हिउँ परेपछि आन्तरिक पर्यटकले नगरकोट भरिभराउ
२३ माघ २०७८
•
२ मिनेट पाठ
हिउँ परेपछि आन्तरिक पर्यटकले नगरकोट भरिभराउ
भक्तपुरकै चर्चित पर्यटकीय गन्तव्य नगरकोट सुनसानजस्तै भएको वर्षाैं भएको थियो। तर शुक्रबार र शनिबार सो ठाउँ एकाएक भरिभराउ भयो। कारण थियो, हिउँ पर्नु। हिउँ परेको खबरसँगै शुक्रबार साँझदेखि जान थालेको आन्तरिक पर्यटकको भिड शनिबार झनै थेगिनसक्नु भयो।




नगरकोट नाल्दुम पर्यटन विकास समितिका अध्यक्ष नवीन गुरुङको अनुमानमा दुई दिनमा त्यहाँ २० हजारको हाराहारीमा आन्तरिक पर्यटक आएका छन्। ‘शुक्रबार साँझ हिउँ पर्न थालेसँंगै त्यस दिन मात्र दुई हजारको हाराहारीमा पर्यटक आए,’ उनले नागरिकसँंग भने, ‘शनिबार त बिहानैदेखि हुलका हुल पर्यटक आए। दुई दिनमा झन्डै १५ देखि २० हजार पर्यटक आइपुगेको अनुमान हामीले गरेका छौं।’

हिउँ पर्न रोकिए पनि बाँकी हिउँ खेल्न त्यहाँ हजारौं आन्तरिक पर्यटक पुगेका थिए। शुक्रबार त्यहाँ १ बजेदेखि साढे ३ बजेसम्म निरन्तर हिउँं परेको थियो। त्यसबाट त्यहाँ एक फिटसम्म हिउँं जमेको थियो। अत्यधिक हिउँं परेर सडक नै अवरुद्ध भएपछि डोजर लगाएर शुक्रबार हिउँं पन्छाइएको थियो।

हिउँ परेसँगै शुक्रबार दिउँसो नै नगरकोट पुगेका भक्तपुरका इन्जिनियर कृष्णभक्त दुवालले साथीहरूसँगै त्यहीँ नै रात बिताए। हिउँसँग खेल्न विशेष रुचि राख्ने उनले ११ वर्षपछि नगरकोटमा बाक्लो हिउँ परेको जानकारी दिए। नगरकोट नाल्दुम पर्यटक विकास समितिको तथ्यांकअनुसार नगरकोटमा सानाठुला गरी सात दर्जनको हाराहारीमा होटल छन्। तिनीहरूमा आठ सयदेखि आठ सय ५० कोठा छन्। तर पनि अहिले विदेशी पर्यटक शून्यप्रायः छ। दैनिक अहिले विदेशी पर्यटकहरू ५÷६ दर्जनजति मात्रै त्यहाँ पुग्ने तथ्यांक छ।

२०७२ सालको भूकम्पपछि घटेको पर्यटक कोभिडले झनै शून्यप्रायमा झारेको समितिको भनाइ छ। यकिन तथ्यांक नभए पनि त्यहाँ सिजनमा दैनिक हजारदेखि १२ सयसम्म र अफ सिजनमा ५ देखि ६ सय पर्यटक पुग्ने गरेका थिए। नगरकोट आउने पर्यटकहरूसँग चाँगुनारायण र काभ्रेको मदनदेउपुर नगरपालिकाले संयुक्त रूपमा प्रवेश शुल्क पनि उठाउँदै आएको छ। भक्तपुर र काभ्रेको सिमाना रहेको नगरकोटमा आउने गैरसार्क राष्ट्रका पर्यटकसँग प्रतिपर्यटक ३ सय ३९ र सार्क राष्ट्रका पर्यटकहरूसँंग २ सय २६ रुपैयाँ प्रवेश शुल्क उठाउने गरिएको छ।

भक्तपुरबाट नगरकोट पुग्ने मुख्य सडक जीर्ण छ। यही कारण पनि त्यहाँ जाने पर्यटक ‘डाइभर्स’ भइरहेको स्थानीयको भनाइ छ। नगरकोट पुग्न मुख्य सडकका साथै काठमाडौं र भक्तपुरकै अर्को बाटो प्रयोग गर्न सकिन्छ। तर ती सडक पनि जीर्ण भएका कारण पर्यटक बोक्ने ठूला तथा साना गाडी जान मान्दैनन्। भक्तपुरको भत्केको पाटीबाट सुडाल–जितपुर–थाकलमठ–कलमसी हुँदै नगरकोट टावर भएर नगरकोट पुग्ने वैकल्पिक सडक पनि उस्तै जीर्ण छ।

नगरकोटबाट देखिने विभिन्न हिमालको मनोरम दृश्यसँगै सूर्योदय तथा सूर्यास्त प्रमुख आकर्षक रहेको त्यहाँका व्यवसायहिरू बताउँछन्। तर सडकको दुरवास्थाका कारण पर्यटकले त्यहाँ जान रुचि राख्न छाडेको पछिल्लो तथ्यांकले प्रस्ट्याउँछ।
अर्को समाचार
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
१ घण्टा अघि
•
१ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा। झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ। 




कुनै समय राष्ट्रिय परिचयपत्र र राहदानीका लागि फोटो तथा जैविक विवरण (बायोमेट्रिक) दिन ३५ दिनसम्म पालो कुर्नु पर्नेमा अहिले त्यो अवस्था अन्त्य गरिएको छ। लामो समयदेखि थाती (पेन्डिङ)मा रहेका फाइल फर्छ्यौट गर्दै प्रशासनले सेवा प्रवाहलाई सहज र छरितो रूपमा सेवा उपलब्ध गराएको छ। 

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलका अनुसार गत भदौ २० गतेसम्म हाजिर राहदानीतर्फ ९९६ र राष्ट्रिय परिचयपत्रतर्फ पाँच हजार ४९१ जना सेवाग्राही पालोमा थिए। सेवाग्राहीले अनलाइन फारम भर्नसमेत पैसा तिर्नुपर्ने र बायोमेट्रिक विवरणका लागि लामो समय कुर्नुपर्ने अवस्था रहेकामा त्यो अहिले हटेको छ।

त्यस्तो अवस्था अन्त्य गर्न प्रशासनले बिहान ७:०० बजेदेखि बेलुका ६:०० बजेसम्म तथा सार्वजनिक बिदाका दिनसमेत सेवा सञ्चालन गर्ने अभियान सुरु गरेको थियो।

उक्त प्रयासबाट लामो समयदेखि प्रतीक्षामा रहेका सेवाग्राहीको चाप हटेपछि अहिले राष्ट्रिय परिचयपत्रको काम एकै दिनमा सम्पन्न हुन थालेको प्रजिअ पोखरेलले बताए।

'हाम्रो अभियानले बाँकी फाइल शून्यमा झार्ने लक्ष्य मात्र पूरा गरेन, सेवा प्रवाहको एउटा कार्यसंस्कृति नै विकास गर्यो,' उनले भने, 'अहिले सार्वजनिक बिदाका दिन पनि प्रशासनमा सेवा पाइन्छ भन्ने विश्वास सेवाग्राहीमा बसेको छ। त्यसैले यो अभ्यासलाई निरन्तरता दिएका हौँ।'

प्रशासनले यही कार्यसंस्कृतिलाई निरन्तरता दिँदै शनिबार र आइतबार पनि राष्ट्रिय परिचयपत्रका सबै सेवा तथा राहदानीका केही सेवा सञ्चालन गरेको छ। त्यस कार्यका लागि दुई जना कर्मचारी परिचालन गरिएको र बैंक काउन्टर बन्द रहने भएकाले राहदानीतर्फ भने राजस्व बुझाइसकेका सेवाग्राहीले मात्र सेवा लिन व्यवस्था मिलाइएको छ।

सेवा प्रवाहका नाममा अतिरिक्त शुल्क तिर्नु नपर्ने स्पष्ट पार्दै प्रशासनले कसैले रकम मागेमा जानकारी गराउन आग्रहसमेत गरेको छ। केही दिनअघि अतिरिक्त रकम लिने एक बिचौलियालाई नियन्त्रणमा लिएर कारबाही गरिएको कार्यालयले जनाएको छ।
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock १२ मिनेट अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस