काठमाडौं- भूमिसुधार, मालपोत र नापी कार्यालय स्थापनाको माग गर्दै आन्दोलनरत सिमराबासी र प्रहरीबीच झडप भएको छ। झडपमा कम्तिमा तीन दर्जन स्थानीयबासी घाइते भएका छन्। आठ दिनदेखि जारी आन्दोलमा आइतबार सिमराचोकमा कोणसभा गर्ने क्रममा प्रहरी र आन्दोलनकारीबीच झडप भएको हो।झडपमा प्रहरीले सयौं सेल अश्रुग्यास प्रहार गरेको एमाले नेता कृष्ण पौडेलले जनाएका छन्। प्रहरीले हस्तक्षेप गरेको भन्दै आन्दोलनकारीले सिमराचोकस्थित प्रहरी बिट जलाएका छन्। 'शान्तिपूर्ण आन्दोलनलाई प्रहरीले हस्क्षेप गर्यो। हस्तक्षेपका कारण आक्रोशित आन्दोलनकारीले प्रहरी बिट जलाए,' नेता पौडेलले भने।
प्रमुख जिल्ला अधिकारी बालकृष्ण पन्थीले भने सामान्य झडप भएको बताए। उनले चल्तीको हाइवे नै बन्द गरेपछि खुलाउने क्रममा सामान्य झडप भएको बताए। 'सडक नै कब्जा गरेर बसेपछि त्यसलाई खुलाउने प्रशासनको दायित्व हो,' उनले भने, 'त्यही दायित्व निर्वाह गर्दा सामान्य झडप भएको हो।'
उनले वार्तामार्फत् समाधन गर्ने भनेपनि सिमराबासीको हठले आन्दोलन चर्किएको बताए। 'प्रधानमन्त्री स्वयंले फोन गरेर आन्दोलन फिर्ता लिनुस् भन्दा त मानेका छैनन्। मैले भनेर कसरी मान्छन्?' उनको प्रश्न थियो।
सरकारले सेवासुविधा दिने उद्देश्यले बाराको सदरमुकाम कलैयास्थित भूमिसुधार, मालपोत र नापी कार्यालयको शाखा सिमरामा विस्तार गर्ने निर्णय गरेको थियो। लगत्तै कलैयाबासीले त्यसको विरोध गर्दै आन्दोलन गरेका थिए। नेपाल उद्योग वाणिज्य महासंघ बाराको अगुवाइमा सो आन्दोलन भएको थियो। आन्दोलन चर्किएलगत्तै सरकारले सो निर्णय तत्कालका लागि स्थगित गरेको थियो।
स्थगित गरेको भोलिपल्टैदेखि सिमराबासीले आन्दोलन थालेका थिए