ठमेल सडकमा ढुंगा छाप्न रोकियो
१० फागुन २०७१
•
७ मिनेट पाठ
ठमेल सडकमा ढुंगा छाप्न रोकियो
काठमाडौं- मेलम्ची खानेपानी पाइपलाइन समयमै विस्तार नहुँदा ठमेल क्षेत्रमा ढुंगा छाप्न ढिलाइ भएको छ। ढल फेर्ने योजना सरकारले ल्याए पनि सुरु हुने टुंगो नलाग्दा 'सडक बनाउने र भत्काउने' खेल हुने देखिएको छ।एसियाली विकास बैंक (एडिबी) को सहुलियत ऋण सहयोगमा हुन लागेको काठमाडौं दिगो सहरी यातायात परियोजना अन्तर्गत ढुंगा छाप्ने काम हेरिरहेका काठमाडौं महानगरपालिका सहरी विकास विभागका इन्जिनियर सुरज शाक्यले मेलम्ची खानेपानी आयोजनाको पाइप बिछ्याउन केही सहकार्य भए पनि ढल सुधारतिर भने कसैले चासो नदेखाएको बताए।

ठमेल लगायत भित्री सहरको आठ किलोमिटर सडकमा पैदल यात्रा सहज बनाउन करिब २२ करोडको टेन्डरबाट कम्पनी असारमा छनोट भइसकेको छ। तर खानेपानी पाइप बिछ्याउन ढिलाइ हुँदा अहिलेसम्म केही काम हुन नसकेको उनले बताए। डेढ वर्ष समयसीमा तोकिएको ढुंगा छाप्ने योजना निर्माण गर्न कम्पनीलाई कार्यादेश दिएको पनि ५ महिना भइसकेको छ।

'खानेपानी पाइप बिछ्याउन मौखिक सल्लाह भइरहेको छ,' उनले भने, 'तर ढलको समस्या भए पनि सरकारले समन्वयकारी भूमिका निर्वाह गरेको छैन। यसबारे हामी अनविज्ञ छौं। यसबीच ढुंगा छाप्ने काम समयमै सक्न समस्या पैदा भएको छ।'

स्थानीयबासीले ढल प्रणाली नफेरी र मेलम्ची खानेपानी पाइपलाइन नगर्दै ढुंगा छाप्ने काम नगर्न सरकारलाई ध्यानाकर्षण गराइसकेका छन्। 'व्यवस्थित ठमेल निर्माण गर्नका लागि टेलिफोनका तार, ढल निकास, खानेपानी आपूर्ति हुने पाइप जमिनमुनि राख्नु जरुरी छ,' ठमेलका पर्यटन व्यवसायी प्रकाश नरसिंह राणाले मुख्यसचिव लीलामणि पौड्याललाई मंसिर २५ गते लेखेको पत्रमा भनेका छन्, 'ढुंगा छाप्ने बेला तारलाई भूमिगत गरियो। ढल र खानेपानी पाइपको व्यवस्थापन नगरी ढुंगा छाप्ने काम नहोस्।'

उनको पत्रलाई सही जनाउँदै ठमेलमा २५ वर्षदेखि होटल व्यवसाय गरिरहेका तेजेन्द्रनाथ श्रेष्ठले त्रिदेवी मार्ग, क्षेत्रपाटी, काठमाडौं गेस्ट हाउस, मनाङ गेस्ट हाउस क्षेत्रमा ढलको अवस्था अत्यन्तै नाजुक रहेको बताए।

'बर्खामा भल बग्ने छुट्टै व्यवस्था नहुँदा राणाकालीन ढल प्रणालीमा छिर्छ र क्षमता थोरै हुँदा सडकमा ढल बग्छ,' उनले भने, 'दीर्घकालीन रुपमा सहज हुने खालको ढल प्रणाली हुन जरुरी छ। सबै होटललाई सेफ्टी ट्यांकीको पनि व्यवस्था गर्न आग्रह गर्नुपर्छ।'

महानगरपालिका २९ वडाका प्रशासकीय प्रमुख सुमन अधिकारीले सो क्षेत्रको ८० प्रतिशत समस्या ढलको रहेको बताए। 'महानगरबासीको प्रमुख समस्या ढल चुहावट नै हो, तर हामीकहाँ गुनासो आए पनि काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले ढलको पैसा लिए पनि बनाएको छैन।' उनका अनुसार ठमेलको अधिकांश क्षेत्रमा इँटाले जोडेर बनाएको गुम्बज आकारको ढल पाइपलाइन रहेकाले समस्या देखिएको छ। त्यसैले ढुंगा छाप्ने कामअघि ढल प्रणाली र खानेपानी पाइप बिछ्याउन जरुरी रहेको उनले बताए। 'यस्तो नभए ढुंगा छापे पनि ढलको समस्या बल्भि्कन्छ,' उनले भने, 'दुई सयभन्दा धेरै सानाठूला होटल रहेको ठमेल क्षेत्रमा दीर्घकालीन ढल संरचना जरुरी छ।'

