काठमाडौं- सडकको बीचमा रात परेपछि आफंै झिपझिप गर्दै चम्कने 'सोलर स्टड' बिग्रेका छन्। सडक डिभाइडरको काम गर्ने स्टड प्रतिगोटा ४५ सय रुपैयाँ पर्छ। झन्डै हजार वटा स्टड बिग्रिएको थाहा भएको हो। सडक विभाग अन्तर्गतका काठमाडौं डिभिजन कार्यालयहरुले १८ औं सार्क सम्मेलनअघि बिछ्याएका स्टड एक वर्ष टिक्ने वारेन्टी भए पनि दुई महिनमै सम्पूर्ण बिग्रेका हुन्। करिब ४५ लाख रुपैयाँमा भारतबाट ल्याइएका यस्ता स्टड मर्मत गर्न पनि कुनै प्रक्रिया थालिएको छैन।
स्टड कतिपय स्थानमा कामै नगर्ने भइसकेका छन् भने कतिपय धिपिरधिपिर अवस्थामा छन्। स्टड दिनमा चार्ज भएर रातमा बल्ने गर्छ। सडक विभाग अन्तर्गतका डिभिजन कार्यालयहरुले राखेका एक हजार वटा स्टड ७० प्रतिशतभन्दा बढीले काम गर्ने छाडेको र कतिपय बिग्रेको अवस्थामा रहेको ट्राफिक प्रहरी बताउँछन्। डिभिजन कार्यालय काठमाडौं–१ ले बालुवाटार क्षेत्रमा, बालुवाटारदेखि गौरीधारासम्म, सिंहदरबार मूलगेट अगाडिबाट सहिदगेट क्षेत्रसम्म राखेका आठ सयभन्दा बढी स्टड राखेको थियो। आर्मीले प्रयोग गरिरहेको माइतीघर–भद्रकाली सडकमा भने कतिपय स्टड बलिरहेका देखिन्छन्। योबाहेक प्रदर्शनीमार्गमा पनि धिपिरधिपिर अवस्था छ।
डिभिजन कार्यालय काठमाडौं-२ ले सामाखुसीदेखि ग्रान्डी अस्पतालसम्म राखेका दुई सयभन्दा बढी स्टड पनि काम नलाग्ने अवस्थामा रहेको महानगरीय ट्राफिक प्रहरी वृत्त महाराजगन्जका एक अधिकृतले बताए। 'सार्कका बेला सडकमा राखिएका यस्ता स्टड अहिले कामै नलाग्ने अवस्थामा छन्,' उनले भने, 'योबाहेक बालुवाटार क्षेत्रमा पनि बिग्रेका छन्। यी दुई क्षेत्रमा ७० प्रतिशत बिग्रेका छन्।' त्यस्तै, महानगरीय ट्राफिक प्रहरी वृत्त कमलपोखरीका अर्का अधिकृतले पनि बालुवाटारदेखिको गौरीघाट क्षेत्रका ७० प्रतिशत स्टड बिग्रेको बताए।
सिंहदरबार, प्रदर्शनीमार्ग क्षेत्रमा स्टड राखेको गौरीगणेश निर्माण सेवाका प्रोप्राइटर विष्णु लामिछानेले हेभी गाडीले टेक्दा र सोलरमा धुलो जमेर चार्ज हुन नपाउँदा पनि बिग्रेको बताए। 'फिट गरेको २४ घन्टासम्म गाडीले थिच्न नहुने रैछ,' उनले भने, 'हामीले ल्याएको ठाउँबाट फेरि नयाँ पाउने भइसकेका छौं। एक हप्तामा प्रतिस्थापन हुन्छ।'
सरकारले सार्क सम्मेलनमा हतारहतार भिœयाएको यस्तो स्टड सवारीले थिच्दा नै बिग्रेको सडक विभागका कर्मचारी बताउँछन्। सवारीले किचिँदा यस्ताखाले बत्ती बिग्रिरहेको सडक डिभिजन–१ का निमित्त प्रमुख गजेन्द्र चन्दले नागरिकलाई बताए। 'हाम्रो सडकमा लेन मिच्ने क्रममा स्टड किचिने हुँदा यस्तो अवस्था आएको हो,' उनले भने। उनका अनुसार डिभिजनले ८ सय वटा स्टड सडकमा राखेको छ। जसको मूल्य प्रतिगोटा ४५ सय रुपैयाँ पर्छ। नेपालमा नपाइने भएकाले चीन वा भारतबाट ल्याउनुपर्छ। 'कम्पनीले यसलाई १३ महिनासम्मको ग्यारेन्टी दिएको हुन्छ,' उनले भने, 'अब यस्तो अवस्थामा उनीहरुले नै पुनः मर्मतसम्भार वा नयाँ राख्ने काम गर्छन्।'
डिभिजन–२ का इन्जिनियर अशोक गुप्ताले पनि सामाखुसीदेखि ग्रान्डी अस्पतालसम्म राखिएका दुई सय स्टड बिग्रेको बताए। 'हामीले निर्माण कम्पनीसँग वारेन्टी लिएका छौं,' कतिपय स्टड बिग्रेको स्वीकार गर्दै उनले नागरिकसँग भने, 'उनीहरुले नै अर्को राख्छन्।'
'स्टड' अहिले कतिपय स्थानमा कामै नलाग्ने भएको मध्यमाञ्चल सडक निर्देशनालयले पनि जनायो। 'कतिपय स्थानमा नबलेको भन्ने गुनासो आएका छन्,' निर्देशनालयका प्रमुख दयाकान्त झाले नागरिकसँग भने, 'हामी कम्पनीलाई नै फेर्न लगाउँछौं।' 'किन्नुअघि त नफुट्ने भन्ने भए पनि यस्तो अवस्था आएकाले फिटिङ गर्ने कम्पनीले नै आफ्नै रकममा पुनः जडान गर्छन्,' उनले भने।
महानगरीय ट्राफिक महाशाखाका पूर्व प्रमुख केशव अधिकारीले 'सडकमा राखिएका स्टड सवारीको किचाइले बिग्रिए भन्नु' गलत भएको बताए। 'सडकमा ओभरटेक गर्ने र लेन अनुशासन नमान्ने सवारीले किच्ने गरेका हुन सक्छन्,' उनले भने, 'यसको प्राविधिक कारण मलाई थाहा छैन। तर पनि गाडीले किच्दैमा बिग्रने भएर किन प्रयोग भयो त?'
सार्कअघि उपत्यकामा भिभिआइपीले प्रयोग गर्ने सडकमा डिभाइडर हटाएपछि डिभाइडरका रुपमा प्रयोग गर्न मिल्ने सामग्री ल्याउन पटकपटक आफूहरुले सुझाएको अधिकारीले बताए। 'ट्राफिक व्यवस्थापनमा यसले राम्रै भूमिका निर्वाह गरेको थियो,' उनले भने, 'तर अधिकांश काम गर्न नसक्ने भइसके।' अधिकारीले नै असोज २६ देखि लेन अनुशासन पालना नगर्नेलाई कारबाही सुरुआत गरेका थिए। आइतबारसम्म महाशाखाले २३ हजार १ सय ४६ जना चालकलाई लेन अनुशासन पालना नगरेको भन्दै कारबाही गरिसकेको छ।
'हामीले केही रुपले लेन अनुशासनविरुद्ध लाग्नेलाई कारबाही थालेका थियौं,' उनले भने, 'तर यसको मतलब, सडकको केन्द्र लाइन सवारीले कुल्चेनन् भन्ने हुँदैन। उनीहरुले कुनै न कुनै रुपमा कुल्चे होलान्। अब जाबो सवारीले नै कुल्चिँदा बिग्रने कस्तो खालका स्टड हुन्?' महाशाखाका अनुसार असोज महिनाको २६ देखि मसान्तसम्म २४ सय ८४, कात्तिकमा ७४ सय १३, मंसिरमा ३९ सय ९४, पुसमा ४७ सय ५५, माघमा ४२ सय ७० र फागुनको ३ सम्म २ सय ३० जना चालकलाई लेन अनुशासनविरुद्ध कारबाही भएको छ।
क्याट आई पनि बिग्रिए
हेर्दा 'सोलर रोड स्टड' जस्तै देखिने तर सवारीको हेडलाइट परेपछि मात्र टल्किएर बल्ने 'क्याट आई' पनि कतिपय ठाउँमा बिग्रेको पाइएको डिभिजन–१ का निमित्त प्रमुख चन्दले बताए। 'सवारीको टायरले किचिँदा यस्तो भएको हो,' उनले भने, 'हामीकहाँ सडकको केन्द्र लाइनको वास्ता नगर्ने सवारीका कारण यस्तो भएको हो।'
एक वर्षदेखि काठमाडौं उपत्यकाका सडकमा राखिएका भए पनि कतिपय स्थानमा बिग्रेको अवस्थामा रहेको सरोकारवालाको भनाइ छ। काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले कमलपोखरी कृष्ण पाउरोटीदेखि ज्ञानेश्वर, नयाँ बानेश्वरदेखि गौशाला, माइतीघरदेखि तीनकुने सडक लगायत, काठमाडौं डिभिजन–१ ले गैरीधारादेखि नारायणचौर, हनुमानथानदेखि थापागाउँ, गौशालादेखि टुसाललगायत ललितपुर डिभिजनले हात्तीवनदेखि सादोबाटो, लगनखेल, जावलाखेल हुँदै थापाथली पुलसम्म, नक्खुदेखि भैंसीपाटी, पुल्चोक मंगलबजार क्षेत्रमा क्याट आई राखेका छन्। प्रतिगोटा सात सय रुपैयाँसम्म पाइने क्याट आई कतिपय ठाउँमा धुलो जम्ने समस्या पनि रहेको ट्राफिक प्रहरीको भनाइ छ।