बिहीबार विहान बिहेको जन्ती बोकेको ट्याक्टर उदयपुरमा दुर्घटनामा पर्दा एक युवकको निधन भएको छ भने डेढदर्जन बढी घाईते भएका छन्। विहान अन्दाजी १० बजे मदन भण्डारी लोकमार्ग अन्तर्गत उदयपुरगढी गाउँपालिका ७ नागबेलीस्थित घुम्तीमा भएको दुर्घटनामा परी त्रियुगा नगरपालिका १४ साउनेका १९ वर्षीय मिलन मग्रातीको निधन भएको हो।
त्रियुगा नगरपालिका १६ रातापानीबाट उदयपुरगढी गाउँपालिकाको धप्परस्थित बेहुली लिन जाँदै गरेको जन्ती बोकेको प्र २–०१–००१ त १०९६ नं. को ट्याक्टर आफै अनियन्त्रित भई दुर्घटनामा पर्दा १९ वर्षीय मग्रातीको घटुनास्थलमै निधन भएको हो। जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार दुर्घटनामा परी १९ जना जन्ती घाईते भएका छन्। जसमध्ये केहीको अवस्था गम्भीर छ।
प्रहरी चौकी नेपालटार, मुर्कुची र जिल्ला प्रहरी कार्यालयबाट खटेको इन्सपेक्टर कमाण्डको संयुक्त टोलीले घाईतेहरुको उद्धार गरी उपचारार्थ जिल्ला अस्पताल गाईघाट ल्याइएको छ। घाईतेमध्ये रौतामाई ७ की १८ वर्षीया इस्मीता अछामे, त्रियुगा १४ का २२ वर्षीय दिपेन फुयाल र त्रियुगा १६ कै २६ वर्षीय सागर कोईरालाको अवस्था गम्भीर रहेकाले बिराटनगर रिफर गरिएको त्रियुगा १६ नं. वडाध्यक्ष मानबहादुर राईले बताए।
घट्नास्थलमै रहेका वडाध्यक्ष राईका अनुसार अन्य दुईजनाको अवस्था पनि गम्भीर रहेकाले रिफर गर्ने तयारी भईरहेको छ। बेह्ला धिरेन रोक्का भने सकुशल रहेको उनले बताए। मृतकको शव पोष्टमार्टमका लागि कानुनी प्रक्रिया सुरु भएको छ। चालक घट्नालगत्तै फरार रहेकाले खोजी कार्य भईरहेको छ भने ट्याक्टर घट्नास्थलमै रहेको प्रहरीले जनाएको छ।