जुम्ला हिउँले सेताम्मे बनेको छ। दोस्रो पटक परेको भारी हिमपातले जुम्ला टल्किएको हो। हिमपातले सडक यातायातदेखि हवाई यातायातसम्म ठप्प भए। जनजीवन निकै कष्टकर बन्यो। उच्च हिमाली क्षेत्रमा तीन फिटसम्म हिउँ परेको छ। तल्लो क्षेत्रमा एकदेखि डेढ फिटसम्म हिउँ जमेको छ।
बाक्लो हिउँ जमेकोले अझै दई तीनसम्म हिउँ पग्लन समय लाग्ने देखिएको छ। निरन्तर हिउँ परेपछि घाम लागेको थियो। घामले हिउँमा जुम्ला टल्किएको छ। हिउँ खेल्न र हिउँमा फोटो खिच्नेको भिडभाड नै देखिएको छ। जिल्लाको जुम्ला विमानस्थल, चन्दननाथ भैरवनाथ मन्दिर र डुडुलचैत्य गुम्बामा बिहानैदेखि हिउँमा फोटो खिचेको भिड नै लागेको छ।
बाक्लो हिउँ जमेपछि कर्णाली राजमार्गमा गाडी गुड्न सकेनन्। कर्णाली राजमार्गमा झण्डै एक फिट हिउँ जम्यो। लामो समयपछि पहिलो पटक ठूलो हिमपात भएको बुढापाकाहरु बताउँछन्। हिमपातले विद्युत सेवा ठप्प छ। ठाउँ ठाउँमा बिजुली र ईन्टरनेका तार समेत चुटिएका छन् स्थानीय तहमा रहेका एम्बुलेन्स समेत थन्किएका छन्। बसपार्क क्षेत्रमा गाडी, अटो र मोटरसाईकल समेत राजमार्गमा हिँड्न सकेनन्।
सडक हिउँले ढाकेपछि स्थानीय प्रशासनले डोजर लगाएर हिउँ पन्छायो। हिउँ पन्छाउने कार्यमा सुरक्षाकर्मी परिचालन भए। हिउँ पन्छाएर भएपनि सडक यातायात सुचारु गरिएको प्रमुख जिल्ला अधिकारी बिजयाकुमारी प्रसाईले बताईन्। कर्णाली राजमार्गको खल्लाचौर र ऐरेनी हुँदै जुम्ला कालिकोटको सिमाना नाग्मसम्म हिउँ पन्छाएर सडक यातायात चलाइएको जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ।
हिउँ जमेपछि रोकिएका दर्जनौ गाडी डोजर लगाएर आवतजावत गराएको प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्दले जानकारी दिए। भारी हिमपातले बिहीबारदेखि मानिसहरु घरभित्रै थन्किएका थिए। पशुचौपाया पनि गोठभित्रै थन्किए। अहिले हिउँ खेल्न युवायुवती घर बाहिर निस्केका छन्।
हिउँले हिउँदेबाली सप्रनेमा किसान आशावादी छन्। चिसो अत्यधिक बढेको छ। जलतथा मौसम विज्ञान फिल्ड कार्यालय जुम्लाका अनुसार जुम्लाको न्यूनतम तापक्रम माईनस एक दशमलव शुन्य म तापक्रम २.२ रहेको छ।
कर्णालीको जुम्ला, हुम्ला, मुगु र डोल्पा विमानस्थलको धावनमार्गमा बाक्लो हिउँ जमेको छ। तीन दिन देखि हवाई सेवा चल्न सकेको छैन। जुम्ला विमानस्थलका प्रमुख सन्तोष अधिकारीले मौसमको खरावीले जहाज चल्न नसकेको बताए। हुम्लामा झण्डै ३ फिट भन्दा बढी हिउँ जमको छ। जनजीवन कष्टकर छ। हिमपातले आवतजावतमा कठिनाई देखिएको छ।
भारी हिमपातले जनजीवन प्रभावित भएको छ। हिमपातसंगै बढेको अत्यधिक चिसोले गर्भवती महिला, बालबालिका, जेष्ठनागरिक र दिर्घरोगीको दैनिकी कष्टकर बनेको छ। अन्तरपालिका र अन्तर जिल्ला आवतजावतमा समेत समस्या भएको छ। तर माघ अन्तिममा परेको हिँउले कृषि क्षेत्रलाई ठूलो राहत पुर्याउने भएपछि किसान निकै उत्साहित भएका छन्।
पातारासीका स्याउ किसान जनकबहादुर बोहराले हिउँले कर्णालीको हिउँदेबालीलाई निकै राहत गर्ने बताउँछन्। स्याउ बगैचा व्यवस्थापन, सिँचाइमा समेत सहयोग पुग्छ। विरुवा काँटछाँट र हिउँ संकलन पोखरी बनाउने, हिउँका डल्ला बनाएर स्याउका खाल्डामा हाल्ने काम सुरु भएको छ। सिँचाइ पहूँच नभएको ठाउँमा हिउँले राहत पुगेको छ।
कृषि उत्पादन बढाउने, भोकमरी नहुने पनि विश्वास गरिएको छ। विशेष गरी अहिलेको हिउँले स्याउ बगैचा व्यवस्थापनमा टेवा पुर्याउँछ। हाल जुम्लाका झण्डै १७ हजार बढी घरधुरी स्याउ खेतीमा निर्भर रहेका छन्।
कृषि विकास कार्यालयका प्रमुख गणेश अधिकारी अहिले परेको हिउँलाई संकलन गरी हिउँपोखरी बनाएमा सिँचाइका लागि टेवा पुग्ने बताउँछन्। विभिन्न गाउँमा हिउँ संकलन पोखरी निर्माण भएकोले हिउँ जम्मा गरी स्याउ बगैचा, तरकारीबारीमा सिँचाइ गर्न सकिनेमा जोड दिए।
हिउँ संकलन पोखरी नभएका किसानले भर्खर रोपेका स्याउको विरुवा वरिपारि खाडल बनाएर हिउँ जम्मा गरिदिएपछि महिनौ दिनसम्म सिँचाइ गर्नु नपर्ने समेत प्रमुख अधिकारीले बताए।
भोजपुर, जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्चालन गर्ने तयारी गरेका छन्। पदमार्गको प्रचारप्रसार गर्दै आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्ने लक्ष्यसहित पाँच पालिकाले बजेट विनियोजन गरेर कार्यक्रम सञ्चालनको तयारी अघि बढाएका हुन्।
भोजपुर नगरपालिका, टेम्केमैयुङ गाउँपालिका, आमचोक गाउँपालिका, हतुवागढी गाउँपालिका र रामप्रसादराई गाउँपालिकाका जनप्रतिनिधिबीच भएको संयुक्त बैठकमा अल्ट्रा म्याराथन सञ्चालन तथा ग्रेटर मुन्दुम पदमार्गको विकास र प्रवर्द्धनका विषयमा प्रारम्भिक छलफल भएको छ।
अल्ट्रा म्याराथन सञ्चालनका लागि पाँचवटै पालिकाले कुल रु ५५ लाख बजेट विनियोजन गरेको रामप्रसादराई गाउँपालिका अध्यक्ष थामबहादुर राईले बताए। जसअनुसार टेम्केमैयुङ गाउँपालिका र भोजपुर नगरपालिकाले रु २०/२० लाख तथा आमचोक, हतुवागढी र रामप्रसादराई गाउँपालिकाले रु पाँचपाँच लाख बजेट विनियोजन गरेका छन्। थप निर्णय भने आगामी मङ्सिर २५ गते बस्नेत वैठकले गर्ने अध्यक्ष राईले बताए।
पाँचवटै स्थानीय तहको साझा पहलमा कार्यक्रम सञ्चालन गर्ने तयारीस्वरूप बजेट व्यवस्थापन र सञ्चालन प्रक्रियाका विषयमा छलफल गरिएको टेम्केमैयुङ गाउँपालिकाका अध्यक्ष सरोज बस्नेतले जानकारी दिनुभयो। उहाँले स्थानीय तहबीचको सहकार्यबाट मुन्दुम पदमार्गलाई राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा चिनाउन र पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउन सकिने बताए।
अल्ट्रा म्याराथन सञ्चालनले पदमार्गको प्रचारप्रसारसँगै यस क्षेत्रको प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा, मौलिक परम्परा र स्थानीय जीवनशैलीलाई चिनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। प्रतियोगितामा देश तथा विदेशका धावकको सहभागिता गराउन सके यस क्षेत्रको पर्यटन प्रवर्द्धनमा थप योगदान पुग्ने उनले बताए।
पदमार्ग आसपासका बासिन्दालाई पर्यटन व्यवसायमा जोड्दै स्थानीय उत्पादनको बजारीकरण, होटल तथा घरबास सेवा विस्तार र रोजगारी सिर्जनामा समेत यस्तो कार्यक्रमले सहयोग पु¥याउने जनाइएको छ र पाँचवटै पालिकाको संयुक्त प्रयासबाट ग्रेटर मुन्दुम पदमार्गलाई साहसिक पर्यटनको आकर्षक गन्तव्यका रूपमा स्थापित गर्ने लक्ष्य राखिएको छ।
बैठकमा भोजपुर नगरपालिकाका प्रमुख कैलासकुमार आले, टेम्केमैयुङ गाउँपालिकाका अध्यक्ष सरोज बस्नेत, उपाध्यक्ष रमादेवी राई, हतुवागढी गाउँपालिकाका अध्यक्ष प्रेमकुमार राई, रामप्रसादराई गाउँपालिकाका अध्यक्ष थामबहादुर राई, उपाध्यक्ष वीरेन्द्र राई र आमचोक गाउँपालिकाका अध्यक्ष सीता राईलगायतको उपस्थिति रहेको थियो।
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...