बागलुङ-मध्यपहाडी लोकमार्गमा वर्षौंअघि निर्माण सुरु गरिएका पुल अझै सम्पन्न हुन सकेका छैनन्। कतिपय पुलको काम बीचैमा छाडेर ठेकेदार बेपत्ता भएपछि पुल निर्माण रोकिएको हो।बागलुङ–रुकुम खण्डमा ट्र्याक खुले पनि पुल नबन्दा उक्त खण्डमा सवारी गुडाउन कठिनाइ भएको छ। दुई वर्षअघि नै सम्पन्न गर्नुपर्ने बागलुङका नरेठाँटी, भिमगिठेलगायत खोलाका मोटरेबल पुलको काम अझै पनि लम्बिराखेकै छ। मध्यपहाडीको बागलुङ खण्डअन्तर्गत बागलुङ बजारदेखि रुकुमको सीमा निसीको भल्कोटसम्म १ सय ४२ किलोमिटर खण्डमा ९ मोटरेबल पुल निर्माणाधीन छन्। ती कुनै पनि पुलले गति लिन नसकेको आयोजनाले जनाएको छ।
सम्झौताअनुसार नरेठाँटीमा करिब तीन वर्षअघि नै मोटरेबल पुल बनिसक्नुपर्ने हो। तर, निर्माण सुरु गरेर दुई वर्षदेखि ठेकेदार कम्पनी सम्पर्कमा नआएपछि पुलका लागि गाडिएका पिल्लरका रड खिया लागेर भत्किने अवस्थामा छन्। ठेकेदारलाई कारबाही गरेर पुल निर्माण अघि बढाउन पटक–पटक आग्रह गरेको नरेठाँटी गाविसका प्राविधिक सहायक यादव रेग्मीले बताए। ‘सम्बन्धित निकायमा हारगुहार गरेका छौं,' रेग्मीले भने, ‘पुल निर्माण ढिलाइले सवारी सञ्चालनमा कठिनाइ भयो।'
राष्ट्रिय प्राथमिकताको ‘मध्यपहाडी' लोकमार्गको बागलुङ खण्डमा रहेका १४ मोटरेबल पुलमध्ये चारवटा मात्र पूरा भएका छन्। बाँकी सबैको काम अलपत्र छ। सोही कारण उक्त खण्डमा सवारी गुडाउन कठिनाइ छ। ‘पुल निर्माणका लागि बजेट अभाव छैन,' डिभिजन इन्जिनियर रोहितकुमार बिसुरालले भने, ‘ठेकेदारकै कारण अधिकांश पुल निर्माणमा ढिलाइ भएको छ।'
भिमगिठे खोलामा निर्माणाधीन पुलले पनि गति लिन सकेको छैन। मैनाचुली र विकेओआईले कम्पनीको लापरबाहीले उक्त पुलमा ढिलाइ भएको हो। ३ करोड ६९ लाख रुपैयाँको लागतमा निर्माणाधीन भिमघाट खोलाको पुल पनि साढे दुई वर्षदेखि अलपत्र छ। पुल निर्माणमा ढिलाइप्रति राजनीतिक दल र स्थानीयले गुनासो गरेको बागलुङका स्थानीय विकास अधिकारी भरत पौडेलले बताए।
नरेठाँटीमा पुल निर्माण जिम्मा लिएको लोकप्रिय निर्माण सेवा कम्पनीलाई कारबाही गरेर पुनः टेन्डर गरेको मध्यपहाडी आयोजनाले जनाएको छ। ‘सम्झौताअनुसार काम नगरेपछि पटक—पटक ताकेका गर्यौं ,' मध्यपहाडीका डिभिजन इन्जिनियर बिसुरालले भने, ‘अब, उक्त कम्पनीलाई कारबाही प्रक्रिया अघि बढाएर टेन्डर खोलेका छौं।'
तीन करोड रुपैयाँ लागतमा निसी खोलाको पाखुते ‘ट्रस्ट ब्रिज', देवीस्थान खोला, झिवा खोला, निसी खोलाकै अर्को निसी बजारमुनि, निसीको भलकोट र चरिवाङ खोला, दगातुन्डाँडा र ग्वालिचौर गाविस जोड्ने नुवारखोलामा निर्माणाधीन पुल पनि निर्धारित समयमा पूरा हुन सकेका छैनन्।
पुल निर्माणमा ढिलाइ भए पनि बागलुङको बिहुँ घोडाबाँधेदेखि गल्कोटसम्मको २० किलोमिटर कालोपत्रेको चरणमा रहेको डिभिजन इन्जिनियर बिसुरालले बताए। ‘कालोपत्रेका लागि दुईवर्षे ठेक्का दिएकाले स्तरोन्नतिको काम भइरहेको छ,' उनले भने।
हटियादेखि बुर्तिवाङसम्मको ४३ किलोमिटर सडक स्तरोन्नति गर्ने तयारी भएको छ। सो सडकमा ग्याबिन, डे्रेन, कल्भर्टसहित सुधार–विस्तारका लागि ७२ करोड रुपैयाँ विनियोजन भएको बिसुरालले बताए। ‘गल्कोटदेखि बुर्तिवाङका लागि ७२ करोड रुपैयाँ स्वीकृत भएको छ,' उनले भने, ‘निर्माण कम्पनीले जिम्मा लिएर काम सुरु गरेका छन्।'
२४ जिल्ला जोड्ने १७ सय ६५ किलोमिटर लामो मध्यपहाडी लोकमार्गअन्तर्गत अन्य जिल्लामा पनि कामलाई तीव्रता दिइएको आयोजनाले जनाएको छ। पूर्वमा पाँचथर चियो भन्ज्याङबाट सुरु लोकमार्ग २४ वटा पहाडी जिल्ला छिचोल्दै सुदूरपश्चिम बैतडीको झुलाघाट पुग्नेछ। यो लोकमार्गले २ सय २५ वटा बस्तीलाई सडक सञ्जालमा जोड्दा ७० लाखभन्दा बढी जनतालाई प्रत्यक्ष फाइदा पुग्ने आयोजनाले जनाएको छ।