चितवन-गोरखा फुजेलका कृष्ण अधिकारी हत्या प्रकरणका आरोपीलाई चितवन जिल्ला अदालतबाट धरौटी र तारेखमा छाड्न भएको आदेश त्रुटिपूर्ण भन्दै सरकारी वकिलले पुनरावेदन गरेका छन्।जिल्ला न्यायाधिवक्ता एकनारायण लम्सालका तर्फबाट पुस २८ मा जिल्ला अदालतको आदेशविरुद्ध पुनरावेदन अदालत, हैडौंडामा मुद्दा दायर गरिएको हो। पुनरावेदनले उक्त मुद्दासम्बन्धी आदेश र प्रमाणको फाइल पठाउन जिल्ला अदालतलाई पत्राचार गरिसकेको स्रेस्तेदार विद्याराज पौडेलले जानकारी दिए।
जिल्ला अदालतको आदेश रीतविपरीत र त्रुटिपूर्ण रहेको जिल्ला न्यायाधिवक्ता लम्सालले मुद्दापत्रमा जिकिर गरेका छन्।
हजुरबा आमालाई भेट्न गोरखाबाट रत्ननगर आएका बेला २०६१ सालको जेठ २४ गते अधिकारीको हत्या भएको थियो। तत्कालीन नेकपा माओवादीले सुराकीको आरोप उनको हत्या गरिएको भन्दै जिम्मा लिएको थियो। हत्यालगत्तै अधिकारी परिवारले दोषीलाई कारबाही माग गर्दै प्रहरीमा उजुरी दिएको थियो।
कृष्णका बाबुआमा अनशन बस्न थालेपछि विभिन्न विवादका बीच सो हत्या प्रकरणमा किटानी जाहेरी परेका ११ र प्रहरी अनुसन्धानबाट खुलेका थप दुई गरी १३ जनाविरुद्ध चितवन जिल्ला अदालतमा गत वर्ष चैत ३० गते मुद्दा दायर भएको थियो। सरकारी वकिलले जन्म कैद माग गरे पनि त्यसअनुसार कसुर गरेको प्रमाण नपुग्ने जिल्ला अदालतले जनाएको थियो।
थुनामा राख्न मिल्ने गरी पर्याप्त प्रमाण नरहेको भन्दै जिल्ला न्यायाधीस विनोदमोहन आचार्यले त्यति बेला प्रहरी हिरासतमा रहेका छबिलाल पौडेल र भिमसेन पौडेललाई धरौटीमा छाड्न आदेश दिएका थिए।
अदालतमा मुद्दा दायर हुँदा प्रहरीले छविलाल र भीमसेनलाई मात्रै समाएको थियो। अन्य ११ जना फरार सूचीमा थिए। जसमध्ये अहिलेसम्म नौ जना अदालतमा आएर २० देखि ३० हजार रुपैयाँसम्म धरौटी बुझाउँदै रिहा भएका छन्। सुभद्रा तिवारी र रुद्र आचार्य अझै अदालत उपस्थित भएका छैनन्। आरोपी सीता अधिकारी र जानुका पौडेल बिनाधरौटी साधरण तारेखमा छुटे। रुद्र आचार्य बेलायतमा भएकाले रेडकर्नर नोटिस जारी भएको छ। उजुरी दिएको लामो समयसम्म पनि आरोपितलाई प्रहरीले नसमाएपछि कृष्णका बाबु नन्दप्रसाद र आमा गंगामायाले अनशन सुरु गरेका थिए। लगातार ११ महिना अनशन बसेका नन्दलालको अनशनकै क्रममा गत असोजमा मृत्यु भएको थियो।