हिउँमा फसेका जुम्ला तातोपानी गाउँपालिका ८ का ३४ जना पाँच दिन पछि घर फर्किएका छन्। उनीहरु सबै सकुशल घर फर्किएका हुन्। जिल्ला प्रशासन कार्यालय जुम्लाले हिउँमा फसेका सबै सकुशल घर फर्किएको जनाएको छ।
हिउमाँ फसेकाहरुको उद्धारको लागि जिल्ला प्रशासन कार्यालय र तातोपानी गाउँपालिकाले कर्णाली प्रदेश सरकारलाई उद्धारको लागि पहल गर्न आग्रह गरेको थियो। कर्णाली प्रदेश सरकारले नेपाली सेनाको हेलिकप्टर मार्फत खाद्यन्न छोडेर फर्किएको थियो।
पाटन क्षेत्रमा सेतक चिनी संकलनका लागि गएका उनीहरु हिउँ परेपछि पाटमै थुनिएका थिएनन्। उनीहरु संग सम्पर्क हुन नसकेपछि उद्धारको लागि चौतर्फी पहल भएको थियो। स्थानीय प्रशासनको पहल,तातोपानी गाउँपालिका,कर्णाली प्रदेशका मुख्यमन्त्री र आन्तरिक मामिला तथा कानुनमन्त्रालयको समन्वयमा हिउँ फसेका नागरिकको उद्धार प्रयास भएको थियो।
तर, हेलिकप्टर अवतरण हुन नसकेपछि उद्धार हुन सकेको थिएन। आवश्यक खाद्यन्न छाडेर हेलिकप्टर फिर्ता भएको थियो। पाटन क्षेत्रमा झण्डै चार फिट हिउँ जमेको थियो। उनीहरु सबै भेडाबाख्रा सहित सकुशल घर फकिएपछि स्थानीय खुसी छन्। जिल्ला प्रशासन कार्यालय जुम्लाले हिउँमा फसेका सबैको उद्धार गरिएको जनाएको छ। प्रमुख जिल्ला अधिकारी बिजयाकुमारी प्रसाईले प्रेस विज्ञप्ति प्रकाशित गर्दै हिउँमा फसेका सबैको सकुशल उद्धार भएको जानकारी दिएकी छिन्।
विज्ञप्तिमा भनिएको छ,‘हिउँमा फसेका ३४ जना नागरिक सहित पाटन क्षेत्रमा रहेका सयौँ भेडाको सकुशल उद्धार भएको छ।’ उनले हिउँमा फसेका नागरिकको उद्धार र राहतका लागि साथ दिने तातोपानी गाउँपालिका,कर्णाली प्रदेश सरकार र सबै सरोकारवाला निकायालाई धन्यावाद ज्ञापन गरेकी छिन्।
हिउँमा ३६ जना फसेका थिए। जसमध्ये दई जना २२ गते नै घर फर्किसकेका थिए। सेतक चिनी संकलनका क्रममा बाक्लो हिउँ जमेर नागरिक फसेका थिए। प्रदेश सरकार देखि प्रहरी प्रशासन र तातोपानीले सक्रियता पूर्वक नागरिकको राहत र उद्धारमा जुटेको थियो।
तातोपानी गाउँपालिका–८ को गाग्रो पाटनको एडि ओडार, खोटीसल्ला ओडार र गाग्रो ओडारमा बसेका नागरिकको उद्धार गरिएको तातोपानी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मिलन बुढ्थापाले बताए।
उनले भने,‘सेतो चिनी (खिरौला) जडीबुटी संकलन गर्न पाटनमा गएका नागरिक बिहिवार देखि भएको भारी हिमपातले घर फर्किन नसकेर हिउँमा फसेका थिए। २३ गते हवाई उद्धार गर्न सकिएन,। हेलिप्टरबाट खाद्यन्न दियौँ। तर फेरी हिउँ पर्न सक्ने भएपछि सबैको समन्वयमा हिउँमा फसेका ३४ जना लाइनै घरघरमा ल्याइएको छ।’
पाटनबाट फर्किने क्रममै भारी हिमपातका कारण अत्यधिक चिसोले जुम्लामा दुई जनाको मृत्यु भएको थियो। गाग्रा पाटनमा सेतो चिनी (खिरौला) जडीबुटी संकलन गर्न गएका तातोपानी गाउँपालिका तातोपानी ८ की महिला वर्ष ३७ की देवी शाही र तातोपानी ७ बारगाउँका वर्ष ४६ का मुन रावतको मृत्यु भएको जुम्लाका डिएसपी नरेन्द्र चन्दले बताए।