भक्तपुरकै चर्चित पर्यटकीय गन्तव्यस्थल नगरकोट सुनसान जस्तै भएको वर्षाै भएको थियो। तर शुक्रबार र शनिबार एक्कासी आन्तरिक पर्यटकले भरिभराउ भयो नगरकोट। कारण थियो हिउँ पर्नु। हिउँ परेको खवरसँगै शुक्रबार साँझदेखि जान थालेको आन्तरिक पर्यटकको भीड शनिबार थेगी नसक्नु भयो त्यहाँ।
नगरकोट नाल्दुम पर्यटन विकास समितिका अध्यक्ष नवीन गुरुङको अनुमानमा दुई दिन गरेर त्यहाँ २० हजारको हाराहारीमा आन्तरिक पर्यटकहरु आए। ‘शुक्रबार साँझ हिउँ पर्न थालेसँगै त्यस दिन मात्र एक दुई हजार पर्यटक आए, उनले नागरिकसँग भने, ‘शनिबार त विहानैदेखि हुलकाहुल आएर झण्डै १५ देखि २० हजार पुगेको अनुमान हामीले गरेका छौ।’
हिउँ पर्न रोके पनि बाँकी भएको हिउँमा खेल्न त्यहाँ हजारौ आन्तरिक पर्यटकहरु पुगेका थिए। शुक्रबार त्यहाँ एक बजेदेखि साढे तीन बजेसम्म निरन्तर हिउँ परेको थियो। त्यसबाट त्यहाँ एक फिटसम्म हिउँ परेको थियो। अत्याधिक हिउँ परेर सडक नै अवरुद्ध भएपछि डोजर लगाएर शुक्रबार हिउँ पन्छाइएको थियो।
हिउँ परेसँगै शुक्रबार दिउँसो नै त्यहाँ पुगेका भक्तपुरका इन्जिनियर कृष्णभक्त दुवाल त्यही साथीहरुसँगै रात विताएको बताउँछन्। हिउँसँग खेल्न विशेष रुचि राख्ने उनका अनुसार त्यहाँ ११ वर्षपछि नगरकोटमा यतिको हिउँ परेको हो।
नगरकोट नाल्दुम पर्यटक विकास समितिको तथ्याक अनुसार नगरकोटमा सानाठूला गरी सात दर्जनको हाराहारीमा होटलहरु रहेका छन्। तिनीहरुमा दैनिक आठ सयदेखि आठ सय ५० कोठाहरु रहेका छन्, पर्यटकलाई बसाउन।
तर पनि अहिले विदेशी पर्यटक शुन्य प्रायः छ। दैनिक अहिले विदेशी पर्यटकहरु पाँच ६ दर्जन जति मात्रै त्यहाँ पुग्ने तथ्याक रहेको छ। भूकम्पपछि घटेको पर्यटक कोभिडले झनै शून्य प्रायमा झारेको हो। तथ्याक अनुसार नभए त्यहाँ सिजनमा दैनिक एक हजादेखि एक हजार दुई सय र अफ सिजनमा दैनिक पाँच सयदेखि ६ सय पर्यटकहरु आइरहेका थिए।
यहाँ आउने पर्यटकहरुसँग चाँगुनारायण र काभ्रको मदनदेउपुर नगरपालिकाले सयुक्त रुपमा प्रवेश शुल्क पनि उठाउँदै आएको छ। भक्तपुर र काभ्रेको सिमानाको रुपमा रहेको यस ठाउँमा आउने गैर सार्क राष्ट्रका पर्यटकहरुसँग प्रति पर्यटक तीन सय ३९ र सार्क राष्ट्रका पर्यटकहरुसँग दुई सय २६ रुपैयाँ प्रवेश शुल्क उठाउँदै आएको छ।
भक्तपुरबाट नगरेकाट पुग्ने मुख्य सडक जीर्ण छ। यही कारण पनि त्यहाँ जाने पर्यटक डाइभर्स भइरहेका छन्। नगरको पुग्न मुख्य सडकका साथै काठमाडौ र भक्तपुरकै अर्को बाटो भएर नगरकोट पुग्न सकिन्छ। तर ती सडक पनि जीर्ण भएका कारण पर्यटक बोक्ने ठूला तथा साना गाडी उक्त सडक भएर जान मान्दैनन्। भक्तपुरको भत्केको पाटीबाट सुडाल -जीतपुर- थाकलमठ- कलमसी हुँदै नगरकोट टावर भएर नगरेकाट पुग्ने वैकल्पिक सडक पनि जीर्ण छ।
नगरकोटबाट देखिने विभिन्न हिमालको मनोरम दृश्य, सूर्य उदाएको तथा अस्ताएको हेर्ने प्रमुख आकर्षक गन्तव्य रुपमा नगरकोटलाई चिनिन्छ। तर सडकको दुरावस्थाका कारण पर्यटक त्यहाँ जान रुचाउन छाडेको पछिल्लो तथ्याङ्कले देखाएको छ।
जुम्ला। डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
नागरिकता प्रमाणपत्रलगायत जिल्ला प्रशासन कार्यालयबाट प्रवाह हुने सेवा उपलब्ध गराउने उद्देश्यले धोमा इलाका प्रशासन कार्यालय स्थापना गरिएको छ।यसअघि शे–फोक्सुण्डो, छार्काताङसोङ र डोल्पोबुद्ध गाउँपालिकाका नागरिक प्रशासनिक कामका लागि दुनै पुग्न बाध्य थिए।
भौगोलिक विकटताका कारण सेवा लिनै २५ देखि ३० हजार रुपैयाँसम्म खर्च गर्नुपर्ने अवस्था थियो। अब धोमा कार्यालय स्थापना भएपछि तीनवटै स्थानीय तहका नागरिकलाई प्रशासनिक सेवा लिन सहज हुने भएको छ।
इलाका प्रशासन कार्यालयका प्रमुख पदमबहादुर शाहीको अध्यक्षता तथा डोल्पोबुद्ध गाउँपालिकाका अध्यक्ष कार्मा छोइवेल गुरुङले कार्यालय उद्घाटन गरेका हुन्।
जिल्ला प्रशासन कार्यालय डोल्पाले २०८० असोज २५ गते गृह मन्त्रालयलाई पत्राचार गर्दै माथिल्लो डोल्पामा इलाका प्रशासन कार्यालय स्थापना गर्न प्रस्ताव गरेको थियो। २०८० चैत ५ गते मन्त्रालयलाई पठाइएको अर्को पत्रमा तीनवटै स्थानीय तहका नागरिकको प्रशासनिक पहुँच सहज बनाउन धोमा कार्यालय स्थापना गर्नुपर्ने आवश्यकता औंल्याइएको थियो।
जिल्ला प्रशासन कार्यालयका अनुसार शे–फोक्सुण्डोमा एक हजार ९४२, छार्काताङसोङमा आठ हजार ७४२ र डोल्पोबुद्धमा एक हजार २५६ जनसंख्या छ। भौगोलिक विकटताका कारण लामो समयदेखि प्रशासनिक सेवाबाट कठिनाइ भोगिरहेका यी क्षेत्रका नागरिकका लागि कार्यालय स्थापना राज्यको सेवा गाउँसम्म पुर्याउने महत्वपूर्ण कदम बनेको छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...