सिरहा-भारतको जयनगरबाट सिरहाको लहानतर्फ चाँदी लिएर आइरहेका दुई भारतीयलाई सिरहा प्रहरीले पक्राउ गरेको छ।सिरहा नगरपालीका-१६ बाट प्रहरीले १० किलो ९ सय ग्राम चाँदीसहित मधुवनीका-११ का राजिव कामती(२४) र सोही ठाउँका पुजन कामत(२५) लाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका एसपी रामकृपाल साहले बताए।
पछिल्लो समय भारतबाट नेपालतर्फ चाँदी तस्करी बढेपछि प्रहरीले सिमा नाकामा निगरानी बढएको साहले बताए।
पक्राउ परेको उक्त परिमाणको चाँदी लहानका लागि ल्याइएको प्रहरीले जानकारी दिएको छ। गोलबजार, उदयपुरलगायतका बजारमा लहानबाट चाँदी सप्लाई हुने गरेको प्रहरीको भनाई छ।