तनहुँ–पढ्न भनी घरबाट विद्यालय गएका तनहुँका दुई बालिका २० दिनदेखि सम्पर्कविहीन भएका छन्। गत माघ २० गते विद्यालय गएका जिल्लाको मिर्लुङ गाविस वडा नं ७ घर भई हाल व्यासनगरपालिका वडा नं २ बस्ने वर्ष १२ की सम्झना लम्साल र व्यासनगरपालिका वडा नं ८ चापाघाट बस्ने वर्ष १३ की सुकमाया विक बेपत्ता भएका हुन्।
विद्यालय गएर घर फर्कने समयमा घर नआएपछि विद्यालयमा सम्पर्क गर्दा घर गएको जानकारी पाएपनि अबेरसम्म कुर्दा नआएपछि आफन्तजन, इष्टमित्र सबैको घरमा सोधपुछ गर्दा नभेटाएको सम्झनाकी आमा श्रीमाया लम्सालले जानकारी दिए। 'जिल्ला प्रहरी कार्यालय, माइती नेपाललगायतका स्थानमा जानकारी गराइए पनि हालसम्म सम्पर्कमा नआउँदा पीडामाथि पीडा खेपेर बाँच्नुपरेको छ', उनले भनिन्।
बालिकाहरु हराएपछि अभिभावकले खोजीका लागि प्रहरी कार्यालयमा निवेदन दिएपछि सबै प्रहरी कार्यालयमा जानकारी गराउनुका साथै भारत जाने नाका र सीमामा पनि कडाइका साथ चेकजाँच गर्न पत्र पठाइसकेको जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी विद्यानन्द माझीले जानकारी दिए। रासस