इटहरी- माटोको ढिस्कोले पुरिएर सुनसरी महेन्द्रनगरमा सोमबार बिहान एक पुरूषको मृत्यु भएको छ। ढिस्कोले पुरिएर महेन्द्रनगर-६ का ३५ वर्षे दसकुमार राईको मृत्यु भएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ।
बराहक्षेत्र-६ को खोला छेउमा गहिरो खाल्डो खनेर बालुवा झिक्दा माथिबाट लडेर माटो खसेर बिहान ११ बजे किच्दा राईको घटनास्थलमै मृत्यु भएको हो। राईको शवको स्थानीय गाउँले र प्रहरीले खोतेलेर निकालेको प्रहरी निरीक्षक राम ढकालले बताए।