ढुंगा छाप्ने कामका बेला ढलका सामान्य समस्याचाहिँ हल हुने काठमाडौं दिगो सहरी यातायात परियोजनाका उपप्रमुख निरज शर्माले बताए। तर स्थानीयले दीर्घकालीन समाधान चाहिने भन्दै सरकारको ध्यानाकर्षण गराइसकेका छन्। 'हामीले अन्य समस्या पूरा गर्नका लागि सम्बन्धित सरोकारवालालाई खबर गर्ने हो,' उनले भने, 'एडिबीको प्रोजेक्टको आफ्नो समयसीमा छ। त्यसैले योभित्र पूरा हुनुपर्छ। बाँकी सरोकारवालाले बुझ्ने कुरा हो।'

उनका अनुसार आयोजनाले अहिले खानेपानी पाइप विस्तारका लागि काठमाडौं उपत्यका खानेपानी लिमिटेडको आयोजना कार्यान्वयन निर्देशनालय (पिआइडी) सँग कुराकानी भइरहेको छ। सहरी विकास मन्त्रालयका सहायक प्रवक्ता कविन्द्रविक्रम कार्कीले काठमाडौं उपत्यका विकास प्राधिकरणले यस्ता कामको संयोजन गर्ने जिम्मा पाएको बताए। 'एउटाले बनाउने र अर्काले भत्काउने अवस्था आउन नदिन प्राधिकरणले सहकार्य गर्नेछ,' उनले भने, 'पिआइडीले काठमाडौं सम्पूर्ण ढल संरचना पूरा गर्न छवर्षे रणनीति ल्याएकाले समन्वय गरेरै अगाडि बढ्छ।'

अघिल्लो आर्थिक वर्षमा सरकारले ढल निर्माण योजनालाई पनि स्वीकृति दिइसकेको उनले बताए। यसबीच केही रकम यो आर्थिक वर्ष विनियोजन पनि भइसकेको उनले बताए।

प्राधिकरण प्रमुख आयुक्त योगेश्वर पराजुलीले सरकारले बनाएका सडक दुई वर्षसम्म भत्काउन नपाउने व्यवस्था ल्याइसकेकाले यो समस्या नहुने दावबी गरे। 'काठमाडौंका प्रायः सडकमा मेलम्ची पाइप बिछ्याउने काम अहिले प्राथमिकतामा छ, यसपछि मात्र सडक पिच वा ढुंगा छाप्ने काम हुन्छ,' उनले भने, 'ढल, खानेपानी, टेलिफोन तार सडकमुनि रहेका कारण यो काम चुनौतीपूर्ण छ।'
अर्को समाचार
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
६ घण्टा अघि
•
१ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। आइतबार साँझ करिब ५:५० बजे रुकुम खलंगाबाट दुलीतर्फ जाँदै गरेको लु १ ज २१६० नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब १० देखि १५ मिटर तल खसेको हो। Yetiairlinescontenttopbanner दुर्घटनालगत्तै खटिएको प्रहरी टोलीले घाइते ६ जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्ले, रुकुम पश्चिम पठाएको थियो। तीमध्ये जीप चालक रुकुम पश्चिमकै मुसिकोट नगरपालिका-९ का करिब २८ वर्षीय भीम सिंह बुढामगरलाई साँझ ७:१० बजे चिकित्सकले जाँच गरी मृत घोषणा गरेका थिए।

दुर्घटनामा बाँफिकोट गाउँपालिका-८ दुलीकी करिब ३१ वर्षीया निर्मला के.सी., उनका करिब २ वर्षीय छोरा दिनेश के.सी., सोही स्थानकी करिब ३२ वर्षीया मनिषा बस्नेत र करिब ३६ वर्षीय कर्णबहादुर खत्री घाइते भएका छन्। घाइतेमध्ये निर्मला, मनिषा र कर्णबहादुरको अवस्था सामान्य छ भने दिनेशको अवस्था मध्यम रहेको छ।

यस्तै, सोही दुर्घटनामा मुसिकोट नगरपालिका-१० की करिब १८ वर्षीया जेनिशा वली घाइते भएकी छन्। उनको अवस्था मध्यम रहेको छ। जीपमा चालकसहित १० जना सवार रहेकोमा अन्य चार जना सकुशल छन्। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस