वनले बदलिँदै महिला
२० माघ २०७१
•
६ मिनेट पाठ
वनले बदलिँदै महिला
इलाम-टीका घिमिरे इलामका थुप्रै संघसंस्थामा आबद्ध छिन्। सदरमुकामस्थित पीपलबोटेकी उनी राजनीतिमा समेत सक्रिय छिन्। पतिको निधनपछि एकल भएकी उनी दिउँसो घरमा कम, बाहिर बढी हुन्छिन्। सामाजिक कामको चापले उनको दिनचर्या प्रायः सधैं व्यस्त बन्ने गर्छ।‘एउटा संस्थाको बैठक भ्याएर अर्कोमा पुग्न भ्याइनभ्याइ हुन्छ कहिलेकाहीँ,' हुर्केका सन्तानकी एक्ली अभिभावक घिमिरे भन्छिन्, ‘संस्थागत कामको चापले बेलाबेला त भोकै भइन्छ।' बचत सहकारी, दलीय सञ्जालदेखि विद्यालय व्यवस्थापन र टोल सुधार समितिसम्म उनी निर्णायक भूमिकामा छन्। 
बच्चैदेखि ‘केही नौलो गर्ने' सोच बोकेकी टीकाको व्यक्तित्व सामुदायिक वनले खारिएको हो। काठदाउरा चोर्ने पुरुषको बिगबिगी रहेका बेला गठित गुम्बाडाँडा सामुदायिक वनकी संस्थापक अध्यक्ष र अहिले सल्लाहकार छिन् उनी। चुरेघाँटीनजिकै पहिरोले बगाएको पाखा हराभरा बनाउन यो वन उपभोक्ता समूहको जति योगदान छ, समितिमा बसेर क्षमता निखार्दै समाजमा आफ्नो भूमिका बदल्न महिलालाई उत्तिकै सजिलो।
उपभोक्तासँग हातेमालो गर्दै तस्कर र अतिक्रमण गर्नेसँग पौंठेजोरी खेल्ने काममा वर्षौं बिताएका महिला त्यसैबाट परिपक्व भएर अरू सामाजिक निकायमा आफूलाई निर्णायक स्थानमा उभ्याउँदैछन्। इलामका २ सय २९ सामुदायिक वनमध्ये गुम्बाडाँडासहित छवटा महिलाको भरमा छन्। 
‘पहिरोले बगाएको नांगो पाखोमा हामीले वृक्षरोपण गर्दा धेरै पुरुष हाँसेका थिए, हेर्दाहेर्दै वन हराभरा भएपछि उनीहरु छक्क परे। हाम्रो आत्मविश्वास बढ्न पुग्यो,' डेढ दशकअघि गुम्बाडाँडा सामुदायिक वन स्थापना गर्दाको अवस्थाबारे टीकाले सुनाइन्, ‘उपभोक्तालाई वन मास्न हुँदैन भन्ने सचेत गराउँदै जंगलमा गस्ती गरेर तस्करलाई पस्न नदिएपछि सफल भयौं, त्यही हौसलाले अरू सामाजिक संघसंस्थामा जोडिन सक्षम भयौं।' 
आफू अध्यक्ष भएर समूह गठन गरेपछि टीकाले सामुदायिक वन र यसको व्यवस्थापन विधिबारे थुप्रै जानकारी हासिल गरिन्। ५६ दिनको तालिम लिइन्, जसले उनलाई परियोजना प्रस्ताव लेख्न मात्र होइन उपभोक्ताका आवश्यकता पूर्ति गर्ने विधिबारे मनग्गे ज्ञान दियो। तालिमपछि इलामका धेरैवटा वन समूहको परियोजना प्रस्ताव लेखिदिइन्। आम्दानी केही फराकिलो भयो, सँगसँगै सामाजिक कामको अनुभव पनि।
‘वन समूहको अनुभवबाटै सहकारी खोल्यौं, त्यसलाई पनि महिलाले सफलतापूर्वक चलाइरहेका छौं,' जागृति सहकारीबारे गुम्बाडाँडा वन उपभोक्ता समूहकी अध्यक्ष लीला भट्टराईले भनिन्, ‘वन समूहको कार्यसमितिमा भएका धेरै जना अरू सामाजिक संघसंस्थामा नि आबद्ध छौं, हामीले थालेका काम असफल भएका छैनन्।' 
