काठमाडौं-पचास लाखभन्दा बढी जनताको जीवनयापनसँग जोडिएको विनासोन्मुख चुरे क्षेत्र अनुसन्धानमा साझेदार बनेपछि त्रिभुवन विश्वविद्यालय, विज्ञान संकायकी डिन चिरिकशोभा ताम्राकारले सोमबार खुसी हुँदै भनिन्, ‘अहिलेसम्म सरकारका कुनै पनि निकायले प्राज्ञिक संस्थालाई यसरी विश्वास गरेको थिएन।'
‘हाम्रा विद्यार्थीले ७ हजार ५ सय रुपैयाँ तिरेर रत्नपार्कबाट थेसिस किन्नुपर्ने कारण यही अविश्वास नै हो,' उनले अगाडि थपिन्, ‘प्राज्ञिक संस्थालाई सरकारले पहिल्यैदेखि विश्वास गरेको भए हाम्रा विद्यार्थीले अनुसन्धानका लागि पर्याप्त विषय र क्षेत्र पाउने थिए। विश्वविद्यालयबाट उत्कृष्ट विद्यार्थी उत्पादन हुने थिए।'
चुरे तराई–मधेस संरक्षण विकास समितिले चुरे क्षेत्रको अनुसन्धान गर्ने जिम्मा त्रिभुवन र काठमाडौं विश्वविद्यालयलाई दिने पाँचवर्षे समझदारीपत्रमा सोमबार हस्ताक्षर गरेपछि ताम्राकारसहित दुवै विश्वविद्यालयका पदाधिकारीले यसैगरी खुसी व्यक्त गरे।
काठमाडौं विश्वविद्यालयका उपकुलपति रामकण्ठ माकाजुले त यो साझेदारीबाट ठूलो स्तरको अनुसन्धान गर्न विदेशी संस्था नै चाहिन्छ भन्ने परम्परागत मानसिकता तोडिएको बताए। ‘हाम्रा दुवै विश्वविद्यालयका जुनसुकै विषयगत संकाय यस्ता अनुसन्धान गर्न सक्षम छन्,' उनले भने।
यो समझदारीअनुसार चुरे संरक्षणको गुरुयोजना बनाउन आवश्यक अनुसन्धानमा त्रिवि र काठमाडौं विश्वविद्यालयका संकायहरू सहभागी हुनेछन्। यी विश्वविद्यालयका प्राध्यापक तथा विद्यार्थीसमेतको संलग्नतामा हुने यस्ता अनुसन्धानले समितिको आवश्यकता र आफ्नै निर्क्योलअनुसार चुरे, भावर र तराई–मधेस क्षेत्रसँग जोडिएका जुनसुकै विषय समेट्न सक्नेछ। यसमा त्यहाँका आर्थिक, सामाजिक, भौगोलिक, सांस्कृतिक, पर्यावरणीय, भौगर्भिक र ऐतिहासिक विषयसमेत पर्नेछ।
‘चुरे ज्ञानको भण्डार हो, यसलाई विश्वविद्यालयका विद्यार्थीमार्फत अनुसन्धान गराउने र त्यसलाई उजागर गर्ने लक्ष्य छ,' समितिका अध्ययन अनुसन्धान प्रमुख डा. प्रेम पौडेलले भने, ‘यी विश्वविद्यालयले आ–आफ्नो विशिष्टताका आधारमा अनुसन्धान गर्नेछन्।'
अनुसन्धान क्रममा पत्ता लागेका स्थानिय प्रविधिलाई तत्काल व्यवहारमा लागू गरिने उनले बताए। ‘संरक्षण र विकासका लागि त्यस्ता प्रविधि जनताको जीवनस्तरसँग प्रत्यक्ष जोड्ने सोचमा छौं,' उनले भने, ‘विद्यार्थीहरूलाई चुरेका विविध विषयमा विद्यावारिधि गर्न पनि उत्प्रेरित गरिनेछ।'
समितिले चुरे संरक्षणको गुरुयोजना बनाउने क्रममा अध्ययन र अनुसन्धान क्षेत्र पहिचान गरिरहेको छ। यही क्रममा दुई विश्वविद्यालयसँग समझदारी भएको हो। क्षेत्र पहिचानका लागि स्थानीय उपभोक्ता, नागरिक समाज, सरकारी तथा गैरसरकारी संघ–संस्थाबीच छलफल र अन्तर्क्रिया पनि भइरहेको समितिले जनाएको छ। समितिले आगामी आर्थिक वर्षदेखि ३० जिल्लामा संरक्षण आवश्यक नदी प्रणालीमा काम गर्ने भएको छ। अहिले आयोजनाका रूपमा ५ वटा नदी प्रणालीमा काम गर्ने तयारी गरिरहेको छ।
