धनकुटा–अज्ञात व्यक्तिको पिटाइबाट घाइते भएकी धनकुटा जितपुरकी एक बालिकाको उपचारको क्रममा गएराती मृत्यु भएको छ। टाउकोमा गम्भीर चोट लागेकी अखौले जितपुर गाबिस– ६ कि ११ वर्षीया बालिका सुजता परियारको विराटनगर नोवेल अस्पतालमा गएराती १० बजे मृत्यु भएको हो ।
आर्थिक अभावले विराटनगर न्युरो अस्पतालबाट फिर्ता ल्याइएपछि धनकुटा बजारबासीको सहयोगमा पुन उपचारको लागि विराटनगरको नोबेल अस्पताल लगिएको थियो। त्यहाँ पुर्याएको केही घण्टामै सुजताको मृत्यु भएको आमा चन्द्रकुमारी परियारले बताइन।
माघ १२ गते घरमा कोही नभएको समयमा सुजतालाई अज्ञात व्ब्यक्तिले कुटपिट गर्दा टाउकोमा गम्भीर चोट लागेको थियो। चोटको कारण बेहोस भएकी सुजतालाई उपचारका लागि न्युरो अस्पताल बिराटनगर पुर्याइएको थियो। उपचारको क्रममा पैसा सकिएपछि अस्पतालको खर्च तिर्न नसक्दा फिर्ता गरेर धनकुटा अस्पताल ल्याइएको थियो।
मृत्युसंग लडिरहेकी सुजताको उपचारको लागि धनकुटा अस्पताल विकास समितिका अध्यक्ष गोपाल गुरागाईँ लगायतका व्यक्तिहरुले चन्दा संकलन गरेका थिए। तर पनि उनलाई बचाउन नसकेको बताइएको छ।
यस घटनाको विषयमा प्रहरीले अनुसन्धान थालेको छ। घटनास्थलमै गएर अनुसनधान गरेको प्रहरीले जानकारी दिएको छ।