सडक र विद्युत विस्तारक्रममा वनमाथि हुने अतिक्रमणको खुलेर विरोध गर्ने बानी परेका महिला अतिक्रमणबापत क्षतिपूर्ति खोज्दै वन मन्त्रालयसम्म धाएका छन्। कावेली करिडोर विस्तार गर्नेक्रममा विद्युत प्राधिकरणले बिनाजानकारी छ सयभन्दा धेरै रुख काटेपछि गुम्बाडाँडा वनका महिला क्षतिपूर्ति माग्दै राजधानी पुगे। त्यस क्रममा हात परेको एक लाख रुपैयाँ समूहको कोषमा तुरुन्तै जम्मा गरे। 
गुम्बाडाँडासँगै इलाम नगरपालिकाभित्र राजदुवाली, खहरे पुवाजुङ र शंकरधन सामुदायिक वन महिलाले चलाएका छन्। नगरबाहिर पनि दुईटा वन समूह महिलाकै जिम्मामा छन्। उनीहरूले नेतृत्व गरेका सामुदायिक वनमा अनियमितता भएको पाइँदैन। जिल्ला वन अधिकृत सागरनाथ रिमाल भन्छन्, ‘महिला आर्थिक मामिलामा पारदर्शी हुन्छन्, त्यसैले पनि उनीहरूका वन प्रभावकारी देखिन्छन्।' 
चुलोचौका र घरधन्दामा सीमित धेरैजसो महिलालाई वन समूहमा आबद्ध गराउन सुरुआती दिनमा भने सजिलो नभएको गुम्बाडाँडा सामुदायिक वनकी सचिव पुष्पा खनाल बताउँछिन्। ‘व्यवहारका सबै कुरा पुरुषमाथि निर्भर हुने महिलालाई सुरुमा घरबाट निकाल्नै मुस्किल,' खनालले सुनाइन्, ‘जब समूहमा आबद्ध हुन्छन् तब जिम्मेवारी पूरा गर्न, उपभोक्ता सचेत पार्न र समूहको उन्नति गर्न उनीहरु मज्जाले दत्तचित्त हुन्छन्।'
अर्को समाचार
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
५ घण्टा अघि
•
१ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। आइतबार साँझ करिब ५:५० बजे रुकुम खलंगाबाट दुलीतर्फ जाँदै गरेको लु १ ज २१६० नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब १० देखि १५ मिटर तल खसेको हो। Yetiairlinescontenttopbanner दुर्घटनालगत्तै खटिएको प्रहरी टोलीले घाइते ६ जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्ले, रुकुम पश्चिम पठाएको थियो। तीमध्ये जीप चालक रुकुम पश्चिमकै मुसिकोट नगरपालिका-९ का करिब २८ वर्षीय भीम सिंह बुढामगरलाई साँझ ७:१० बजे चिकित्सकले जाँच गरी मृत घोषणा गरेका थिए।

दुर्घटनामा बाँफिकोट गाउँपालिका-८ दुलीकी करिब ३१ वर्षीया निर्मला के.सी., उनका करिब २ वर्षीय छोरा दिनेश के.सी., सोही स्थानकी करिब ३२ वर्षीया मनिषा बस्नेत र करिब ३६ वर्षीय कर्णबहादुर खत्री घाइते भएका छन्। घाइतेमध्ये निर्मला, मनिषा र कर्णबहादुरको अवस्था सामान्य छ भने दिनेशको अवस्था मध्यम रहेको छ।

यस्तै, सोही दुर्घटनामा मुसिकोट नगरपालिका-१० की करिब १८ वर्षीया जेनिशा वली घाइते भएकी छन्। उनको अवस्था मध्यम रहेको छ। जीपमा चालकसहित १० जना सवार रहेकोमा अन्य चार जना सकुशल छन्। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस