पोखरा-घान्द्रुकका किसम गुरुङ जाडो छल्न कोठाभित्र बसिरहेका थिए। माथिको डाइनिङ कोठामा एक्कासि बिरालो उफ्रेजस्तो आवाज आएपछि उनी झस्के। पुगेर हेर्दा त्यहाँ बिरालो थिएन, सामानहरू राखेको ठाउँबाट तल झरेका थिए। घरबाहिर छिमेकीको हल्लीखल्ली सुनेपछि उनलाई थाहा भयो– ती सामान त भुइँचालोले झारेको रहेछ।
शनिबार साँझ ७:४४ बजे कास्कीको घान्द्रुकभन्दा पश्चिमपट्टि म्याग्दी, पर्वतको सीमालाई केन्द्रबनाएर ५ दशमलव ५ म्याग्निच्युटको भुइँचालो गएको भूकम्पमापन केन्›ले पुष्टि गरेको छ। केन्›का प्राविधिक अधिकृत उमेश गौतमका अनुसार यो मध्यमखाले भुइँचालो हो। भुइँचालोले केन्› बनाएको ठाउँको ठ्याक्कै नाम भने केन्›ले पहिचान गरिसकेको छैन।
भुइँचालो आएको थाहा पाएर घरबाहिर निस्केर दौडँदा पोखरा–३ नदीपुरकी पबिता पाइजा पुनमगर घाइते नै भइन्। बाटोमा लडेर अनुहारमा चोट लागेपछि उनी उपचारका लागि गैह्रापाटनको फिस्टेल अस्पताल पुगेकी थिइन्। उनको घाउमा टाँका लगाउनुपरेको छ।
भुइँचालोको धक्काले पोखरामा पनि धेरैलाई झस्कायो। पोखरा–८ सिर्जनाचोकको पसलमा बसिरहेकी गंगा पोखरेल तासीका सामान एक्कासि खसेपछि झसंग भएकी थिइन्। ‘भर्याैकभुरुक सामान खसे,’ उनले नागरिकसँग भनिन्, ‘हतारहतार पसलबाहिर निस्किएँ।’ उनीजसरी नै अरू थुप्रै जना घरबाहिर सडकमा निस्किएका थिए।
पोखरामा केही सेकेन्ड मात्रै महसुस भएको भुइँचालोबारे कतिले भने थाहै पाएनन्। थाहा पाएकाहरू भुइँचालो फर्कने सक्ने भन्दै केही समय घरबाहिरै बसेका थिए। भुइँचालो कति समय गयो भनेर पत्ता लगाउने वैज्ञानिक आधार नभएको प्राविधिक अधिकृत गौतमले जानकारी दिए। ‘जहाँ केन्›विन्दु हुन्छ त्यहाँ नजिक अलि धेरैबेर र टाढा थोरै धक्का महसुस हुन्छ,’ उनले भने, ‘पोखरानजिकै केन्› भएकाले त्यहाँ महसुस भयो, काठमाडौंसम्म थाहै भएन।’
भुइँचालोका कारण कुनै क्षति भएको विवरण बेलुका अबेरसम्म आएको थिएन। ‘हामीले कतै केही भयो कि भनेर बु‰यौं,’ कास्की प्रहरीप्रमुख एसपी वसन्त लामाले भने, ‘नराम्रो केही भएको खबर पाएका छैनौं।'