पशुपतिमा गाँजाको व्यापारदेखि निशुल्क स्वास्थ्य शिविरसम्म
०५ फागुन २०७१
•
५ मिनेट पाठ
पशुपतिमा गाँजाको व्यापारदेखि निशुल्क स्वास्थ्य शिविरसम्म
काठमाडौं- हिन्दूहरुको महान चाड महाशिवरात्रीको अवसरमा पशुपतिनाथ मन्दिरमा खुलारुपमा गाँजाको व्यापार भइरहेको छ। पशुपतिनाथ मन्दिरको पश्चिमपट्टि रहेको राम मन्दिरमा खुलारुपमा गाँजाको व्यापार भइरहेको छ। भारतका विभिन्न स्थानबाट आएका साधुले आफैंसँग ल्याएको गाँजा चुरोटमा भरेर खिल्लीको २० देखि ५० रुपैंयासम्म बिक्री भइरहेको छ। गाँजामा लठ्ठ साधु चुरोटमा भरेको गाँजा बिक्री गरिरहेको दृश्यइ सामान्यजस्तै देखिन्छ।




साधुसँगै युवाहरु गाँजामा मस्त भएका छन्। अधिकांश युवा 'जय शम्भो' भन्दै गाँजा तानिरहेका देखिन्छन्। राम मन्दिरमा साधुले बालेके धुनीको धुवाँभन्दा गाँजाको धुँवा बढी देखिन्छ। युवा पशुपतिनाथको दर्शन गर्नभन्दा पनि गाँजा खानैका लागि पशुपतिनाथ गएको देखिन्छ।

भारतका विहारबाट आएका साधु बाबा हरिदासले काठमाडौंबाट विहार जान पाँच सय भारतीय रुपैंया लाग्ने तर पुशपति क्षेत्र विकास कोषले सो रकम नदिने भएकाले गाँजा बेच्नु परेको बताए। महाशिवरात्रीमा 'भोलेको प्रसाद'का रुपमा गाँजा सेवन गर्दा केही फरक नपर्ने बताए।

राम मन्दिर, वनकाली तथा मृगस्थलीमा खुलारुपामा गाँजा सेवन गरेको दृश्य सामान्य झैँ देखिन्छ। तर, नजिकै रहेको प्रहरीले भने सो दृश्यि नदेखेजस्तो गरेको छ। प्रहरीकै अगाडि गाँजा सेवन गर्न अप्ठ्यारो पर्दैन भन्ने प्रश्नमा भारतको इदाहाबादबाट आएका साधु श्यामानन्दले भने, 'आजको दिनमा प्रहरीले कही गर्न मिल्दैन। फेरि हामी साधुलाई समाएर के गर्ने?'

पशुपतिक्षेत्रको सुरक्षामा खटिएका नेपाल प्रहरीका एसएसपी नारायणसिंह सिंखडाले गाँजा सेवन गर्ने साधुलाईसमेत नछोडिने दाबी गरे। प्रहरीकै अगाडि राम मन्दिरमा गाँजाको व्यापार भइरहेको छ। विषयमा उनले कुनै जानकारी नभएको बताए। 'अहिलेसम्म सबैले पनि लागू पदार्थ सेवन गरेको जानकारी आएको छैन,' सिंखडाले नागरिकन्युजसँग भने, 'हामीले सम्भावित क्षेत्रमा सुरक्षाकर्मी खटाएका छौं।' उनले राम मन्दिरलगायत सम्भावित ठाउँमा सादा पोसाकका प्रहरी परिचालन गरेको जानकारी दिए। उनका अनुसार पशुपति क्षेत्रमा तीन हजार सय प्रहरी परिचालन गरिएको जनाए।

नागा बाबा आकर्षणको केन्द्र
गाँजाको व्यापारपछि अर्को आकर्षण नागा बाबामा रहेको देखियो। पशुपतिनाथ मन्दिर परिसरभित्र रहेका नागाबाबाको आर्शिवाद थाप्न महिला पुरुष, युवा, युवती व्यस्त देखिन्थे। निरवस्त्र बाबा मन्दिरभित्र देखेपछि कतिपयले भने असहज महसुस गरेका थिए। नागा बाबासँथ फोटो सेसन गर्नेको संख्यासमेत उल्लेख्य देखिन्थ्यो। उनीहरु पशुपतिनाथको मन्दिरभित्र भष्म घसेर निरवस्त्र धुनी तापेर बसेका छन्।

अस्तव्यस्त व्यवस्थापन
लाइनमा बसेको एक घण्टाभित्र दर्शन गराइसक्ने व्यवस्था मिलाएको दाबी गरेको पशुपति क्षेत्र विकास कोषले राम्रोसँग व्यवस्थापन गर्न नसक्दा दर्शनार्थीले सास्ती व्यहोर्नु परेको छ। बिहान ९ बजे लाइनमा बसेको मानिसले दुई बजेसम्म पनि दर्शन गर्न पाएका छैनन्। 'बिहान ९ बजे चावहिलबाट लाइनमा बसेको म दुईबजेसम्म पनि मन्दिरमा पुग्न सकेको छैन,' दर्शनार्थी सुरजलाल अमात्यले भने, 'दर्शन गर्न अझै एक घण्टाभन्दा बढी लाग्लाजस्तो छ।' ठूलो संख्यामा स्वयंसेवक परिचालित भए पनि व्यवस्थापन पक्ष फितलो देखिन्छ। 'हामीलाई नै कतिपय ठाउँमा जान दिइएन,' स्वयंसेवक विशाल दाहालले भने, 'खाना खान बाहिर निस्केका साथीलाई भित्र बस्न दिइएको छैन।'

कोषले यात्रुलाई विभिन्न क्षेत्रबाट दर्शन गराउने व्यवस्था गरेको छ। यसैगरी पुशपति क्षेत्रमा विभिन्न संघ संस्थाले निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेका छन भने निशुल्य खानाको पनि व्यवस्था गरिएको छ।
अर्को समाचार
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
६ घण्टा अघि
•
१ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। आइतबार साँझ करिब ५:५० बजे रुकुम खलंगाबाट दुलीतर्फ जाँदै गरेको लु १ ज २१६० नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब १० देखि १५ मिटर तल खसेको हो।

Yetiairlinescontenttopbanner

दुर्घटनालगत्तै खटिएको प्रहरी टोलीले घाइते ६ जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्ले, रुकुम पश्चिम पठाएको थियो। तीमध्ये जीप चालक रुकुम पश्चिमकै मुसिकोट नगरपालिका-९ का करिब २८ वर्षीय भीम सिंह बुढामगरलाई साँझ ७:१० बजे चिकित्सकले जाँच गरी मृत घोषणा गरेका थिए।

दुर्घटनामा बाँफिकोट गाउँपालिका-८ दुलीकी करिब ३१ वर्षीया निर्मला के.सी., उनका करिब २ वर्षीय छोरा दिनेश के.सी., सोही स्थानकी करिब ३२ वर्षीया मनिषा बस्नेत र करिब ३६ वर्षीय कर्णबहादुर खत्री घाइते भएका छन्। घाइतेमध्ये निर्मला, मनिषा र कर्णबहादुरको अवस्था सामान्य छ भने दिनेशको अवस्था मध्यम रहेको छ।

यस्तै, सोही दुर्घटनामा मुसिकोट नगरपालिका-१० की करिब १८ वर्षीया जेनिशा वली घाइते भएकी छन्। उनको अवस्था मध्यम रहेको छ। जीपमा चालकसहित १० जना सवार रहेकोमा अन्य चार जना सकुशल छन्। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस