भक्तपुर नगरपालिका अनुगमन समितिका संयोजक राजकृष्ण गोराको नेतृत्वमा मंगलबार नगरका दुई स्थानहरुका बधस्थलहरु अनुगमन गरिएको थियो। अनुगमनमा बधस्थल न्युनतम पूर्वाधारसमेत तयार नगरी बधस्थल खोलेको, फोहर देखिएको र मासुहरु हाइजेनिक नभएको बताइएको छ।
अनुगमनमा बर्खेमा रहेको रामबहादुर खर्बुजाको बधस्थल व्यवस्थित र सफा गर्नुपर्ने, भुँई भित्ता सफा गर्न मिल्ने गरी मार्वल वा टायल राख्नुपर्ने, टेबुलमा रहेको फलामको पाटा पूरै खिया परेकोले फेर्नुपर्ने वा खिया नलाग्ने प्रयोग गर्नुपर्ने, टहराको जस्ता समेत खिया परेर प्वालैप्वाल भइसकेको पानी चुहिने भएकोले टहरा पनि व्यवस्थित गर्नुपर्ने, एप्रोन सफा र सेतो प्रयोग गर्ने साथै पसल दर्ता गर्न निर्देशन दिएको छ। न्युनतम पूर्वाधार समेत तयार नगरी बधस्थल खोलेको देखिएको अनुगमनमा सहभागी वडा निरीक्षक रामकृष्ण प्रजापतिले बताए।
जय शुभकार्य मिट सप तीन दिनभित्र नविकरण गर्न, फोहर सिधै खोलामा पठाएको देखिएकोले नपठाउन र फोहर पानी समेत उपचार पछि मात्र खोलामा पठाउन, एप्रोन सेतो र सफा प्रयोग गर्ने, राँगो बधस्थल गर्ने स्थान जीउँदो राँगोले नदेख्ने गरी राख्ने, मूल्यसूचि राख्ने, तराजु नापतौल विभागमा नविकरण गर्ने, सरसफाईमा ध्यान दिने र भुँई भित्ता सफा गर्न मिल्ने गरी मार्वल र टायल राख्ने र बधस्थल व्यवस्थित नभएकोले तीन दिनभित्र उपस्थित हुन निर्देशन दिएको छ।
परेदेशी भीमसेन मिट सपले बिना दर्ता मासु पसल र बधस्थल समेत खोली राखेकोमा बधस्थल बन्द गर्ने गरी पसल मात्रै त्यहीं स्थानमा दर्ता गराई बधस्थल संचालन गर्ने भए दर्ता गरी मात्र संचालन गर्न निर्देशन दियो भने मूल्यसूचि राख्न, सरसफाइमा ध्यान दिन, ढक तराजु नापतौल विभागमा नविकरण गर्न, भुँई भित्ता सफा गर्न मिल्ने गरी मार्वल वा टालय राख्न र एप्रोन सेतो र सफा प्रयोग गर्न निर्देशन दिएको वडा निरीक्षक प्रजापतिले बताए।
अनुगमनमा सदस्य हरिराम सुवाल, रोशनमैया सुवाल, उद्योग बाणिज्य संघ भक्तपुरका बिश्वराम दुवाल, घरेलु तथा साना उद्योग संघ भक्तपुरका लक्ष्मीप्रसाद कवाँ, राष्ट्रिय उपभोक्ता मञ्चका मनोज थापा, भनपा श्यानिटेशका वडा निरीषक रामकृष्ण प्रजापति, कर शाखाका न्हुज किजु, महानगरीय प्रहरी प्ररिसरका प्रहरी सहायक निरीक्षक रेशमबहादुर कार्की सहभागी थिए।