समितिका अध्यक्ष रामेश्वर खनालका अनुसार यसअघि सरकारका केही निकायले विश्वविद्यालयअन्तर्गतका संकाय र विभागसँग सम्झौता गरेर फाट्टफुट्ट अनुसन्धानका काम दिने गरे पनि लामो र विस्तृत अध्ययन गर्न पहिलोपटक यस्तो जिम्मेवारी दिइएको हो।
‘गैरनाफामूलक प्राज्ञिक निकायलाई अनुसन्धानको जिम्मेवारी दिइएको यो पहिलो घटना हो,' खनालले भने, ‘यसले प्राज्ञिक संस्था र स्थानीय समुदायको सम्बन्ध सुमधुर बनाउनेछ। अनुसन्धानबाट आएका तथ्यगत आधारलाई सर्वसाधारण तहमा बुझाउन र बु‰न पनि यो समझदारीले सहज बनाउनेछ।'
समझदारीपत्र हस्ताक्षर कार्यक्रममा वनमन्त्री महेश आचार्यले यसलाई सरकारले महत्वपूर्ण र आमचासोको समझदारीका रूपमा हेरेको बताए।
‘यो विनासोन्मुख चुरे क्षेत्रको अनुसन्धानको विषय हो, यसमा ५० लाखभन्दा बढी सर्वसाधारणको जीवन जोडिएको छ,' उनले भने, ‘सर्वसाधारणको जीवन, भविष्य र भाग्यसँग सम्बन्धित चुरे अनुसन्धानमा पहिलोपटक प्राज्ञिक क्षेत्र जोडिएको छ।' यो समझदारीले विश्वविद्यालयमा भएको ज्ञानबाट सर्वसाधारणसमेत साक्षर हुने उनले विश्वास व्यक्त गरे। वनसचिव शरद पौडेलले यसलाई ‘आइसब्रेक' को संज्ञा दिएका छन्।
मानवीय तथा प्राकृतिक कारणले तीव्र विनाश हुन थालेपछि सरकारले चुरे संरक्षणका लागि समिति गठन गरेको हो। सरकारले यसलाई वातावरण संरक्षण क्षेत्र घोषणा गरेको छ। चुरेबाट अत्यधिक ढुंगागिट्टी उत्खनन हुन थालेपछि नवीकरण नहुने यस्ता प्राकृतिक स्रोत निकासीमा सरकारले प्रतिबन्ध लगाएको छ। यो क्षेत्रभित्र र वरपर क्रसर उद्योग सञ्चालनमा पनि प्रतिबन्ध लगाइएको छ।
खुकुलो पत्रे चट्टान भएका कारण भूबनोट दृष्टिले चुरे अत्यन्त कमजोर मानिन्छ। यो मधेसको जलाधारको महत्वपूर्ण स्थल पनि हो। भूकम्पीय कारणबाट पनि यो जोखिमयुक्त छ। दुर्लभ वन्यजन्तुको बासस्थान र जैविक मार्ग मानिने चुरे क्षेत्र जैविक विविधतामा धनी छ। आधाभन्दा बढी जनसंख्यालाई प्रत्यक्ष प्रभाव पार्ने चुरे, भावर र तराई–मधेस क्षेत्र नेपालको अन्न भण्डार पनि हो। प्राकृतिक प्रकोपको उच्च जोखिम क्षेत्र भएकाले यस क्षेत्रमा बाढी, पहिरो र नदी कटान अत्यधिक छ।
चुरे क्षेत्र पूर्वमा इलाम, झापादेखि पश्चिमको डडेल्धुरा, कञ्चनपुरसम्मका ३६ जिल्लामा फैलिएको छ। यसले नेपालको कुल क्षेत्रफलको १२.७८ प्रतिशत भू–भाग ओगट्छ। चुरे र यसको प्रभावक्षेत्रमा १ करोड ४५ लाख ४४ हजार जनसंख्या छ। यसले कुल १८ लाख ९६ हजार २ सय ५६ हेक्टर भू–भाग ओगटेको छ।
हिमालय पर्वत शृखंलाको महाभारतदेखि दक्षिण र तराईदेखि उत्तरी भागको क्षेत्रमा अवस्थित चुरे भूबनोटका हिसाबले कमलो र कान्छो भएकाले ज्यादै संवेदनशील मानिन्छ।