इलाम- जिल्ला अदालत इलामको ‘कज लिस्ट' मा गत मंगलबार एकै प्रकृतिका दुई मुद्दा देखिए। व्यक्ति, नामथर र ठेगाना फरकफरक भए पनि उनीहरूको मुद्दाको विषय एउटै थियो– सम्बन्धविच्छेद। पछिल्लोपल्ट राई थरकी श्रीमती र खड्का थरका श्रीमान् सँगै दाम्पत्य अघि बढाउन नसक्ने निर्क्योल गर्दै सम्बन्धविच्छेदको टुंगोमा पुगेका हुन्। यस्तै, एउटा खनाल दम्पती पनि अलग्गिने टुंगोमा पुग्दै अदालतको फैसला पर्खिरहेथ्यो।अदालतको वेबसाइटमा दैनिक अपडेट गरिने ‘कज लिस्ट' मा सम्बन्धविच्छेदका मुद्दा प्रायः छुट्दैनन्। कहिले सम्बन्धविच्छेदका चारवटासम्मै मुद्दा फैसला हुन्छन्। सम्बन्धविच्छेदपछि बहुविवाह, बलात्कार र जबर्जस्ती करणीका मुद्दाको चाप अदालतमा धेरै छ।
‘सामाजिक परिवर्तनसँगै अदालती मुद्दाको स्वरूपमा पनि फेरबदल आएको छ,' जिल्ला अदालतका स्रेस्तेदार अर्जुन श्रेष्ठ भन्छन्, ‘एक दशकयता धनसम्पत्ति र जग्गाजमिनसँग सम्बन्धितभन्दा व्यक्तिगत स्वतन्त्रता र शरीरसँग जोडिएका विषय मुद्दा बनिरहेका छन्।' पहिले जग्गाको सीमा विवाद, दाजुभाइबीच अंशबन्डाको किचलो, आर्थिक लेनदेनजस्ता विषय चल्तीका मुद्दा हुने गरेकामा अचेल दम्पतीका विवाद र यौनिक अप्ठ्याराले जितिरहेको उनी बताउँछन्।
जिल्ला अदालतमा दर्ता भई फैसला हुने मुद्दाको संख्या हेर्दा सम्बन्धविच्छेद पहिलो नम्बरमा छ। स्रेस्तेदार श्रेष्ठकै अनुसार, ११ महिनामा दर्ता भएका कुल मुद्दामध्ये ९६ वटा सम्बन्धविच्छेदका छन् र तीमध्ये ६४ वटा फैसला भइसकेका छन्। ‘११ महिनाभित्रै ६४ जनाको दाम्पत्य जीवन टुक्रिनु चानचुने कुरा होइन,' उनी भन्छन्, ‘यो समाजमा बढ्दो समस्या झल्काउने एउटा ज्वलन्त रूप हो।' सम्बन्धविच्छेद गर्नेमा अन्तरजातीय र ३० वर्षभन्दा मुनिका जोडी धेरै देखिन्छन्।
सम्बन्धविच्छेदका मुद्दाको चाप बढ्नुमा वैदेशिक रोजगारीले ल्याएको खटपट, अन्तरजातीय जोडीमा देखिएको विश्वासको संकट र परिपक्वताको कमी प्रमुख कारण देखिन्छन्। त्यसलाई नजिकबाट नियाल्दै वकालत गर्दै आएकी कानुन व्यवसायी टीका पौड्याल भारद्वाजले ‘समाज आधुनिकतातर्फ लम्किइरहेकाले मुद्दाको स्वरुपमा फेरबदल आएको' अनुभव गरेकी छन्।
यौनहिंसाका घटना लुकाएर राख्ने र समाजमै टालटुल पार्ने प्रवृत्ति हराउँदै जाँदा बलात्कार र जबर्जस्ती करणीका मुद्दाले ठूलो स्थान पाइरहेको हो। बहुविवाह सम्बन्धी नयाँ कानुन बनेपछि न्याय खोज्दै अदालतको शरणमा आउनेक्रम बढेको हो। अधिवक्ता भारद्वाज भन्छिन्, ‘पहिले समाज यति साह्रो खुला थिएन, विवाहपछि अलग्गिने सोच्नै सकिँदैनथ्यो, यौनहिंसा र बहुविवाहपीडितले पनि टाउको निहुर्यााएर बस्नुपर्थ्यो, समाजमा आएको खुलापनले त्यो स्थिति फेरियो।'
पहिले व्यक्तिगत स्वतन्त्रता अनि मात्रै अरू कुरालाई प्राथमिकता दिने प्रवृत्ति बढ्दा अंशबन्डा, जग्गा विवाद, गाली–बेइज्जती, जालसाजी, मानहानिलगायत मुद्दामा कमी आएको अर्का अधिवक्ता लोकबहादुर तामाङ ठहर्यािउँछन्। ‘हरेक मानिस स्वतन्त्रता चाहन्छ र त्यो घरबाटै खोज्छ, श्रीमान्–श्रीमतीबीच विचार नमिल्दा सम्बन्धविच्छेदको मुद्दा दर्ता हुन्छ,' तामाङ भन्छन्, ‘यौनहिंसाका घटना पनि खुला समाजमा अस्वीकार्य भएर बाहिर आएका हुन्।'
पुनरावेदन अदालतमा दर्ता हुने मुद्दामा पनि सम्बन्धविच्छेद, बहुविवाह, बलात्कार र जबर्जस्ती करणीले ठूलो ठाउँ लिँदै छ। इलाममै रहेको यो अदालतमा पाँच वर्षयता यस्ता मुद्दाको चाप धेरै बढेको कर्मचारी बताउँछन्। उक्त अदालतको ‘कज लिस्ट'मा पनि अरू मुद्दासँगै यस्ता मुद्दाले स्थान पाइरहेका देखिन्छन्।