जसमध्ये ६६ प्रतिशतले मात्र माध्यमिक तहसम्म पढाइ सुचारु राख्छन्। शिक्षा मन्त्रालयको अर्को तथ्यांकअनुसार स्कुल जाने उमेरका ९६ प्रतिशत बालबालिका प्राथमिक तह भर्ना हुन्छन्, जसको आधा मात्र एसएलसी तहसम्म पुग्छन्। बीचैमा स्कुल छाड्नुका मुख्य कारण घर र स्कुलको अपायक स्थिति तथा घरपरिवारको आर्थिक दुरावस्था हुन्।
लामो सचेतना कार्यक्रमपछि बल्लतल्ल केटाकेटीलाई स्कुल पठाउन थालेको समुदायमा बीचैमा स्कुल छाड्ने जोखिम अझ बढी हुन्छ। चेपाङ समुदाय त्यसैमध्ये एक हो। विद्यार्थीले पढाइ अधुरै छाड्ने यस्तो प्रवृत्ति रोक्न पनि बल्लतल्ल स्कुल जाने वा पठाउने चेतना विकास भएको समुदायमा थप सुविधा पुर्याकउनुपर्ने प्रधानाध्यापक चेपाङको राय छ।
शिक्षाका लागि राष्ट्रिय अभियान नेपालका पूर्वअध्यक्ष बिके श्रेष्ठ पनि ग्रामीण क्षेत्रका विद्यालयमा पाठ्यपुस्तक अभाव, पढ्ने र पढाउने वातावरण नहुनुले विद्यार्थीको निरन्तरतामा चुनौती ल्याएको बताउँछन्।
‘ग्रामीण क्षेत्रका कतिपय समुदायमा अभिभावकहरूलाई नै पढाइको महŒव कम थाहा छ,' चेपाङ समुदायमा शिक्षाको प्रचारप्रसार गर्ने अभियानमा समेत काम गरेका श्रेष्ठले नागरिकसँग भने, ‘यस्तो अवस्थामा राज्यले विशेष व्यवहार गर्नैपर्छ। त्यस्ता समुदायका केटाकेटीलाई स्कुल मात्र पठाउनुले शैक्षिक अवस्था उकासिएको ठहरिँदैन। जबसम्म पढ्ने र पढाउने वातावरण बन्दैन, केटाकेटीहरू हीनताबोध बोकेर स्कुल गइरहन्छन्, यसले राम्रो नतिजा दिँदैन।'
गरिब समुदायका केटाकेटीलाई समान शैक्षिक अवसर दिने हो भने उनीहरूमा रहेको सामाजिक तथा सांस्कृतिक खाडल अन्त्य गर्न पनि राज्यले पहल गर्नुपर्ने उनको धारणा छ। यसका लागि स्कुलको वातावरणदेखि स्कुल जाँदा–आउँदाको भौगोलिक अवस्थिति र विद्यार्थीलाई स्कुलप्रति आकर्षित गर्ने भौतिक वस्तुमा जोड दिनुपर्ने उनको सुझाव छ।
‘यस्तो समग्र सुधारले मात्र शिक्षा क्षेत्र सुधारको योजनाले प्रतिफल दिनसक्छ,' उनले भने।
अर्को समाचार
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
६ घण्टा अघि
•
१ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। आइतबार साँझ करिब ५:५० बजे रुकुम खलंगाबाट दुलीतर्फ जाँदै गरेको लु १ ज २१६० नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब १० देखि १५ मिटर तल खसेको हो। Yetiairlinescontenttopbanner दुर्घटनालगत्तै खटिएको प्रहरी टोलीले घाइते ६ जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्ले, रुकुम पश्चिम पठाएको थियो। तीमध्ये जीप चालक रुकुम पश्चिमकै मुसिकोट नगरपालिका-९ का करिब २८ वर्षीय भीम सिंह बुढामगरलाई साँझ ७:१० बजे चिकित्सकले जाँच गरी मृत घोषणा गरेका थिए।

दुर्घटनामा बाँफिकोट गाउँपालिका-८ दुलीकी करिब ३१ वर्षीया निर्मला के.सी., उनका करिब २ वर्षीय छोरा दिनेश के.सी., सोही स्थानकी करिब ३२ वर्षीया मनिषा बस्नेत र करिब ३६ वर्षीय कर्णबहादुर खत्री घाइते भएका छन्। घाइतेमध्ये निर्मला, मनिषा र कर्णबहादुरको अवस्था सामान्य छ भने दिनेशको अवस्था मध्यम रहेको छ।

यस्तै, सोही दुर्घटनामा मुसिकोट नगरपालिका-१० की करिब १८ वर्षीया जेनिशा वली घाइते भएकी छन्। उनको अवस्था मध्यम रहेको छ। जीपमा चालकसहित १० जना सवार रहेकोमा अन्य चार जना सकुशल छन्। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस