सशस्त्र प्रहरी: नेतृत्वका लागि अनुशासन बिर्सिंदै
०१ फागुन २०७८
•
२ मिनेट पाठ
सशस्त्र प्रहरी: नेतृत्वका लागि अनुशासन बिर्सिंदै
सुरक्षा निकायमा संगठन प्रमुख विदेश जाँदा वा फिर्ता हुँदा निमित्तको कार्यभार सम्हालेका कमान्डर बिदाइ र स्वागतका लागि विमास्थलसम्म पुग्ने प्रचलन हो।




सोही प्रचलनअनुसार केही दिनअघि मात्रै नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा भारतको नयाँ दिल्लीमा उपचारका लागि जाँदा बिदाइ गर्न र स्वदेश फिर्ता हुँदा स्वागतका लागि निमित्तको कार्यभार सम्हालेका लेफ्टिनेन्ट जनरल बालकृष्ण कार्की विमास्थल पुगेका थिए। सुरक्षा निकायमा सांगठनिक च्यानअफ कमान्ड र अनुशासनलाई महत्वपूर्ण मानिन्छ।

तर, सशस्त्र प्रहरी बल नेपाल बलमा त्यस्तो देखिएन। घाँटीको नशामा रगत जमेपछि उपचारका लागि भारतको नयाँ दिल्ली गएका सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल बुधबार स्वदेश फिर्ता हुँदा निमित्त संगठन प्रमुखको जिम्मेवारी सम्हालेका अतिरिक्त सशस्त्र महानिरीक्षक पुष्पराम केसी विमानस्थल देखिएनन्।

उनी विमानस्थल नगएपछि अहिले सशस्त्र प्रहरीभित्र र गृह मन्त्रालयमासमेत यसको चर्चा भइरहेको छ। संगठनको काम व्यस्त भएरभन्दा पनि उनी आफ्नो पदका लागि दौडधुपमा भएको हुँदा विमानस्थल नगएको बताइएको छ।

एआइजी केसीले सुरक्षा संगठनको  मर्यादा र अनुशासन विपरित काम गरेको गृह मन्त्रालयका एक अधिकारीले बताए ।‘हामीले यस विषयमा बुझिरहेका छौं,’ ती अधिकारीले भने, ‘महानिरीक्षक आउँदा एआइजी केसी कुनै राजनीतिक नेताको घरमा पुगेको जानकारी आएको छ। साच्चीकै त्यस्तो पुष्टि भएमा कारबाही हुन्छ।’

सशस्त्र महानिरीक्षक खनाल चार वर्षे पदावधि सकेर आगामी चैत २८ मा अनिवार्य अवकाशमा जाँदैछन्। खनालको अवकाशसँगै सशस्त्रको नेतृत्वमा को पुग्ने भन्ने चर्चा छ। एक नम्बर वरियतामा रहेका एआइजी केसी २१ दिनका लागि महानिरीक्षक बन्नका लागि अहिले दौडधुप गरिरहेका छन्। महानिरीक्षक खनाल आफूलाई आइजिपी हुनबाट रोक्न लागेको भन्दै असन्तुष्ट बनेका केसी विमानस्थन नगएको बताइएको छ।

सशस्त्र प्रहरी बल नेपालमा महानिरीक्षक खनाल र एआइजी केसीबीचको विवाद सार्वजनिक रूपमै प्रष्ट भएपछि तल्लो तहका प्रहरी कर्मचारी निराश बनेका छन्। सुरक्षा नियकायमा संगठन प्रमुख विदेश जाँदा वा स्वदेश फर्कंदा निमित्त प्रमुखको कार्यभार सम्हालेको कमान्ड विमानस्थलसम्म ल्याउन र पठाउन जाने प्रचल रहेको एक सुरक्षा अधिकारीले बताए। ‘यो कुनै नियमभन्दा पनि सुरक्षा नियकायभित्रको अनुशासन हो,’ एक सुरक्षा अधिकारीले भने, केही दिनअघि मात्रै नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा उपचारका लागि भारतको दिल्ली जाँदा वा त्यहाँबाट स्वादेश फिर्ता हुँदा दुवै पटक निमित्तको कार्यभार सम्हालेका लेफ्टिनेन्ट जनरल बालकृष्ण कार्की विमास्थलमै पुगेर बिदाइ तथा स्वागत गरेका थिए।
अर्को समाचार
म्याद थपिएका जर्नेललाई नै वृत्ति विकासको जिम्मेवारी
२१ असोज २०८०
•
३ मिनेट पाठ
म्याद थपिएका जर्नेललाई नै वृत्ति विकासको जिम्मेवारी
प्रधानसेनापति प्रभुराम शर्माले हालै म्याद थपि गरिएको सहायक रथी यामबहादुर अधिकारीलाई सैनिक सचिवको जिम्मेवारी दिएर तालिम विभागमा काजमा खटाएका छन्।




प्रधानमन्त्रीको पुष्पकमल दाहालको विशेष आग्रहमा माओवादी लडाकुबाट सेनामा आएकाहरूको तालिमको अवसरलगायतको वृत्ति विकासमा सहयोग पुग्नेगरी उनलाई त्यहाँ खटाइएको हो।

