सडकमा जमेको हिउँ पन्छ्याउन डोजर लगाइँदै
२१ माघ २०७८
•
४ मिनेट पाठ
सडकमा जमेको हिउँ पन्छ्याउन डोजर लगाइँदै
बिहीबारदेखि परिरहेको हिमपातका कारण कर्णाली राजमार्ग ठप्प भएपनि डोजर लगाएर हिउँ पन्छ्याउन थालिएको छ। एकाविहानै जुम्लाका प्रमुख जिल्ला अधिकारी बिजयाकुमारी प्रसाईको टोलीले डोजर लिएर हिउँ पन्छ्याउन थालेको हो। कर्णाली राजमार्गको जुम्ला खण्डको सडकमा झण्डै एक फिट हिउँ जमेको छ। हिउँमा सवारी चलाउँदा चिप्लिने डरले गर्दा सवारीसाधन चल्न सकेका छैनन्।  




सहायक प्रमुख जिल्ला अधिकारी प्रमिला रिजाल डोजरले हिउँ पन्छ्याउने कार्य भएपनि हिउँ थपिन थालेपछि सडक खुलाउन कठिन भइरहेको बताउँछिन्। उनले भनिन्, ‘हिउँले सडक ठप्प छ। बिहानैदेखि डोजर लगाएर हिउँ पन्छ्याउने प्रयास भइरहेको छ। तर निरन्तर हिउँ परिरहेकोले सडक खुल्न सकेको छैन।’

सडक खुलाउनको लागि सदरमुकाम खलंगाबाट दुई डोजर प्रयोग गरिरहेको छ। प्रमुख जिल्ला अधिकारी प्रसाईले सडक डिभिजनलाई सडक खुलाएर सडक सञ्चालन गर्न निर्देशन दिएको बताए। टोली लाम्रा गाउँसम्म पुगेको थियो। सडकमा हिउँले थुनिएका केही सवारी सदरमुकाम पठाउने काम भयो। तर हिउँ थपिने भएकोले सडक खुलाउन सकिएको छैन। प्रमुख जिल्ला अधिकारी प्रसाइले भनिन्, ‘हिउँ परिरहेकोले उच्च सतर्कता अपनाउनको लागि अपील गरिएको छ।’

हिमपातका कारण कर्णालीको सडक मार्ग खुलेको छैन। सडक खुलाउनको लागि प्रमुख जिल्ला अधिकारी प्रसाई, नेपाली सेना नन्दबक्स गणका गणपति रविन थापा, सशस्त्र प्रहरी बलका एसपी चित्राङगत दाहाल, प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्द, अनुसन्धान अधिकृत राजकुमार न्यौपाने र नेपाल पत्रकार महासंघ जुम्लाका अध्यक्ष नेत्रबहादुर शाही र उपाध्यक्ष दिलमाया शाहीसहितको टोली हिउँ पन्छ्याउन डोजर लिएर सडकमा निस्किएको थियो।  

भारी हिमपातका कारण हवाइ सेवा समेत नराम्ररी प्रभावित बनेको छ। बिहीबार बेलुकादेखि परेको हिमपातले जुम्लामा राष्ट्रिय विद्युत् प्रसारण लाइन अवरुद्ध भएको छ। हिमपातले ठाउँठाउँमा पोल र तारमा क्षति पुगेपछि राष्ट्रिय विद्युत् प्रसारण लाइन अवरुद्ध भएको हो।  

जुम्लामा राष्ट्रिय विद्युत् प्रसारण लाइन पुगेपछि बिजुली बाल्ने ग्राहक थपिएका छन्। विद्युत् अवरुद्ध भएपछि झन्डै तीन हजार पाँच सय ग्राहक प्रभावित भएका छन्। विद्युत् अवरुद्ध हुँदा नागरिकले मोबाइलसमेत चार्ज गर्न नपाउदा एक–आपसमा खबर आदान–प्रदानमा समस्या भएको नागरिक समाज जुम्लाका अध्यक्ष राजबहादुर महतले बताए।  

नेपाल विद्युत् प्राधिकरण जुम्ला वितरण केन्द्रका प्रमुख नरेश रावलका अनुसार लगातारको हिमपातले विद्युत् पोल र तारमा क्षति पुगेको हुँदा विद्युत् सेवा अवरुद्ध भएको छ। उनले भने, ‘कहाँ कति क्षति भएको त्यसको यकिन हुन सकेको छैन।’ हिमपातकै कारण सडक अवरुद्ध भएकाले कर्मचारी पनि खटाउन नसकिएको उनले बताए। ‘हिमपातले क्षति पुगेको क्षेत्रका विषयमा विद्युत् प्राधिकरणलाई जानकारी पनि गराइदिन आग्रह गरिएको छ,’ उनले भने। विद्युत् अवरुद्ध भएको क्षति यकिन गरी मर्मत गरेर पुनः सञ्चालनमा आउन समय लाग्ने भएको छ। अझै हिमपात भइरहेकोले मौसम खुलेपछि मात्रै क्षति यकिन र मर्मत कार्य हुने उनले बताए।

हिमपातका कारण जुम्ला ढाकिएको छ। जुम्लाको एक नगरपालिकासहित ७ वटै गाउँपालिकाले हिउँले सेताम्य भएका छन्। जुम्ला हिउँले ढाकिएपछि जनजीवन निकै प्रभावित बनेको छ। बिहीबार विहानदेखि एक्कासी बादल लागेर हिउँ पर्न थालेको थियो।  

सदरमुकाम आसपासमा झण्डै आधा फिट हिउँ जमेको छ। उच्च हिमाली भेगतिर दुई फिटसम्म हिउँ परेको स्थानीय बताउँछन्। हिउँ परेपछि अत्यधिक चिसो बढेको छ। चिसोका कारण जनजीवन निकै प्रभावित बनेको छ।  

हिउँले विद्यालयको पठनपाठन रोकिएको छ। हवाइ तथा सडक यातायात पुर्णरुपमा ठप्प हुँदा यात्रु मर्कामा परेका छन्। यो हिउँले किसानलाई निकै फाइदा पुर्याएको छ। सरकारी तथा गैरसरकारी कार्यालय खुल्न सक्ने अवस्थामा छैनन्। हिउँदे विदाको अवसर पारेर खुलेको ट्युसन तथा कोचिङ सेन्टर चल्न सकेका छैनन्।  

हिमाली क्षेत्रमा रहेका बस्तीतिर गाइबस्तुलाई दानापानी गर्न पनि असहज भइरहेको छ। चिसोले बालबालिकादेखि बुढाबुढी बढी प्रभावित छन्। कर्णालीको हुम्ला, मुगु, जुम्ला, डोल्पा र कालिकोटको उच्च हिमाली क्षेत्रमा हिमपात भएको छ।  

भारी हिमपात भइरहेकोले अत्यावश्यक काम बाहेक घरबाहिर ननिस्कन स्थानीय प्रशासनले अपील गरेको छ। तिला गाउँपालिका ९ का मोतिराम बुढा हिमपातले बालीनाली सप्रिने बताउँछन्। स्याउ बगैँचा व्यवस्थापनका लागि यो हिउँले निकै राहत मिल्ने किसान बताउँछन्।    

हिउँ खेल्न स्थानीय युवायुवती सदरमुकाम खलंगामा निस्केका छन्। भारी हिमपात भएकोले अब बिस्तारै तातो बढ्दै जाने विश्वास गरिएको छ। यो वर्ष पुस महिनामा दुई पटक र माघ महिनामा एक पटक हिउँ परेको हो। हिउँले सिंगो कर्णाली सेताम्य भएको छ।
अर्को समाचार
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
१ घण्टा अघि
•
१ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
फाइल तस्बिर
भोजपुर, जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्चालन गर्ने तयारी गरेका छन्। पदमार्गको प्रचारप्रसार गर्दै आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्ने लक्ष्यसहित पाँच पालिकाले बजेट विनियोजन गरेर कार्यक्रम सञ्चालनको तयारी अघि बढाएका हुन्।

भोजपुर नगरपालिका, टेम्केमैयुङ गाउँपालिका, आमचोक गाउँपालिका, हतुवागढी गाउँपालिका र रामप्रसादराई गाउँपालिकाका जनप्रतिनिधिबीच भएको संयुक्त बैठकमा अल्ट्रा म्याराथन सञ्चालन तथा ग्रेटर मुन्दुम पदमार्गको विकास र प्रवर्द्धनका विषयमा प्रारम्भिक छलफल भएको छ।

अल्ट्रा म्याराथन सञ्चालनका लागि पाँचवटै पालिकाले कुल रु ५५ लाख बजेट विनियोजन गरेको रामप्रसादराई गाउँपालिका अध्यक्ष थामबहादुर राईले बताए। जसअनुसार टेम्केमैयुङ गाउँपालिका र भोजपुर नगरपालिकाले रु २०/२० लाख तथा आमचोक, हतुवागढी र रामप्रसादराई गाउँपालिकाले रु पाँचपाँच लाख बजेट विनियोजन गरेका छन्। थप निर्णय भने आगामी मङ्सिर २५ गते बस्नेत वैठकले गर्ने अध्यक्ष राईले बताए।

पाँचवटै स्थानीय तहको साझा पहलमा कार्यक्रम सञ्चालन गर्ने तयारीस्वरूप बजेट व्यवस्थापन र सञ्चालन प्रक्रियाका विषयमा छलफल गरिएको टेम्केमैयुङ गाउँपालिकाका अध्यक्ष सरोज बस्नेतले जानकारी दिनुभयो। उहाँले स्थानीय तहबीचको सहकार्यबाट मुन्दुम पदमार्गलाई राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा चिनाउन र पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउन सकिने बताए।

 

अल्ट्रा म्याराथन सञ्चालनले पदमार्गको प्रचारप्रसारसँगै यस क्षेत्रको प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा, मौलिक परम्परा र स्थानीय जीवनशैलीलाई चिनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। प्रतियोगितामा देश तथा विदेशका धावकको सहभागिता गराउन सके यस क्षेत्रको पर्यटन प्रवर्द्धनमा थप योगदान पुग्ने उनले बताए।

पदमार्ग आसपासका बासिन्दालाई पर्यटन व्यवसायमा जोड्दै स्थानीय उत्पादनको बजारीकरण, होटल तथा घरबास सेवा विस्तार र रोजगारी सिर्जनामा समेत यस्तो कार्यक्रमले सहयोग पु¥याउने जनाइएको छ र  पाँचवटै पालिकाको संयुक्त प्रयासबाट ग्रेटर मुन्दुम पदमार्गलाई साहसिक पर्यटनको आकर्षक गन्तव्यका रूपमा स्थापित गर्ने लक्ष्य राखिएको छ।

बैठकमा भोजपुर नगरपालिकाका प्रमुख कैलासकुमार आले, टेम्केमैयुङ गाउँपालिकाका अध्यक्ष सरोज बस्नेत, उपाध्यक्ष रमादेवी राई, हतुवागढी गाउँपालिकाका अध्यक्ष प्रेमकुमार राई, रामप्रसादराई गाउँपालिकाका अध्यक्ष थामबहादुर राई, उपाध्यक्ष वीरेन्द्र राई र आमचोक गाउँपालिकाका अध्यक्ष सीता राईलगायतको उपस्थिति रहेको थियो। 

 



महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock २ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock ११ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस