बुधबार रातिदेखि आएको वर्षासँगै हावाहुरीको कारण रौतहटमा एक महिलाको मृत्यु भएको छ। रौतहटको बौद्धिमाई नगरपालिका १ अजगैवीमा बिहीबार दिउँसो वर्षासँगै आएको हावाहुरीका कारण घर भत्किएर एक महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ।
बिहीबार दिउँसो करिब १२ बजेको समयमा आएको हावाहुरीले अजगैवीका राम मंगल राय यादवको खपडाको घर भत्किएको हो। गोठको रुपमा प्रयोग हुँदै आएको घरमा बसेकी यादवकी ४५ वर्षीया श्रीमती फुलमतियादेवी घरमा च्यापिएकी थिइन्।
घर भत्किनासाथ उद्धारमा जुटेका स्थानीयले प्रहरीलाई खबर गरेका थिए। घटनास्थल पुगेको प्रहरीको टोलीले काठ, खपडा र इँटाले च्यापिएर गम्भीर घाइते भएको अवस्थामा महिलालाई उद्धार गरी अस्पताल पुर्याउने काम गरेको थियो।
मौलापुर अस्पताल पुर्याएपछि अस्पतालले महिलालाई मृत घोषित गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। घर भत्किँदा यादवका दुई बाख्रासमेत मरेको प्रहरीको भनाइ छ।
बुधबार रातिदेखि बिहीबार करिब दिनभर परेको पानीले रौतहटमा बालीनालीलाई ठूलो क्षति पुर्याएको छ।