पूर्व पश्चिम राजमार्ग अन्तर्गत सुनसरीको भोक्राहा नरसिंहको फुलचोकमा बस र ट्रक एक आपसमा ठोक्किएर आगलागी भएको छ। आगलागी भएको स्थलमा प्रहरीको टोली पुगेर आगो नियन्त्रण गरी रहेको छ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार आगलागी भएको स्थानमा प्रहरीले आगो नियन्त्रणसँगै मानवीय क्षतिबारे बुझ्ने काम थालेको छ। एसपी सञ्जयसिंह थापाले बस र ट्रकमा मानिस भएको आशंका गरिएपनि पत्ता लागि सकेको छैन। ‘मानिस पनि भएको आशंका गरिएको छ,’ उनले भने, ‘अहिले आगो नियन्त्रण र मानिस भए/नभएको काममा प्रहरी व्यस्त भएकाले गर्दा केही डिटेल भन्न सकिने अवस्था छैन।’