प्रहरीले श्रीमान-श्रीमती समाउन थालेपछि व्यवसायीले गरे लज बन्द
१० फागुन २०७१
•
५ मिनेट पाठ
प्रहरीले श्रीमान-श्रीमती समाउन थालेपछि व्यवसायीले गरे लज बन्द
चितवन- लजहरुमा हुने यौन क्रियाकलाप रोक्ने अभियान चलाएको चितवन प्रहरीले श्रीमान श्रीमतीहरुलाई समेत नियन्त्रणमा लिन थालेका भन्दै चितवनका होटल, लज तथा रेष्टुरेन्ट व्यवसायीहरुले आज सोमबारबाट अनिश्चितकालका लागि व्यवसाय बन्द गरेका छन्। होटल व्यवसायी संघ चितवनले व्यवसाय बन्दको आह्वान गरेको हो।

चितवन प्रहरीले शनिबार दिउँसो नारायणगढ भरतपुर क्षेत्रका सयभन्दा बढी लजहरुमा छापा मारेर १० जना होटल व्यवसायीसहित १७ जना युवती र १२ जना पुरुषलाई गिरफ्तार गरेको थियो। गिरफ्तार भएकामध्ये पाँच जोडी श्रीमन श्रीमती पनि थिए। श्रीमान श्रीमतीहरुलाई पनि दुई घण्टा जिल्ला प्रहरी कार्यालयमा राखेर साँझ मात्रै छाडिएको थियो।

'अनैतिक गतिविधि रोक्न व्यवसायी र प्रहरी मिलेर आचर संहिता नै जारी भएको छ। प्रहरीले छापा मार्न नपाउने होइन तर जे जसरी छापा मार्ने काम भयो त्यसमा हाम्रो विरोध हो,' व्यवसाय बन्दका विषयमा जानकारी दिन आइतबार साँझ आयोजना भएको पत्रकार सम्मेलनमा होटल व्यवसायी संघ चितवनका अध्यक्ष डासीराम ढकालले भने।

'मुग्लिनदेखि भरतपुर क्षेत्रसम्म रहेका होटल तथा लजहरु बन्द हुने छन्' संघका पूर्व अध्यक्ष इमान्दु बारलले भने। आइतबार साँझ होटलमा आएर बसेकाहरुलाई मात्रै होटलले सेवा दिने नयाँ ग्राहक नराख्ने उनले जानकारी दिए। यसअघि भदौं २८ मा पनि चितवन प्रहरीले भरतपुर नारायणगढ क्षेत्रका लजहरुमा छापा मारेको थियो।

'त्यो बेलामा पनि व्यवसायीहरुलाई समएको थियो। संघका नेतृत्वलाई समेत अभद्र व्यवहार देखाएको थियो। तर हामीले व्यवसाय बन्द गरेनौं विरोध मात्रै गरेका थियो। त्यही कदम दोहररिएपछि अहिले बाध्य भएर बन्द गरेका हौं,' पूर्व अध्यक्ष बरालले भने। लजहरुको इन्ट्री बुक हेरेर शंका लागेकालाई सोधपुछ गर्ने विषयमा व्यवसायीहरुको कुनै विरोध नभएको समेत उनले बताए।

'इन्ट्री बुक हेर्ने, शंका लागेकाहरुको विषयमा छानबिन गर्ने, लजको काउन्टरमा बसेको वा लज सञ्चालक समेतलाई सहभागि बनाएर शंका लागेका कोठामा सोधपुछ गर्ने भन्ने व्यवस्था हो। तर प्रहरी आएर सबै कोठामा ढक ढकाउनेर उनीहरुलाई शंका लागेका सवैलाई थाना लैजाने गर्न थाल्यो' बरालले भने। यसले होटल तथा लजहरुमा आएर बस्ने पाहुनाहरु आतंकति भएको उनले बताए।

'म श्रीमतीको चेक जाँचका लागि बाँकेको खजुराबाट भरतपुरको क्यान्सर अस्पताल आएका बेलामा दिउँसो बिरामी श्रीमतीसहित लजमा बसेको थिए। तर प्रहरीले मलाई र श्रीमतीलाई घिच्याउँदै लग्यो। हामी अस्पताल आएका हौंभन्दा पनि बढ्ता नबोल भन्दै त त र म म गर्योी। दुई घण्टा राखेर बल्ल छाड्यो,' शनिबार दिउँसो प्रहरीले समाएर साँझ छुटेका विष्णु सुनारले भने।

जिल्लामा नयाँ प्रहरी अधिकारी आएसँगै होटलमा छापा मार्ने क्रम सुरु हुन्छ। यसअघि भदौंमा छापा मार्दा जिल्लामा नयाँ डिएसपी आएका थिए। अहिले पनि नयाँ डिएसपी आएका छन्। 'हामीले सूचना दिँदा पनि प्रहरी त्यस्ता होटलमा कहिल्यै पस्दैन जहाँ उनीहरुले भन्ने गरे कै अवैध यौन गतिविधि फष्टाएको हुन्छ। त्यसैले प्रहरीको नियतमा हामीलाई शंका छ,' व्यवसायी बरालले भने।
अर्को समाचार
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
६ घण्टा अघि
•
१ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। आइतबार साँझ करिब ५:५० बजे रुकुम खलंगाबाट दुलीतर्फ जाँदै गरेको लु १ ज २१६० नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब १० देखि १५ मिटर तल खसेको हो। Yetiairlinescontenttopbanner दुर्घटनालगत्तै खटिएको प्रहरी टोलीले घाइते ६ जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्ले, रुकुम पश्चिम पठाएको थियो। तीमध्ये जीप चालक रुकुम पश्चिमकै मुसिकोट नगरपालिका-९ का करिब २८ वर्षीय भीम सिंह बुढामगरलाई साँझ ७:१० बजे चिकित्सकले जाँच गरी मृत घोषणा गरेका थिए।

दुर्घटनामा बाँफिकोट गाउँपालिका-८ दुलीकी करिब ३१ वर्षीया निर्मला के.सी., उनका करिब २ वर्षीय छोरा दिनेश के.सी., सोही स्थानकी करिब ३२ वर्षीया मनिषा बस्नेत र करिब ३६ वर्षीय कर्णबहादुर खत्री घाइते भएका छन्। घाइतेमध्ये निर्मला, मनिषा र कर्णबहादुरको अवस्था सामान्य छ भने दिनेशको अवस्था मध्यम रहेको छ।

यस्तै, सोही दुर्घटनामा मुसिकोट नगरपालिका-१० की करिब १८ वर्षीया जेनिशा वली घाइते भएकी छन्। उनको अवस्था मध्यम रहेको छ। जीपमा चालकसहित १० जना सवार रहेकोमा अन्य चार जना सकुशल छन्। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस