चितवन-चितवनमा बेग्ला बेग्लै समय र स्थानमा दुईजना पुरुषले आत्महत्या गरेका छन्।चितवन जिल्ला प्रहरी कार्यालयले दिएको जानकारीअनुसार बुधबार बिहान पश्चिम चितवनको नारायणी नगरपालिकामा र मध्यान्ह भरतपुर नगरपालिका क्षेत्रमा रहेको नगर वनमा झुण्डिएर आत्महत्या गरेका पुरुषको शव फेला परेको हो।
नवलपरासी अमरापुरीका ३४ वर्षीय चन्द्र भन्ने हर्षबहादुर परियारले ससुराली घर चितवनको नारायणी नगरपालिका वडा नं. १२ मा आत्महत्या गरेको प्रहरीले जानकारी दिएको छ। उनी एक महिनादेखि ससुरालीमा बस्दै आएका थिए। नगरवनमा मध्यान्ह फेला परेका पुरुषको नाम ठेगना खुल्न सकेको छैन। उनी अन्दाजी ३०/३२ वर्षको रहेको प्रहरीले जानकारी दिएको छ।