ज्यान मार्ने उद्योगमा जिल्ला अदालत सुर्खेतले सात वर्ष कैद सजाय सुनाएका एक फरार अभियुक्तलाई २७ वर्षपछि पक्राउ गरेको छ। जिल्ला अदालत सुर्खेतले २०५१ असार ९ गते सिम्ता गाउँपालिका–४ का कुशल खत्रीलाई ज्यान मार्ने उद्योग गरेको आरोपमा सात वर्षको कैद सजाय सुनाएको थियो।
कैद सजाय सुनाइँदा खत्री ३९ वर्षका थिए। ज्यान मार्ने उद्योगमा मुद्दा दायर भएसँगै उनी फरार थिए। जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक पदमबहादुर विष्टले ज्यान मुद्दाका फरार अभियुक्त खत्रीलाई २७ वर्षपछि पक्राउ गर्न सफल भएको बताए।
‘अदालतले कैद तथा जरिवानाको फैसला गरेकाहरुको जिल्लाभर खोजी अभियान सञ्चालन गरिरहेका छौं,’ एसपी विष्टले भने, ‘त्यहीँ अभियान अन्तर्गत खोज्दै जाँदा खत्री पक्राउ परेका हुन्।’ खत्री अहिले ६६ वर्षका भए। प्रहरीले उनलाई जिल्ला अदालतमा हाजिर गराएको थियो। अदालतले कैद सजाय भुक्तानीका लागि कारागार चलान गरेको छ।
यस्तै प्रहरीले लागुऔषध गाँजा, चरेस मुद्दामा १० महिना १८ दिन कैद सजाय सुनाइएका सिम्ता गाउँपालिका–४ का ६२ वर्षीय भद्रबहादुर सिंहलाई पनि पक्राउ गरेको छ। यस्तै सार्वजनिक अपराध मुद्दामा पाँच सय रुपैयाँ जरिवाना तोकिएका सिम्ता–६ का ३७ वर्षीय करण नेपालीलाई पनि प्रहरीले पक्राउ गरेको छ।