‘तीन वर्षका लागि विशेष पद थप गरिएका सहायक रथी अधिकारीलाई तालिम विभागजस्तो महत्वपूर्ण विभागको जिम्मेवारी दिनुले सेनाभित्रै असझदारी उत्पन्न भएको छ। हाँलाई माओवादीबाट समायोजनमा आएका लडाकुको वृत्ति विकासमा सहयोग पुगोस् भन्ने उदेश्यका साथ यो विभागमा ल्याइएको हो,’ नेपाली सेनाका एक उच्च अधिकारीले भने, ‘उहाँलाई यहाँ ल्याउनुमा राजनीतिक नेतृत्वको मुख्य हात रहेको छ।’

नेपाली सेनाको विशेष पदमा कार्यरत रहेका अधिकारीको ३१ भदौमा सुटुक्क तीन वर्ष पदावधि थप गरिएको थियो। उनको पदावधि भदौ ३१ गते सकिँदै थियो। तर, मन्त्रिपरिषद् बैठकले तीन वर्ष थप गर्दै सेवा अवधिलाई निरन्तरता दिएको थियो। माओवादीको जनमुक्ति सेना नेपाली सेनामा समायोजना हुँदा अधिकारी जनमुक्ति सेनाको तर्फबाट सेनामा समायोजन भएका थिए।

अहिले माओवादी केन्द्रका अध्यक्ष दाहाल नेतृत्वको सकारले सैनिक नियमावलीअनुसार उनको विशेष पद सिर्जना गरेर पदावधि थप गर्दै सेवालाई निरन्तरता दिएको थियो। उनको म्याद थप गरेको निर्णय नै केही समय गोप्य राखिएको थियो।
नेपाली सेनाका उच्च अधिकारीका अनुसार प्रधानसेनापति शर्माले बेलायत भ्रमणमा जानुअघि सेनाको महत्वपूर्ण विभागमा सरुवा गरेर अर्को त्यस्तै महत्व राख्ने विभागमा काज सरुवा गरेका थिए। उनी आइतबार बेलायत गएर २६ असोजमा स्वदेश फर्कनेछन्। आइतबार प्रधानसेनापति शर्मा बेलायती प्रधानसेनापति जनरल सर प्याट्रिक सान्ड्रेसको निमन्त्रणामा बेलायत भ्रमणमा निस्कन लागेका हुन्।

बेलायत जानुअघि शुक्रबार नै प्रधानसेनापति शर्माले सहायक रथी अधिकारीलाई काज सरुवा गरेर महत्वपूर्ण विभाग दिएका हुन्। सो विभागले सैनिक अधिकृतको सरुवा,बढुवा र वृत्ति विकास सम्बन्धी काम गर्छ।

त्यस्तै, उनी काजमा गएको तालिम विभागले बढुवा लागि अवसर प्राप्त हुने किसिमका तालिको अवसर सिर्जना गरी अधिकारीलाई खटाउने गरेको छ। उनलाई एकैपटक दुईवटा जिम्मेवारी दिइएको छ। यसले गर्दा नेपाली सेनामा रहेका र समायोजनमा आएका माओवादी निकट रहेका लडाकुलाई मालिल्लो तहसम्म पुर्‍याउने अवसर प्राप्त हुने सैनिक अधिकारीको दाबी छ।

सहायक रथी अधिकारीको पछिल्लो पटक थप गरिएको तीन वर्षे पदावधि विवादमा परेकै बेला प्रधानसेनापतिले सैनिक सचिव जस्तो महत्वपूर्ण जिम्मेवारी दिएपछि सेनाभित्रै तरंग उत्पन्न भएको छ। ‘उहाँले म्याद थप गर्ने विषयमा प्रधानमन्त्रीसँग अडान राख्न नसके पनि सरुवाको विषयमा भने अडान राख्नुहोला भन्ने थियो तर महत्वपूर्ण जिम्मेवारी दिएर बेलायत भ्रमण जानु लाग्नुभयो, बेलायतपछि उहाँ चीन भ्रमणमा जाँदै हुनुहुन्छ।

सैनिक सचिवको जिम्मेवारीमा उहाँ (अधिकारी) नै रहने भएकाले सेनाको परम्परागत वृत्ति विकासमा असर पर्ने सम्भावना बढेर गएको छ,’ सेनाका एक उच्च अधिकारीले भने।

तत्कालीन समयमा शिविरमा राखिएका १९ हजारभन्दा बढी लडाकुमध्ये तीन हजार एक सय ३१ जनाले सेनामा समायोजन रोजेका थिए। त्यसमध्ये एक हजार तीन सय १३ लाई मात्र समायोजनको बाटो खुलेको थियो।
सैन्य कमाण्डर यमबहादुर अधिकारीको नेतृत्वमा माओवादीले आफ्ना लडाकुलाई समायोजनमा पठाएको थियो। समायोजनमा गएका अधिकारी हाल नेपाली सेनाको सहायक रथी भएका छन्।

त्यस्तै, लडाकुबाट छिरेका १३ सेनानी, ३० सहसेनानी र २४ उपसेनानी भइसकेका छन्। सेनामा लडाकुबाट गएकामध्ये अधिकृत ७०, पदिक ५९ र जवान एक हजार एक सय ८४ जना छन्। उनीहरू सेनाको विभिन्न युनिट तथा सबयुनिटमा कार्यरत रहेको नेपाली सेनाले जनाएको छ। सेनाले समायोजमा परेका लडाकुलाई वरिष्ठता, सेवाअवधि, शिक्षालगायत आधारमा पद दिएको थियो। 
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
Whatsapp
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
समाज
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
जापान सरकारको अनुदान सहयोगमा निर्माण गरिएको विराटनगर खानेपानी सुधार आयोजना नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण गरिएको छ।
Whatsapp
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock ४३ मिनेट अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock २ घण्टा अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस