जिल्ला प्रशासन कार्यालय बाराले अर्गानिक भनी घातक रासायनिक विषादी उत्पादन गरेको अशंकामा सिलबन्दी गरेको उद्योगका सञ्चालक सम्पर्कविहीन बनेका छन्। अर्गानिक भनी मानव स्वास्थ्यका लागि घातक रासायनिक विषादी उत्पादन गरी नेपालका किसानहरूलाई बिक्री गरेको आरोप लागेका परवानीपुरस्थित शिवशक्ति बायो प्लान्ट टेक प्रालिका सञ्चालक भारतीय नागरिक के बबी तिरुपति राय सम्पर्कविहीन बनेका हुन्।
माघ ३ गते परवानीपुरबाट चितवन पुर्याउँदै गरेको अवस्थामा घातक विषादी ढुवानीमा प्रयोग भएको ना३ख १८९ नम्बरको ट्रकसहित जिल्ला प्रहरी कार्यालय चितवनले उद्योगका चारजनालाई पक्राउ गरेका थियो। चितवन प्रहरीको अनुसन्धानबाट अर्गानिक भन्दै घातक विषादी खुलेआम बिक्री गरेको खुलेपछि माघ ४ गते बाराका सहायक प्रमुख जिल्ला अधिकारी शिवराज सेढाइँको नेतृत्वमा गएको टोलीले सिलबन्दी गरी अनुसन्धान सुरु गरेको थियो। गोदाम सिल गरी कारोबार गर्न इजाजत लिएको कागजपत्रसहित सम्पर्कमा आउन भने पनि अहिलेसम्म सञ्चालक सम्पर्कविहनि रहेको उनले बताए। कारोबारको अनुमति लिएको भन्दा अन्य फरक मालवस्तु बिक्री गरेको जानकारी आएपछि जिल्ला प्रशासन कार्यालयले सिलबन्दी गरी अनुसन्धान भइरहेको उनको भनाइ छ।
अनुसन्धनका लािग सञ्चालक भारतीय नागरिक के बबी तिरुपती रायलाई जिल्ला प्रशासन कार्यालय बारामा सम्पर्क गर्न आउन भन्दा उनले रमाकान्त भारतीलाई अख्तियारी दिएर सिलबन्दी खोलिदिन निवेदनसमेत दिएको सेढार्इंले बताए। तरकारीलगायत बालीनालीमा छर्किंदा मानवस्वास्थ्यमा कुनै हानि नगर्ने अर्गानिक भन्दै गुणस्तरहीन र घातक रासायनिक विषादी बिक्री गरेको आरोपमा सिलबन्दी गरिएको शिवशक्ति बायो प्लान्ट टेक प्रालिका रमाकान्त भारतीसहित चारजनालाई गएको माघ ३ गते चितवन जिल्ला प्रहरी कार्यालयको टोलीले पक्राउ गरेको थियो। बाराको परवानीपुरमा गोदाम लिएर वर्षौंदेखि नेपालमा उत्पादित भनी जुपिटर नामको घातक विषादी बिक्री गर्दै आएका थिए। जुपिटर ब्रान्डका नाममा घातक विषादी बिक्री गर्दै आएका भारतीले बाराका प्रजिअ कृष्णबहादुर कटुवाल र एसपी दिलीपसिंह देउवालाई गोदामको सिल खोलाउन रक्सौलमा बसेर बिचौलियामार्फत बिभिन्न किसिमले प्रलोभन दिइरहेको जनाइएको छ।
प्रजिअ र एसपीले अर्गानिक भनेर घातक विषादी बिक्री गरी जनस्वास्थ्यमाथि गम्भीर खेलवाड गर्नेलाई छाड्न नमानेपछि शिवशक्ति बायो प्लान्ट टेक प्रालिका सञ्चालकले कृषि तथा पशुपक्षीमन्त्री महेन्द्र राय यादवमार्फत पनि दबाब दिएर गोदाम खुलाउन लागेका छन्। प्रजिअ कटवालले घातक विषादी बिक्री गरेको गुनासोपछि गोदाम सिल गरिएको बताए। गोदाममा फेला परेको वस्तुलाई अर्गानिक हो वा विषादी हो, त्यसको परीक्षण भइरहेकाले प्रतिवेदन आएपछि मात्र थप कारबाही गरिने प्रजिअ कटुवालले बताए।